अन्तरबैङ्क सापटी लिएर चेक साट्दै कर्णाली बैङ्क
नेपाल राष्ट्र बैङ्कले समस्याग्रस्त संस्था घोषणा गरेको कर्णाली डेभलपमेन्ट बैङ्क लिमिटेडले अन्तरबैङ्क रकम सापटी लिएर दुई साताको अवधिमा करिब १० करोड निक्षेप फिर्ता गरेको छ ।
हाइस्कुल क्रिकेटमा लुम्बिनीबाट प्यारामाउन्ट छनोट
ई–प्लानेट नेसनल हाइस्कुल टी–१० क्रिकेट च्याम्पियनसिपका लागि लुम्बिनी प्रदेशबाट प्यारामाउन्ट बोर्डिङ हाइस्कुल छनोट भएको छ ।
तस्करी रोक्न सीमा क्षेत्रमा सशस्त्र प्रहरीको पैदल गस्ती
शीतलहर सुरु भएर चिसो अत्यधिक बढेको बेला बाँकेको राप्तीपारी नरैनापुरमा तस्करी तथा आपराधिक गतिविधि बढ्न नदिन सशस्त्र प्रहरीले सीमा क्षेत्रमा पैदल गस्ती सुरु गरेको छ।
रामपुरमा मनाइयो पृथ्वी जयन्ती
पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पणसहित विविध कार्यक्रम गरी पृथ्वी जयन्ती मनाइएको छ ।
नागरिकलाई दिने सेवा प्रभावकारी बनाउँछौं : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले नागरिकलाई दिने सेवालाई प्रभावकारी बनाउन सुरु गरेको बताउँदै त्यसमा सबैको साथ र सहयोग आवश्यक रहेको बताउनु भएको छ ।
एक लाख पशुलाई खोरेत रोगविरुद्धको भ्याक्सिन लगाइने
बाँकेमा खोरेत रोग उन्मूलन गर्न एक लाख पशुलाई भ्याक्सिन लगाउन सुरु गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेले जनाएको छ ।
‘लुम्बिनी घुम्ने पर्यटक डुङ्गामा ठगिन्छन्’
सिद्धार्थ गौतम बुद्ध जन्मस्थल लुम्बिनी घुम्न आउने पर्यटक केन्द्रीय नहरमा चल्ने डुङ्गा चढेर रमाइलो गर्छन् । स्थानीय र बाहिरी देशबाट घुम्न आउने पर्यटकको डुङ्गामा चढेर फोटो भिडियो खिच्ने, टिकटक र रिल बनाउन मोहित हुन्छन् । तर त्यही डुङ्गामा पर्यटकहरु ठगिन्छन् ।
आठ सय विद्यार्थीलाई आयुर्वेद तथा योग शिक्षा प्रदान
बाँकेको राप्तीसोनारी गाउँपालिकामा करिब आठ सय विद्यार्थीलाई आयुर्वेद तथा योग शिक्षा प्रदान गरिएको छ ।
लुम्बिनीमा पुरक बजेट नल्याउने : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१–०८२ मा पुरक बजेट नल्याउने बताउनुभएको छ । नेकपा (एमाले) धुर्कोट गाउँ कमिटीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
स्मार्ट कृषि गाउँ कार्यक्रम, प्रदेश सरकारको करोडौं लगानी
ऐरावती गाउँपालिका ६ मा स्मार्ट कृषि गाउँ कार्यक्रम लागु भएपछि किसानहरू व्यावसायिक तरकारी खेतीमा लागेका छन् ।
प्रथम छिल्लीकोट दौड हुँदै
राष्ट्रिय एकता दिवस एवम् पृथ्वी जयन्तीका अवसरमा छिल्लीकोट दौड आयोजना गरिएको छ।
जलक्रिडा गर्दै मरुल
बाँके, पुस २७ गते । नेपालगञ्ज उपमहानगपालिका वडा नं २१ र २२ को सिमानामा रहेको कान्तितालमा पैडी खेल्दै मरुल चराको जोडी । तस्बिरः रासस
काठमाडौँबाट भारत लैजाँदै गरेको भेप नियन्त्रणमा
राजस्व अनुसन्धान कार्यालय बुटवलले ठुलो मात्रामा भन्सार छलीको इलेक्ट्रिक चुरोट (भेप) बरामद गरेको छ ।
