गुलेरियाताल
दाङ, पुस १९ गते । दाङको घोराही उपमहानगरपालिका १७ स्थित कृत्रिम गुलेरिया ताल र घोराही बजार । घोराही उपमहानगरपालिकाभित्र बनेका दुई दर्जन बढी कृत्रिम बहुउपयोगी तालबाट कृषकहरु लाभान्वित भएका छन । तस्बिरः रासस
मेडिकल कलेजको नाम परिवर्तन, कर्मचारीद्वारा आन्दोलन चर्काउने चेतावनी
नेपालगन्ज मेडिकल कलेजका आन्दोलनरत कर्मचारीले नेपालगन्ज मेडिकल कलेजको नाम र बोर्ड हटाएर अस्पताल व्यवस्थापन पक्षले रातारात सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिको नाम र बोर्ड
आँखा शिविरबाट लाभान्वित
कपिलवस्तुको यशोधरा गाउँपालिकामा आयोजित तीनदिने निःशुल्क आँखा शिविरबाट एक हजारभन्दा बढी लाभान्वित भएका छन् ।
सिक्टा सिँचाइ आयोजना: सात अर्बको लागत झण्डै ५३ अर्ब पुग्यो, भौतिक प्रगति उन्नाइस वर्षमा ४१ प्रतिशत
आर्थिक वर्ष २०६१(६२ मा स्थापना भई काम सुरु भएको राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको बाँकेको सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति १९ वर्ष पुग्दा समेत ४१ प्रतिशत मात्र भएको छ । यी आयोजनाको प्रगतिबारे सरकारले सोच्नै पर्ने समय भएको स्थानीयहरूको माग छ । बाँके, पुस १९ गते । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको बाँकेको सिक्टा सिँचाइ आयोजनाको ४१ प्रतिशत निर्माणकार्य सम्पन्न भएको छ । आर्थिक वर्ष २०६१-६२ मा स्थापना भई आव २०६२-६३ बाट भौतिक निर्माणको काम सुरू भएको थियो । आयोजना सुरू भएको १९ वर्षपछि आव २०८१-८२ सम्म आइपुग्दा आयोजनाको जम्मा ४१ दशमलव ७९ प्रतिशत भौतिक प्रगति भएको छ । सिक्टा सिँचाइ आयोजना निर्देशक राजु आचार्यका अनुसार २०७१ भदौ ८ गते रू २५ अर्ब दुई करोड र २०७९ भदौ २६ गते अन्तिमपटक आव २०८९-९० सम्म काम सम्पन्न हुनेगरी लागत संशोधन गरेर रू ५२ अर्ब ८९ करोड पुर्याइएको छ । उहाँले भन्नुभयो, “आव २०६१-६२ मा रू सात अर्ब ४५ करोड अनुमानित लागतबाट सुरू भएको आयोजनाको १९ वर्ष बितिसक्दा तीनपटक लागत अनुमान संशोधित हुँदै रू ५२ अर्ब ८९ करोडको बजेट पुगिसकेको छ ।” विसं २०६४ मङ्सिर ३ गते पहिलोपटक लागत संशोधन गरेर रू १२ अर्ब ८० करोड पुर्याइएको थियो ।आयोजना सुरू भएदेखि चालु आवको मङ्सिरसम्ममा रू २१ अर्ब ५५ करोड खर्च हुँदा वित्तीय प्रगति ४० दशमलव ७६ प्रतिशत रहेको र भौतिक प्रगति ४१ दशमलव ७९ प्रतिशत मात्र पुगेको इञ्जिनियर अनिल पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आवका लागि रू एक अर्ब ६० करोड बजेट विनियोजन भएकामा हालसम्म रू २३ करोड खर्च भएको छ ।इञ्जिनियर पोखरेलका अनुसार सिक्टा सिँचाइ आयोजनाको अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले जिल्लाको ४२ हजार सात सय ६६ हेक्टर जमिनमा पानी सिँचाइको लक्ष्य लिएको छ । पश्चिमी नहर र पूर्वी नहर गरी दुई मुख्य नहरबाट पानी वितरण गरी शाखा नहरबाट सिँचाइको व्यवस्था गरिएको छ । पश्चिमी मूल नहरबाट ३३ हजार सात सय ६६ हेक्टर र पूर्वी नहरबाट नौ हजार हेक्टर जमिनमा पानी सिँचाइ गर्ने लक्ष्य लिइएको छ । “बयालीस हजार सात सय ६६ हेक्टर सिँचाइ गर्ने लक्ष्य लिइएको आयोजनाबाट १९ वर्ष बित्दा हालसम्म २१ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको छ”, इञ्जिनियर पोखरेलले भन्नुभयो, “पश्चिमी मूल नहरको ४५ दशमलव २५ किलोमिटर निर्माण काम सम्पन्न भइसकेको छ । पूर्वी मूल नहरको ५३ दशमलव ५० किलोमिटरमध्ये ३७ दशमलव ६८ किलोमिटर निर्माण सम्पन्न भएको छ ।”