बालविवाह घटाउन बाँकेका युवा सक्रिय
विशेषगरी मुस्लिम समुदायमा रहेको बालविवाहको गलत अभ्यासलाई न्यूनीकरण गर्न नेपालगञ्जका युवा सक्रिय हुन थालेका छन् ।
चिसो बढेपछि नगरपालिकाद्वारा दाउरा वितरण
शीतलहर र अत्यधिक चिसो बढेपछि बाँकेको कोहलपुर नगरपालिकाले नगरका विभिन्न सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको छ ।
हुस्सुले आन्तरिक हवाई उडान प्रभावित
बाक्लो हुस्सु र शीतलहरले रुपन्देहीको भैरहवा र आसपास क्षेत्रमा जनजीवन प्रभावित भएको छ ।
प्रधानमन्त्री कप प्रदेशस्तरीय महिला खेलाडी छनोट प्रतियोगिता लमहीमा हुने
प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला खेलाडी छनोट टि–२० क्रिकेट प्रतियोगिता दाङको लमहीमा हुने भएको छ ।
लुम्बिनीको दान रकम गणना, एक करोडभन्दा बढी सङ्कलन
बुद्धजन्मस्थल रूपन्देहीको लुम्बिनीस्थित मायादेवी मन्दिरको दानपेटिकाबाट १ करोड ४३ लाख ५९ हजार ९ सय ९० रुपियाँ सङ्कलन भएको छ।
शीतलहरले बाँके र बर्दियाको जनजीवन प्रभावित
पछिल्लो केही दिनदेखि चिसो बढेर सुरु भएको शीतलहरका कारण पश्चिम नेपालका तराईका जिल्लाहरु बाँक र बर्दियाको जनजीवन अत्यधिक प्रभावित भएको छ ।
नेपाल–भारत संयुक्त सुरक्षा गस्ती
कपिलवस्तुको नेपाल–भारत सीमामा संयुक्त सुरक्षा गस्ती गरिएको छ । गस्तीका व्रmममा सीमा क्षेत्रमा भइरहेको बढ्दो चोरी निकासी तथा पैठारी न्यूनीकरण, सीमावर्ती अपराध नियन्त्रण,
दुई सय ५५ विपन्न विद्यार्थीलाई न्यानो कपडा
ऐरावती गाउँपालिकाको ४१ वटा सामुदायिक विद्यालयका दुई सय ५५ विपन्न विद्यार्थीले न्यानो कपडा पाएका छन् । स्थानीय युवाहरुले सञ्चालन गरेको फेसबुक अभियानबाट उठेको रकमले उनिहरुलाई न्यानो कपडा उपलब्ध गराएका हुन् ।
दुर्घटना रोक्न हाइड्रोलिक मेटल कटर
लुम्बिनी प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामा वार्षिक दुई हजार चार सयभन्दा बढी सवारी दुर्घटना हुँदा छ सयभन्दा बढीले ज्यान गुमाउने गरेका छन् ।
परासीबाट चार चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र वितरण
यातायात व्यवस्था सेवा कार्यालय पश्चिम नवलपरासीले चारपाङ्ग्रे सवारी साधनको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्न सुरुआत गरेको छ । यहाँमा २०७८ साल फागुन १ गतेबाट सेवा कार्यालय स्थापना भएको थियो ।
बुटवलको डम्पिङ साइडमा नवजात शिशुको शव फेला
बुटवल उपमहानगरपालिका–११ मा नवजात शिशुको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितका अनुसार मङ्गलबार मजुवाको फोहोर फाल्ने डम्पिङ्ग साइटमा फेला परेको हो ।
पाउडर प्लान्ट नहुँदा दुध व्यवसायीलाई समस्या
लुम्बिनी प्रदेशमा दुध पाउडर बनाउने प्लान्ट नहुँदा डेरी व्यवसायीले समस्या खेप्नु परेको गुनासो गरेका छन् । नेपाल डेरी एसोसिएशन कपिलवस्तुको दोस्रो साधारणसभामा एसोसिएशनका प्रदेश अध्यक्ष थानेश्वर न्यौपानेले पाउडर प्लान्ट नभएको कारण बर्सेनी एक अर्ब रुपियाँको क्षति भएको बताउनुभयो ।
दाङमा कुष्ठरोगका बिरामी बढ्दै
