• २१ वैशाख २०८१, शुक्रबार

विमानस्थलमा देश छोड्नेहरूको आँसु (फोटो फिचर)

blog

काठमाडौँ, माघ २० गते । विदेश जानु नराम्रो नै हो भन्न त सकिँदैन । तर कामकै खोजीमा विदेश भौँतारिनुपर्ने भनेको देशको लागि राम्रो कदापि हुन सक्दैन । नेपालमा पछिल्लो समय रोजगारी खोज्दै विदेश पुग्नेहरूको सङ्ख्या ठुलो छ । धेरैजसो नेपालीहरू स्वदेशमा रोजगारी नपाउँदा विदेश जान बाध्य छन् । कति भने स्वदेशमा पाएको रोजगारीबाट परिवार पाल्न र आफ्नो जनजीविका चलाउन नसक्दा बिदेसिन बाध्य छन् ।

यसको ज्वलन्त उदाहरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही घण्टा बसेर उनीहरूको क्रन्दन र रोदन हेरे र सुने पुग्छ । आफ्नो परिवारलाई राम्रो, खुसी र सुखीसँग पाल्ने अनि आफ्नो जीवन बनाउने सपना पोल्टामा बोकेर बिदेसिएका कतिपय नेपालीहरू त उतै अस्ताउँछन् । त्यति मात्रै होइन, शव ल्याउन पनि लासमाथिको राजनीति सुरु हुन्छ । सीप सिकेर गएकाहरूले केही काम गर्न सक्छन् । तर सीप सिकेर विदेश नगएकाहरू कामै नपाउँदा समेत स्वदेश फर्किन चाहेर पनि सक्दैनन् । यता साहुको ऋणमाथि ऋण थपिएको बोझले कतिपय गलत काम गर्न बाध्य हुन्छन् । 

यस्ता धेरै उदाहरण र भोगिसकेका घटना हाम्रै देश र समाजका हुन् । यी तीतो यथार्थलाई कहिल्यै नजिकबाट नियाल्न नसक्ने नेतृत्वहरू अझै पनि स्वदेशमै रोजगारी दिन्छौँ भन्न लाज मान्दैनन् ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा मान्छे रोएको देखिन्छ ।  

परिवार, आफन्त, नातागोता, मातापिता सबैलाई एक पटक रुवाएर र आफू रोएर भए पनि विदेश जाँदै छन् । चिकित्सक, नर्स, श्रमिकहरूका लागि सम्झौता गर्दै गइरहेका छन् ।


न्युज एजेन्सी नेपालको सहयोगमा