काठमाडौंमा मिटरब्याजी पीडितको विरोध प्रदर्शन
न्याय खोज्दै पैदल यात्रा गरी देशभरबाट काठमाडौं आएका मिटरब्याजी पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । शुक्रबार उनीहरुले त्रिभुवन पार्कबाट हिँड्दै पैदल आएर रत्नपार्कमा प्रदर्शन गरेका हुन् ।
अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु (फोटो फिचर)
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको मुख्य आयोजनामा कला कार्यशाला तथा प्रदर्शनी सुरु भएको हो। प्रतिष्ठानमा सुरु भएको प्रदर्शनीमा जर्मनका सात र नेपालको २६ जना कलाकारले बनाएको ४२ कला प्रदर्शनीमा राखिएको छ।
सेनकालीन पाल्पाको भैरव मन्दिर (फोटो फिचर)
पाल्पाको रिब्दिकोट गाउँपालिका– ४ मा अवस्थित सेनकालीन भैरवको मन्दिर प्रख्यात रहेको छ। यो मन्दिर समुन्द्र सतहदेखि एक हजार ४७० मिटर उचाइ अर्थात् प्राकृतिक सम्पदाले भरिपूर्ण डाँडाको टाकुरामा रहेको छ । जसको क्षेत्रफल ११ रोपनी ४ आना छ।
रोहिणी राणाको ‘द नेपाल कुक बुक’ सार्वजनिक
लेखक रोहिणी राणाको दोस्रो पुस्तक ‘द नेपाल कुक बुक’ सर्वजनिक भएको छ।
विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलन सुरु (फोटो फिचर)
विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ । विश्वका सीमान्तकृत समुदायको अधिकारका लागि आवाज उठाउने उद्देश्यले चार दिनसम्म सञ्चालन हुने सम्मेलन आजदेखि सुरु भएको हो ।
राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण (फोटो फिचर)
राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमीका अवसरमा बुधबार बिहान वसन्तपुर हनुमानढोका दरबारस्थित नासलचोक पुगेर वसन्त श्रवण गर्नुभएको छ ।
स्वयम्भूको सरस्वती मन्दिरमा अक्षरारम्भ गर्दै बालबालिका (फोटो फिचर)
आज माघ शुक्लपञ्चमी अर्थात् श्रीपञ्चमी । आज विद्याकी देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदै छ ।सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ ।
जाजरकोटका भूकम्पपीडितलाई न्यानो सहयोग (फोटो फिचर)
गत कात्तिक १७ गते गएको भूकम्पका कारण क्षतित पुगेको जाजरकोट भेरी नगरपालिका–२ पोख्राका बासिन्दालाई डस्ना, ब्ल्याङ्केट लगायतका सामान हस्तान्तरण गरिएको छ ।
वैधनाथ मन्दिर
कन्चनपुर जिल्लाको बेतकोट नगरपालिका वडा नं. ४ को बैतडामा अवस्थित वैधनाथ मन्दिर यो क्षेत्रमा चर्चित छ ।
तामाङ समुदायमा ल्होछारको रमझम (फोटो फिचर)
आज माघ शुक्ल प्रतिपदा तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होछार मनाउँदैछन् ।
विमानस्थलमा देश छोड्नेहरूको आँसु (फोटो फिचर)
विदेश जानु नराम्रो नै हो भन्न त सकिँदैन । तर कामकै खोजीमा विदेश भौँतारिनुपर्ने भनेको देशको लागि राम्रो कदापि हुन सक्दैन । नेपालमा पछिल्लो समय रोजगारी खोज्दै विदेश पुग्नेहरूको सङ्ख्या ठुलो छ । धेरैजसो नेपालीहरू स्वदेशमा रोजगारी नपाउँदा विदेश जान बाध्य छन् । कति भने स्वदेशमा पाएको रोजगारीबाट परिवार पाल्न र आफ्नो जनजीविका चलाउन नसक्दा बिदेसिन बाध्य छन् ।
नारायणगढको दुर्गा मन्दिर (फोटो फिचर)
