• २० पुस २०८१, शनिबार

भेटिए हात्तीपाइलेका बिरामी

blog

घोराही समाचारदाता

घोराही, पुस १७ गते । दाङमा हात्तीपाइले रोगका बिरामी फेला परेका छन् । जिल्लामा हात्तीपाइले रोगको औषधी सेवन कार्यक्रम प्रभावकारी भए/नभएको यकिन गर्न गरिएको परीक्षणका क्रममा हात्तीपाइलेका बिरामी फेला परेका हुन् । 

जिल्लामा एक हजार ७८९ घरधुरीका छ हजार ३५३ जनाको नमुना परीक्षण गर्दा एन्टिजेनबाट ४६ जनाको हात्तीपाइले पोजेटिभ देखिएको छ । एन्टिजेनबाट पोजेटिभ आएका ४६ जनाको रगत परीक्षण गर्दा चार जनामा हात्तीपाइले पुष्टि भएको स्वास्थ्य कार्यालय दाङका हात्तीपाइले रोग फोकल पर्सन कमल चन्दले जानकारी दिनुभएको छ । घोराही र गढवा गाउँपालिकामा बिरामी भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडा तथा स्वास्थ्य कार्यालय दाङको संयुक्त आयोजनामा राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत सर्भे गरिएको थियो ।