पश्चिमतर्फका शाखा–उपशाखा–प्रशाखाको ६० प्रतिशत निर्माण सम्पन्न भएको इञ्जिनियर पोखरेलले बताउनुभयो । उहाँका अनुसार नहर संरचनाका लागि अधिग्रहण गर्नुपर्ने चार सय ४० हेक्टरमध्ये हालसम्म केवल एक सय ७५ हेक्टर जमिन अधिग्रहण गरिएको छ । चालु आवमा पश्चिम मूल नहरको मुख्य डुडुवा शाखाको लागत अनुमान सम्पन्न भई ठेक्का आह्वान भइसकेको छ ।तेत्तीस हजार सात सय ६६ हेक्टर सिँचाइ गर्ने लक्ष्य राखिएको पश्चिमी मूल नहरबाट हाल १७ हजार हेक्टरमा सिँचाइ पुगेको र नौ हजार हेक्टर सिँचाइ गर्ने लक्ष्य राखिएको पूर्वी मूल नहरबाट चार हजार हेक्टर जमिनमा सिँचाइको सुविधा उपलब्ध गराइएको छ । त्यसैगरी मूल नहरभन्दा माथिल्लो भागमा रहेका जग्गामा सिँचाइ उपलब्ध गराउन राप्तीसोनारीका कचनापुर, बालापुर र ढकेरी क्षेत्रमा चारवटा लिफ्ट सिँचाइ योजना सम्पन्न हुने चरणमा छन् ।राष्ट्रिय गौरवको आयोजना भए तापनि स्रोत सहमतिमा सहजता नहुनु, बजेट विनियोजनमा प्राथमिकता नहुनु, मानव स्रोत र नेतृत्वको स्थायित्व नहुनु, प्रचलित ऐन कानुनमा सरलता नहुनु, जग्गा प्राप्ति प्रक्रिया र वातावरण अध्ययन सर्वेक्षण कार्य छिटोछरितो नहुनु पनि आयोजना कार्यान्वयनमा समस्या हुने गरेको सिक्टा सिँचाइका पदाधिकारीको भनाइ छ ।
सिक्टा सिँचाइ आयोजनाः साढे २१ अर्ब खर्च, ४१ प्रतिशत काम
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको बाँकेको सिक्टा सिँचाइ आयोजनाको निर्माण कार्य सुरु भएको १९ वर्ष बित्दा २१ अर्ब ५५ करोड रुपियाँ खर्च भइसकेको छ । ४१ प्रतिशत मात्र भौतिक काम सम्पन्न भएको छ ।
नरैनापुरका धार्मिकस्थललाई पर्यटकीय गन्तव्य बनाइने
बाँकेको नरैनापुर गाउँपालिकामा रहेको विभिन्न धार्मिक स्थललाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने भएको छ ।
कर्णाली विकास बैंकद्वारा निक्षेप फिर्ता गर्न सुरु
नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी व्यवस्थापन जिम्मा लिएको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले बचतकर्ताको निक्षेप फिर्ता गर्न सुरु गरेको छ।
मानवलाई सडकमा आउन नपर्नेगरी भूमिका बढाउन जरुरी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निलसागर सेवा आश्रमको नव निर्मित भवनको उद्घाटन गर्नुभएको छ । राप्ती गाउँपालिका–८ मिलनडाँडामा सहयोगापेक्षीहरुका लागि नवनिर्मित भवनको बिहीबार उद्घाटन गर्नुभएको हो ।
विदेशबाट फर्केर भैंसीपालन, मासिक लाख कमाइ
दाङको देउखुरीमा दुई युवाले दुध बिक्री गरेर मासिक एक लाखभन्दा बढी बचत गर्दैआएका छन् । लामो समय बैदेशिक रोजगारीमा बसेर स्वदेश फर्किएका राजपुर गाउँपालिका –२ मटेरिया निवासी शिशिर पोख्रेल र चुडामणी पोख्रेलले भैसीपालन व्यवसाय गरेर मासिक एक लाख बढी आम्दानी गर्ने गरेका छन् ।
अध्यागमनमा कर्मचारी कम हुँदा पर्यटकलाई सास्ती
नेपाल भ्रमणमा आउने पर्यटकका निम्ति भिसा लगाउन र नेपालबाट बाहिरिने पर्यटकलाई डिपार्चलको प्रमाणीकरण गरिदिन अध्यागमन कार्यालय बेलहियामा कर्मचारीको अभावले केही महिना यता अत्यधिक ढिलाइ हुँदै आएको छ ।
अस्थिरताले उपलब्धि गुम्ने खतरा बढ्यो : अध्यक्ष यादव
