त्रिभुवन विश्वविद्यालयबाट ७४ हजार विद्यार्थी दीक्षित (फोटो फिचर)
त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोहमा आज विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन् ।
तस्बिरमा बोधिसत्त्वको मञ्चन
गुरुको गलत विवेकले जन्माएको एक हिंस्रक प्राणीको कथा हो नाटक ‘बोधिसत्त्व’। टेकुको कौसी थिएटरमा मञ्चन भइरहेको नाटकले समाजमा भएका राम्रा स्वभाव भएका मानिस पनि परिबन्ध र वचनको सिकारमा कसरी हिंसाको बाटो अवलम्बन गर्न बाध्य हुन्छन् भन्ने कुरा चित्रण गरिएको छ।
कृष्णको स्वरूप चितवनको धर्मधाम (फोटो फिचर)
चितवनको भरतपुर–११ जिरौनामा अवस्थित निकै नै आकर्षक र कलात्मक शैलीको धर्मधाम । यो धर्मधाम महन्थ धर्मदास महाराजको नाम राखेर करिब ६ वर्ष अगाडी स्थानीयवासीहरु, विभिन्न सङ्घ संस्थाहरूको जनश्रमदानबाट निर्माण गरिएको भनेर यही धर्मधामका पुजारी बताउनुहुन्छ।
तस्बिरमा २९ औं महानगर दिवस
शुक्रबार काठमाडौंको टुँडिखेलमा एक समारोहको आयोजना गरी महानगर दिवस मनाइएको हो ।
शिवालयमा शतबीज छर्ने भक्तजनको घुइँचो (फोटो फिचर)
म्याग्दीको बेनी नगरपालिका –९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरधामस्थित शिवालय मन्दिरमा सोमबार विहानैदेखि शतवीज छर्न भक्तजनको भीड लागेको छ ।
पशुपतिमा शतबीज छर्नेको भीड
बालाचतुर्दशी पर्वमा मृतकहरूका आफन्त र भक्तजन पशुपतिमा शतबीज छर्न आइपुग्नुभएको छ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर परिसरमा आइतबार रातिदेखि हुने बाला चतुर्दशी पर्वका लागि सम्पूर्ण व्यवस्था मिलाइसकेको जनाएको थियो ।
गुरुङ संस्कृतिमा विवाह गर्न बेलायतदेखि तनहुँमा (फोटो फिचर)
बेलायत निवासी एक जोडीले गुरुङ संस्कार अनुसार विवाह गरेका छन् । लामो समयदेखिको प्रेमलाई मार्क टोवन्सेन्ड र र रुथ टोवन्सेन्डले तनहुँको भानु नगरपालिका– १२ स्थित मिर्लुङ, ओख्लेबाट विवाह गर्नु भएको हो ।
महिला विरुद्धका हिंसा रोक्न सचेतनामूलक नाटक (फोटो फिचर)
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा महिला विरुद्धका हिंसा रोक्न सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।
जीर्णोद्धारपछि मकवानपुरगढी ....(फोटो फिचर)
मकवानपुरको महत्त्वपूर्ण मकवानपुरगढी दरबारको जीर्णोद्धारपछि पुराना आकृति अङ्कित संरचनाहरूलाई व्यवस्थित र सुन्दर बनाएको देखिन्छ । भग्नावशेष मात्र बाँकी रहने अवस्थामा पुगेको ऐतिहासिक मकवानपुर गढी जीर्णोद्धारसँगै सुन्दर बनेको हो ।
तोरी फुलेर किसानका खेत पहेँलपुर (फोटो फिचर)
कैलालीमा तोरी फुलेर खेत पहेँलपुर बनेको छ । किसानको खेतमा अहिले सर्वत्र ढकमक्क तोरी फुलेको हो ।
भूकम्प प्रभावितस्थलमा सञ्चारमन्त्रीका दुई दिन (फोटो फिचर)
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले मङ्सिर १६ र १७ गते भूकम्प प्रभावित क्षेत्रको स्थलगत भ्रमण गर्नुभयो।
मानव वन्यजन्तु सह-अस्तित्वका लागि हात्ती पूजा (फाेटो फिचर)
हात्तीको पूजा गर्नाले हात्ती निरोगी हुनुका साथै हात्तीबाट हुने मानवीय क्षति कम हुने जनविश्वास छ ।
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस प्रभात फेरी (फोटो फिचर)
आइतबार ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ मूल नारासहित यस वर्षको अपाङ्गता दिवस मनाइएको हो ।
सूर्योदयको मनोरम दृश्य अवलोकन गर्न पुनहिल पुगेका पर्यटक (फोटो फिचर)
