• १९ वैशाख २०८१, बुधबार

पुल्चोक इन्जिनियरिङ् कलेजमा १५ औँ आर्किट्रेक्चर प्रदर्शनी सुरु

blog

ताजा पानी एक्वैरियम र अनुसन्धान केन्द्र, पोखरा (थेसिस प्रोजेक्ट) : अभिषेक कंडेल । तस्बिर केशब गुरुङ

गोरखापत्र अनलाइन

काठमाडौं,माघ ५ गते । ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ कलेजका विद्यार्थीले शुक्रबारबाट  १५ औँ राष्ट्रिय आसा आर्ट आर्किट्रेक्चर (वास्तुकला) प्रदर्शनी सुरु गरेका छन् । कलेजका विद्यार्थीहरुले प्रत्येक वर्ष आर्किट्रेक्चर प्रदर्शनी सञ्चालन गर्दै आएका छन् । यो वर्ष पनि यसलाई निरन्तरता दिएका  हुन् । यो प्रदर्शनी आइतबारसम्म चल्नेछ । 

कलेजका विद्यार्थी सन्दिप शर्माका अनुसार आम मानिसले आर्किट्रेक्चर भनेको घर निर्माण गर्ने मात्र बुझाई भएकाले यसको क्षेत्र व्यापक छ भन्नका लागि प्रत्येक वर्ष यो प्रदर्शनी आयोजना गरिँदै आएको छ । 

प्रदर्शनीमा नेपालमा आर्किट्रेक्चरको अवस्था पहिले कस्तो थियो अहिलेको कस्तो छ र  भविष्यको अवस्था कस्तो हुने भन्ने देखाउन खोजिएको उहाँको भनाइ छ । यसमा जो सुकैले पनि अवलोकन गर्न सक्ने  छन् । 

उहाँले भन्नुभयो, “यो प्रदर्शनीमा नेपालमा आर्किटेक्चरको पहिलेको अवस्था कस्तो थियो, अहिले के छ र भविष्यमा कस्तो हुनेछ भनेर देखाउन खोजिएको छ । यसमा अन्य विभागका केमिकल, सिभिल, मेकानिकल क्षेत्र पनि समेटेका छौँ ।”

यो प्रदर्शनी मात्र नभएर विद्यार्थी र शिक्षकलाई जोड्ने माध्यम पनि रहेको उहाँ बताउनुहुन्छ । प्रदर्शनी १५ हजार बढीले अवलोकन गर्ने अपेक्षा रहेको उहाँले सुनाउनुभयो ।