• १९ वैशाख २०८१, बुधबार

आफैँ बिरामी अवस्थामा काठमाडौँका अस्पताल (फोटो फिचर)

blog

काठमाडौँ, माघ ६ गते । मानिसहरू बिरामी भएपछि उपचारका लागि जाने पहिलो ठाउँ भनेको नै अस्पताल हो । अस्पतालमा चिकित्सकको सेवा पाएपछि नै मानिसहरू स्वस्थ हुन्छन् र आफ्नै दिनचर्यामा फर्किन्छन् । 

गुणस्तरहीन खानेकुरा, अस्वच्छ खानेपानी, सडकको धुवाँ, धुलो र पछिल्लो समय जलवायु परिवर्तनको असरका कारण मानिसहरू धेरै बिरामी हुने गरेका छन् । जसका कारण पनि मानिसहरू केही न केही रोग लिएर बाँचेका छन् । त्यसैले पनि स्वास्थ्य चौकी र अस्पताल पुगेर महिनामा आफ्नो स्वास्थ्यको चेकजाँच गर्नुपर्ने बाध्यता छ । स्वास्थ्य सेवा दिने क्षेत्र नै अस्वस्थ भएपछिको अवस्था कल्पना गर्न सकिँदैन । 

स्वस्थ बन्न जाने ठाउँ नै अस्वस्थ भएपछि अर्थात् उपचार लिन जाने ठाउँ नै बिरामी भएपछि के होला ? हामी सोच्न सक्दैनौँ । तर यी दृश्यहरू हेर्दा लाग्छ, काठमाडौँ उपत्यकाका केही अस्पतालहरू आफैँ बिरामी छन् । अस्पतालको परिसरमा बिरामी कुरुवाहरूका लागि राखिएको कुर्सी, परिसरमा फालिएका स्वास्थ्य सामग्री, सेवा दिन सूचनाका रूपमा राखिएका प्ले कार्डहरू, पुराना स्वास्थ्य सामग्रीहरू यत्रतत्र फालिएको देख्न सकिन्छ । 

अस्पतालमा परिसरलाई बिरामी बनाइरहेका यी काम सकिएर फालिएका सामग्रीहरूको उचित व्यवस्थापन हुन सकेको छैन । अस्पतालेको यो अवस्था देख्दा उपचार गर्न जाने ठाउँ नै बिरामी भएको जस्तो भान सबैलाई हुन्छ नै ।