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले देशमा बढ्दै गएको राजनीतिक अस्थिरताले लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढेको बताउनुभएको छ ।
अर्गानिक उत्पादनको गाँउ बन्दै भट्टे
लसीपुर उपमहानगरपालिका-३ मा रहेको भट्टे गाउँ तुलसीपुर बजारदेखि करिब ८ किलोमिटर पश्चिम दक्षिणमा छ ।
आन्दोलनको नाममा कृषि उत्पादन सडकमा नफाल्न आग्रह
नेपाल किसान महासङ्घका अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले किसानलाई दिने अनुदान दुरुपयोग हुने प्रवृति बढ्दै गएको बताउनुभएको छ ।
शुद्ध खानेपानीका लागि सरकार दृढ
खानेपानीमन्त्री प्रदीप यादवले बुटवलवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार दृढ रहेको बताउनुभएको छ ।
स्वास्थ्य बिमाप्रति बढ्दै आकर्षण
गुल्मीमा स्वास्थ्य बिमामा आकर्षण बढ्दै गएको छ ।
किसानद्वारा ११ करोडको धान बिक्री
बाँकेका किसानले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जलाई करिब रु ११ करोड बढीको धान बिक्री गरेका छन् ।
मानव सेवा आश्रमका असहायलाई सिरक बितरण
गत केही दिन यता बढ्दै गएको जाडोलाई ध्यानमा राखेर गोपाल निना फाउन्डेसन बाँकेले यहाँस्थित मानव सेवा आश्रममा रहनु भएका ५२ असहायहरुलाई न्यानो सिरक र लुगा बितरण गरेको छ ।
सञ्चारमाध्यम विज्ञापन बोर्डमा सुचिकृत हुनुपर्छ
विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईंले सुचिकृत नभएका सञ्चारमाध्यमलाई विज्ञापन बोर्डमा सुचिकृत हुनुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ गुल्मी शाखाको समन्वयमा विज्ञापन बोर्ड र स्थानीयस्तरमा सञ्चालित सञ्चारमाध्यमबिच बुधबार तम्घासमा भएको अन्तरक्रियामा उहाँले सो कुरा बताउनुभएको हो ।
मधेशका लागि जसपा नेपालको विकल्प छैन : उपेन्द्र यादव
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले मधेश र मधेशीको हक अधिकारका लागि ठुलो आन्दोलन र संघर्ष गरेकोले जसपा नेपालको विकल्प नभएको बताउनुभएको छ।
नेपालगञ्जमा प्रादेशिक महोत्सव हुने
नेपालगन्जमा माघ महिनामा दोस्राे प्रादेशिक महोत्सव आयोजना हुने भएको छ ।
३१ हजार क्विन्टलभन्दा बढी धान खरिद
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले बाँकेको किसानसँग ३१ हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको छ ।
निःशुल्क आँखा शिविरबाट स्थानीय लाभान्वित
कपिलबस्तुको यशोधरा गाउँपालिकामा आयोजित तीन दिने निःशुल्क आँखा शिविरबाट एक हजार बढी स्थानीय लाभान्वित भएका छन् । यशोधरा गाउँपालिका कपिलबस्तुको आयोजना र छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जको प्राबिधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।
दाङका थारू बस्तीमा माघीको चहलपहल सुरु
माघी पर्व नजिकिएसँगै यहाँका थारू बस्तीमा चहलपहल सुरु भएको छ । थारू जातिको सबैभन्दा ठुलो पर्वका रूपमा मानिने माघीको रौनकता छाएको हो ।
नरैनापुरमा अध्यक्ष कप क्रिकेट प्रतियोगिता
बाँकेको नरैनापुर गाउँपालिकामा जिल्लास्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८१ सुरु भएको छ । भेरी रकर्स स्पोर्ट क्लबको आयोजना र नरैनापुर गाउँपालिकाको सहयोगमा सञ्चालित सो प्रतियोगिताको नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद साहले उदघाटन गर्नुभयो ।