भरतपुर उप महानगरपालिका वडा नं. १ पुलचोकमा अवस्थित प्रख्यात दुर्गा मन्दिर। यो दुर्गा देवीको मन्दिर नारायणी नदीको पुल नजिकको उत्तरतर्फको सडकको केही दुरीमा दाहिनेतर्फ दुई तले प्याइगोडा शैलीको निकै नै आकर्षक रहेको छ।
पानी परेपछि खुलेको मौसम र हिउँ
रुकुम पश्चिम् त्रिवेणी गाउँपालिका–३ स्थित खाराबाट शुक्रबार बिहान देखिएको सिस्ने हिमाल र आसपासको क्षेत्र ।
तस्बिरमा सहिद स्मारक
बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको सहिद स्मारक पर्यटकको रोजाइमा पर्ने गन्तव्य मध्ये एक हो।
साँखुको स्वस्थानी माता मन्दिर (फोटो फिचर)
काठमाडौँबाट अलि मास्तिर साँखु बजारदेखि केही दुरीमा रहेको तीर्थस्थल शाली नदी किनारमा रहेको निकै नै कलात्मक शैलीको प्रख्यात स्वस्थानी माताको मन्दिर रहेको छ । यस मन्दिरको गर्भ गृहमा कालो प्रस्तरको निकै नै आकर्षक र कलात्मक शैलीको स्वस्थानी माताको मूर्ति छ ।
भृकुटीमण्डपमा बृहत् अन्तर्राष्ट्रिय कृषि मेला (फोटो फिचर)
काठमाडौँको भृकुटीमण्डपमा कृषि सम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी मेला सुरु भएको छ।
सेतो मच्छिन्द्रनाथको साजसज्जा
सेतो मच्छिन्द्रनाथ (आर्यावलोकितेश्वर)को साजसज्जा तथा रङरोगन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । धार्मिक महत्व बोकेको सेतो मच्छिन्द्रनाथ (आर्यावलोकितेश्वर) को महास्नानपछि सुरु गरिएको साजसज्जा तथा रङरोगनको कार्य थालिएको हो ।
आजदेखि स्वस्थानी व्रत सुरु : शाली नदीमा भक्तजनको भीड (फोटो फिचर)
प्रत्येक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा आजबाट सुरु भएको छ । माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ । शाली नदीमा भक्तजनहरूको बिहानै देखि भीड लागेको छ ।
पार्किङ हटाइएपछिको न्युरोड (फोटो फिचर)
काठमाडौं महानगरपालिकाले आजदेखि न्युरोड क्षेत्रमा पार्किङ् निषेध गरेको छ । महानगरले मङ्गलबारदेखि न्युरोड क्षेत्रका कालोपत्रे सडकमाथि सवारी पार्किङमा रोक लगाएको हो ।
तस्बिरमा नृत्य मेला
नेपा: डान्स एकेडेमीले आइतबार राष्ट्रिय नाचघर जमलमा नृत्य मेला गरेको छ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा १५० जना विद्यार्थीले ७० वटा नृत्य विधा प्रस्तुत गरेका थिए ।
शाक्य (बुद्ध वंश) नरसंहारको कथा मूर्तिमा कोरिँदै (फोटो फिचर)
मूर्तिकार सुनिता राणालाई मूर्ति बनाउन भ्याइ न भ्याइ छ । छिनी, हतौडा, कटर र ग्लेण्डरको सहायताले ढुङ्गा काट्दै र चिल्लो पार्दै मलिकादेवीको मूर्तिलाई अन्तिम स्वरूप दिन लाग्नु भएको छ ।
तस्बिरमा श्री पचली भैरवको खड्ग सिद्धी जात्रा
हरेक १२ वर्षमा निकालिने श्री पचली भैरवको बाह्र वर्षे जात्राको खड्ग सिद्धी नाच अहिले काठमाडौँको विभिन्न टोलमा नाच्नेकाम भइरहेको छ ।
आफैँ बिरामी अवस्थामा काठमाडौँका अस्पताल (फोटो फिचर)
मानिसहरू बिरामी भएपछि उपचारका लागि जाने पहिलो ठाउँ भनेको नै अस्पताल हो । अस्पतालमा चिकित्सकको सेवा पाएपछि नै मानिसहरू स्वस्थ हुन्छन् र आफ्नै दिनचर्यामा फर्किन्छन् ।
पुल्चोक इन्जिनियरिङ् कलेजमा १५ औँ आर्किट्रेक्चर प्रदर्शनी सुरु
ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ कलेजका विद्याथीले शुक्रबारबाट १५ औँ राष्ट्रिय आसा आर्ट आर्किट्रेक्चर प्रदर्शन सुरु गरेका छन् ।