अग्रजको योगदान र समर्पणले परिवर्तन सम्भव : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अग्रजहरुको योगदान र समर्पणले नै मुलुकमा परिवर्तन सम्भव भएको बताउनुभएको छ । शुक्रबार गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका ५, कालिकास्थान वस्तुमा पूर्वसांसद रुद्रमणी शर्मा भण्डारी, पूर्व जिल्ला विकास समिति उपसभापति परमानन्द भण्डारी र पूर्व गाविस अध्यक्ष टोमलाल पाण्डेको शालिक अनावरण गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
अपाङ्गता भएकालाई घरमै परिचयपत्र
जिल्लामा झिमरुक गाउँपालिकाले अपाङ्गता भएका ब्यक्तिलाई घरमै पुगेर अपाङ्गता परिचयपत्र प्रदान गरेको छ । पूर्ण अशक्त अपाङ्गता भएका ब्यक्तिलाई घरमै पुगेर परिचयपत्र वितरण गरेको हो ।
दुर्घटना नियन्त्रणका लागि ट्राफिक लाइट जडान
बुटवल उपमहानगरपालिकाले बढी भीड हुने चार वटा क्षेत्रमा सवारी व्यवस्थापनसहित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक लाइट जडान गरेकाे छ ।
खाना महोत्सव तथा माघे संक्रान्ति मेलाको तयारी
बुटवलमा खाना महोत्सव तथा माघे संक्रान्ति मेला गर्ने तयारी गरिएको छ ।
भिरबाट लड्दा दुई जना घाइते
मकवानपुरको भीमफेदी गाउँपालिकामा भिरबाट लडेर दुई जना घाइते भएका छन् । भीमफेदी गाउँपालिका ९ स्थित साल बिसाउनेका सुनिल गोले र प्रशान्त गोले भिरबाट लडेर घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
‘दलमा महिलालाई नेतृत्व दिन कन्जुस्याइँ गर्छन्’
नेपाली काँग्रेस महासमिति सदस्य शोभा शाक्य पाल्पामा सक्रिय महिला हुनुहुन्छ । पञ्चायती कालदेखि नै राजनीति गर्दैै आउनुभएकी उहाँ परिवर्तनकारी आन्दोलनमा सँधै अग्रभागमा रहनुभयो । तर पनि दलको मुख्य पदमा उहाँ कहिल्यै अवसर पाउनु भएन ।
फुटबल खेलाडी ५० हजारसहित सम्मानित
राष्ट्रिय यू–१३ पुरुष फुटबल टिममा छनोट भएका खेलाडीलाई रामपुर नगरपालिकाले सम्मान गरेको छ ।
चिसो बढेपछि कोहलपुरका विद्यालय चार दिन बन्द
शीतलहर र चिसो अत्यधिक बढेपछि बाँकेको कोहलपुर नगरपालिकाले नगरभित्रका सबै विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको छ ।
विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण
सशस्त्र प्रहरीले सीमावासीसँग सम्बन्ध विस्तार गर्न सञ्चालन गरेको ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत बाँकेको दुर्गम र कम विकसित क्षेत्र मानिने नरैनापुरको नाकामा रहेका विपन्न बालबालिकालाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ ।
शीतलहरबाट बाँकेमा ३५ सय परिवार प्रभावित हुने
हाल सुरु भएको शीतलहरबाट बाँके जिल्लामा एक लाख ७८ हजार जनसङ्ख्या प्रभावित हुने जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले जनाएको छ ।
गुल्मीमा सुन्तला उत्पादन बढ्यो
गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएसँगै यहाँका कृषकले मनग्ये आम्दानी गरेका छन् । गत वर्षको तुलनामा सुन्तलाको उत्पादनमा वृद्धि भएसँगै यहाँका कृषक खुसी भएका छन् ।