दाङ जिल्लामा कुष्ठरोग प्रभावितहरुको सङ्ख्या बढ्न थालेको छ । नेपाल सरकारले सन् २०१० मै नेपाललाई कुष्ठरोग उन्मूलनका रुपमा घोषणा गरेको हो ।
बर्दिया अस्पतालमा १४ जना बिरामीको मेजर शल्यक्रिया
। बर्दिया जिल्ला अस्पतालमा एकैदिन १४ जना बिरामीको मेजर शल्यक्रिया सफलतापूर्वक गरिएको छ । पाठेघरसम्बन्धी समस्या भएका बिरामीको विशेषज्ञ चिकित्सकसहितको १६ जनाको टोलीले बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म करिव १० घण्टा लगाएर १४ जना बिरामीको सफलतापूर्वक शल्यक्रिया गरेको अस्पतालका प्रमुख डा.सुभाष पाण्डेले बताउनुभयो ।
वडावासीलाई उत्पादनसँग जोड्न च्याउखेती
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ सीतापुरले व्यावसायिक खेतीतर्फ किसानलाई आकर्षित गर्ने उद्देश्यले वडामै च्याउ खेती गरी बिक्री वितरण सुरु गरेको छ ।
कोहलपुरमा राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने
बाँकेको कोहलपुरमा राष्ट्रिय स्तरको टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
गुल्मीमा जिपलाइन निर्माणको होडबाजी
गुल्मीमा जिपलाइन निर्माणको होडबाजी चल्न थालेको छ ।
सखरखण्ड खेतीबाट राम्रो आम्दानी
माघे सङ्क्रान्ति नजिकिँदै गर्दा दाङको राजपुर गाउँपालिका–३ खरदरिया निवासी शेषराम यादव सखरखण्ड खन्न व्यस्त हुनुहुन्छ ।
जलपन्छीको प्रजाति र सङ्ख्यामा कमी
यस वर्ष चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी र राप्ती नदी आसपासका सिमसार क्षेत्रमा जलपन्छीको प्रजाति र सङ्ख्यामा कमी आएको छ ।
नारायणी नदीमा जलपन्छी
नवलपरासी, पुस २३ गते । नवलपुर र चितवन भएर बग्ने नारायणी नदीको भँगालोमा देखिएका चखेवा, जलेवासहितका जलपन्छीहरु । सोमबारदेखि यहाँ जलपन्छी गणना सुरु भएको छ । तस्बिरः रासस
बालविवाहले निम्ताउँदै जटिल समस्या
पाल्पाको तानसेन नगरपालिका–५ की अस्मिता नेपालीको १६ वर्षमा विवाह भयो । विवाह हुनासाथ पढाइमा पूर्णविराम लाग्यो । अहिले २० वर्ष पुग्दा उहाँको तीन वर्षको छोरा छ तर जन्मदर्ता छैन । यो व
बिरामीलाई सहुलियतपूर्ण सेवा
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एमआरआई मेसिन खरिदका लागि पुनः बोलपत्र आह्वान गरिएको छ । अस्पताल प्रशासनले सोमबार सार्वजनिक सूचना जारी गर्दै मेसिन खरिदका लागि बोलपत्र आह्वान गरिएको जनाएको हो ।
विद्यार्थीलाई पञ्चेैबाजा बजाउने तालिम
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–१६ स्थित देवचुली माध्यमिक विद्यालयले विद्यार्थीलाई पञ्चैबाजा बजाउने तालिम प्रदान गरेको छ । तालिम लिएपछि अहिले यहाँका विद्यार्थी फुर्सदमा बाजा बजाएर आम्दानी गर्न थालेका छन् ।
सामाजिक सेवामा लगानी गर्दै नगरप्रमुख
तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले आफ्नो तलब भत्ताबाट विपन्न परिवार तथा विभिन्न विद्यालयलाई सहयोग गर्दै आउनुभएको छ । नगर प्रमुख भएवापत राज्यले दिने सेवा सुविधा सामाजिक सेवामा लगाउने घोषणा गर्नुभएका श्रेष्ठले तलब भत्ताको रकमले सहयोग प्रदान गर्दैआएको बताउनुभयो ।