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा अवस्थित पर्यटकीय स्थल पुनहिलबाट सूर्योदयको मनोरम दृश्य अवलोकन गर्न शनिबार पर्यटकको भिड लागेको छ ।
गुलरियाको दुर्गादेवी मन्दिर (फोटो फिचर)
बर्दियाको गुलरिया नगरपालिका वडा नं. ४ मा अवस्थित प्रख्यात मातङ्गी दुर्गा देवीको मन्दिर । यही मन्दिरको नामबाट यस टोलको नाम मातड. गी टोल रहन गएको हो । यो देवीको मन्दिर गुलरिया बजारको प्रमुख सडक किनार अर्थात् प्रमुख सडकको बायाँतर्फ रहेको छ ।
बरफ जमेकाे पञ्चकुण्ड तालमा पर्यटक (फोटो फिचर)
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरमा रहेको पञ्चकुण्ड ताल जमेर बरफ बनेको छ ।
भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय नेपाल व्यापार मेला सुरु (फोटो फिचर)
नेपाल उद्योग वाणिज्य महासङ्घले हरेक वर्ष आयोजना गर्दै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला बिहीबारदेखि भृकुटीमण्डपमा सुरु भएको छ । स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजना गरेको हो ।
क्यान्सरबारे जनचेतना जगाउन फेशन शो (फोटो फिचर)
काठमाडौँ, मङ्सिर १४ गते। क्यान्सर विरुद्धको अन्तर्राष्ट्रिय “नो सेभ नोभेम्बर“ अभियानलाई समर्थन गर्न फेसन सो आयोजना गरिएको छ । सेलिब्रेटी, सामाजिक कार्यकर्ता, डाक्टर, क्यान्सर पीडित र विभिन्न पेसाकर्मीद्वारा र्याम्प प्रस्तुत मार्फत प्रोस्टेट क्यान्सर, स्तन क्यान्सर र फोक्सोको क्यान्सरबारे जनचेतना जगाउन उक्त फेशन सो गरिएको हो । फेसन एन्ड फाउन्डेसन र फेसन नेटवर्क नेपाल (एफएनएन) ले ‘नो सेभ नोभेम्बर – फेशन फर कज २०२३’ कार्यक्रमको आयोजना गरेको हो । तस्विर :सागर बस्नेत
७९ जना बालिकाको बेलविवाह (फोटो फिचर)
काठमाडौँ महानगरपालिका १९ नं. वडा को सहकार्यमा ज्यापु मिसा: पुचःले इहि संस्कार (बेलविवाह)को आयोजना गरेको छ । नेवार समुदायमा रजस्वला हुनुअघि बेलविवाह गर्ने परम्परा रहेको छ ।
गुरु नानक जयन्तीमा साधुसन्तका लागि भण्डारा
गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु ग्रन्थ साहेव’ पाठ गराउनुका साथै साधुसन्तलाई भण्डारा गराइएको छ र यसैगरी पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरु नानक मठमा पनि विविध कार्यक्रम आयोजना गरी नानक जन्मजयन्ती मनाइएको छ ।
वनक्षेत्रमा हुने हिंसाविरुद्ध सचेतनामूलक कला प्रदर्शनी (फोटो फिचर)
काठमाडौंको काष्ठमण्डप अगाडि महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक कला प्रदर्शनी गरिएको छ ।
नरसिंह अवतार–प्रह्लाद उद्धार
प्रह्लादको उद्धार गर्न विष्णुले नरसिंहको अवतार लिई हिरण्यकश्यपको वध गरे सँगै पाटनको मङ्गलबजारको कात्तिक डबलीमा प्रदर्शन गरिने कात्तिक नाचको सबैभन्दा महत्त्वपूर्ण अंश नरसिंह अवतार सकिएको छ ।
फोटो र चित्रकलामा ब्रिटिस गोर्खामा महिलाको भूमिका
बबरमहलस्थित नेपाल कलापरिषदमा गोर्खा बेमेन फोटो तथा आर्ट प्रदर्शनी सुरु भएको छ । ब्रिटिस गोर्खा सैनिकका श्रीमतीसँग सम्बन्धित रहेको फोटो तथा चित्रकला प्रदर्शनी शनिबारबाट सुरु भएको हो ।
रुपन्देही डगोहरा विश्वकर्मा मन्दिर (फोटो फिचर)
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ डगोहरामा अवस्थित विश्वकर्मा मन्दिर । यस मन्दिरको गर्भ गृहको मध्य भागमा विश्वकर्मा भगवान्को मूर्ति र दाँया र बायाँ शिव, पार्वती एवम् ब्रह्मा भगवान्को मूर्ति रहेको छ।