नारद कोहार
तौलिहवा(कपिलबस्तु), पुस १६ गते । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यबासिनी मुख्यालयका सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक कमल प्रसाद तिउसीनाले सीमामा हुने विभिन्न खालका अपराधलाई नियन्त्रण गर्न सीमा सुरक्षालाई थप मजुबत बनाइने बताउनुभएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २८ हेक्वा कपिलबस्तुको १८ औं स्थापना दिवसको अवसरमा उहाँले सो कुरा बताउनुभएको हो ।
शस्त्र प्रहरीले सङ्गठनकाे नीति नियमलाई परिपालन गरि प्राप्त जिम्मेवारीको कुशलत पूर्वक पालना गरी सदैव अग्रसर रहने उहाँले बताउनुभयो । उहाँले सधैं आफ्नो दायित्व पूरा गर्न मातहतका सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको छ ।
उहाँले प्राप्त उपलब्धिको रक्षा गर्दै आगामी दिनमा सङ्गठनलाई अझै प्रभावकारी तुल्याउनका लागि उत्साहका साथ कर्तव्यपथमा लाग्न सुरक्षा अधिकारीलाई निर्देशन दिनुभयो । समयमा आर्जन गरेको पेसागत सफलताले राज्यका सुरक्षा समयन्त्रबिच एउता विशिष्ट परिचय स्थापित गरिसकेको उहाँको भनाइ छ ।
कार्तव्य प्राण, इमानदार र राष्ट्रियता प्रतिको सेवाभावले प्रेरितभई राष्ट्रसेवकहरूले कार्यक्षेत्रमा प्रस्तुत हुनुपर्ने उहाँले बताउनुभयो । सो अवसरमा बोल्दै कपिलबस्तु नगरपालिकाका नगरप्रमुख सुदिप पौडेलले सीमा सुरक्षाका साथै समाजमा शान्ति सुव्यवस्था कायम गर्न सशस्त्र प्रहरीको अहम् भूमिका रहेको बताउनुभयो । उहाँले स्थानीय तहलाई छाडा चौपाया व्यवस्थापन गर्न मुख्य चुनौती रहेको बताउनुभयो ।
कार्यक्रममा कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी विश्व प्रकास आर्यालले शान्ति सुरक्षा, अपराध नियन्त्रण, विपद् व्यवस्थापन लगायत जनताको दिनानुदिन आई पर्ने समस्याहरूलाई समाधान गर्न सशस्त्र प्रहरीको महात्वपूर्ण भुमिका रहेको बताउनुभयो ।
सशस्त्र प्रहरीले सीमावासीलाई लक्षित गरी स्वास्थ्य शिविर, शैक्षिक सामाग्री वितरण र सिप मुलक तालिमहरू सञ्चालन गरी सीमामा बस्ने वासीहरूको मन र मस्तिष्क जित्ने कार्यहरु गर्दै आइरहेको सशस्त्र प्रहरी उपरिक्षक राम जङ्ग पाण्डेले बताउनुभयो । स्थापना दिवसको अवसरमा रक्तदान, हतियार खोलजोड, खेलकुद प्रतियोगिता लगायतको कार्यक्रम गरिएको थियो ।