पानी परेपछिको काठमाडौँ (फोटो फिचर)
काठमाडौं उपत्यकामा शुक्रवार दिउँसो भारी वर्षा भएको छ । वर्षासँगै आम नागरिकको जनजीवन प्रभावित बनेको छ ।
काठमाडौँको विभिन्न स्थान डुबानमा (फोटो फिचर)
मङ्गलबार राती परेको अविरल वर्षासँगै आएको बाढीका कारण काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्र डुबानमा परेका छन् ।
शिक्षण अस्पतालमा दुर्घटनामा आफन्त गुमाएकाको भिड
सौर्य एयरको जहाज दुर्घटनाबाट मृत्यु भएका १८ जनाको शवको पोस्टमार्टम त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सुरु भएको छ । फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपाल चौधरीले मृत्यु भएकाको पोस्टमार्टम भइरहेको जानकारी दिनुभयो ।
सौर्य एयरलाइन्सको विमान दुर्घटनाका ३० तस्बिर
काठमाडौँबाट पोखराका लागि उडेको जहाज बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्रै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ।
सौर्य एयरको विमान दुर्घटना (तस्बिरहरु)
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज बिहान विमानस्थल क्षेत्रभित्रै दुर्घटना भएको हो ।
सौर्य एयरलाइन्सको जहाज दुर्घटना : उद्धार कार्य जारी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ ।
पोतेले रङ्गिएको बजार (फोटो फिचर)
साउन महिनामा विशेषगरी हिन्दु धर्मावलम्बी महिलाले हरियो चुरा, पोतेलगायतका शृङ्गारका सामग्री लगाउने परम्परा छ । पहिले धर्म संस्कृति मान्ने पाका महिलामा मात्र सीमित मेहन्दी, चुरा र पोते हिजोआज सबैजसो महिला र युवतीको लागि फेसन जस्तो भएको छ ।
पनौतीको प्रख्यात मानेश्वरी मन्दिर
काभ्रेपलान्चोक जिल्लाको पनौती नगरपालिका–५ मा अवस्थित रहेको छ, प्रख्यात मानेश्वरी मन्दिर । पनौती बसपार्कदेखि दक्षिण पूर्व र पुण्यवती खोलाको पश्चिममा अवस्थित मानेश्वरी मन्दिर पनौती भित्र रहेको शक्तिपिठहरुमध्ये एक हो ।
लिच्छविकालीन ढुङ्गेधारा
काठमाडौँको शंखरापुर नगरपालिका– ८ मा अवस्थित बज्रयोगिनी मन्दिरको पछाडि र दरबारको मध्य भागमा कलात्मक शैलीको ढुङ्गेधारा रहेको छ ।
वर्षाका कारण उपत्यकामा खोलाको बहाव बढ्यो (फोटो फिचर)
रातिदेखि परेको पानीले उपत्यकाको खोलाको बहाव बढेको छ। उपत्यकाको बागमती, मनोहरा र हनुमन्ते लगायत खोलामा पानीको बहाव बढेको हो।
स्याकुमा सजिएका रोपार (फोटो फिचर)
यतिबेला किसानलाई असारको चटारो छ । दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १० खागितडा स्थित पिपलगैरा खेतमा रोपाइँ गर्न किसान व्यस्त छन् ।
वर्षायाममा आफ्नो सौन्दर्य बढाउँदै रारा ताल (फोटो फिचर)
कर्णाली प्रदेशको मुगुको छाँयानाथ रारा नगरपालिकामा अवस्थित छ देशकै सबैभन्दा ठुलो रारा ताल । वर्षायाम लागेसँगै राराको सौन्दर्य बढ्दै गएको छ । रारा ताल वरिपरि हरियाली बढ्दै गएको छ भने पहेँला र सेता फूल फुलेर ताललाई थप मनमोहक बनाएको छ ।
कैलालीमा रोपाइँको रमाइलो (फोटो फिचर)
कैलालीका किसान रोपाइँमा व्यस्त भएका छन् । पर्याप्त मात्रामा वर्षा नभए पनि मध्य असार हुन लागेका कारण किसानहरु रोपाइँमा सक्रिय भएका हुन् ।
नेपाल र अंग्रेज युद्धलाई सम्झाउने जितगढी किल्ला (फोटो फिचर)
तत्कालीन अंग्रेज साम्राज्यलाई परास्त गरेको जितगढी किल्ला ऐतिहासिक स्थल हो । यतिबेला यो किल्लाको मुहार बदलिएको छ । वीरताको प्रतिकका रूपमा रुपन्देहीको जितगढी किल्ला चीर परिचित छ ।
कपिलवस्तुको समयमाई मन्दिर (फोटो फिचर)
प्राचीनस्थल जुन कपिलवस्तुको दक्षिण पूर्व वडा न २ मा पर्ने ऐतिहासिक एवं प्राचीनस्थल लमतिया। यही ऐतिहासिक स्थलको एक किनारमा रहेको छ समयमाईको मन्दिर। माटोको ५ वटा थुम्कालाई नै समयमाई मानेर भक्तजनहरू पूजा अर्चना गर्दछन्। यहाँ सयौँको सङ्ख्यामा भक्तजनहरूले चढाएको माटो र सिमेन्टले बनेका साना तथा ठुला हात्तीहरू रहेका छन्।
कुलेखानी जलाशयको सतह घट्यो (फोटो फिचर)
मकवानपुरको इन्द्रसरोवरमा रहेको कुलेखानी जलाशयको सतह घटेको छ । देशको एक मात्र जलाशययुक्त कुलेखानी आयोजनाको इन्द्रसरोवरमा पानीको सतह घटेपछि अत्यावश्यक समयमा भन्दा बाहेक कुलेखानी जलविद्युत् आयोजना सञ्चालन नगरिने भएको हो ।
उपत्यकामा पेट्रोल अभाव (फोटो फिचर)
काठमाडौँ उपत्यकामा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । पेट्रोलियम पदार्थ ढुवानी मजदुरहरूले आइतबारबाट विभिन्न माग राख्दै आन्दोलन सुरु गरेसँगै उपत्यकाका पेट्रोल पम्पमा पेट्रोल अभाव भएका छन् ।
मनाइयो बकर इद (फोटो फिचर)
मुस्लिम धर्मालम्वीहरुको दोस्रो महान् पर्व बकर इद (उल अजहा) आज देशभर मनाइँदैछ । बिहानैदेखि मस्जिद पुगेर आफ्नो धर्मअनुसार यो पर्वलाई शुभकामना आदानप्रदान गर्दै मनाउन सुरु गरेको छ ।
मगर समुदायले मनायो भूम्या (फोटो फिचर)
काठमाडौँ, असार १ गते । मगर समुदायको भूम्या (भूमे) पर्व शनिबारबाट सुरु भएको छ । भूमिको पूजा गरी मनाइने यो पर्व रिडी नदी पश्चिम क्षेत्रका मगर समुदायले मनाउने गर्दछ । नेपाल मगर सङ्घले बुधबार काठमाडौँमा भूम्याको आयोजनामा विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाउन सुरु गरेको हो । मगर समुदायले प्राकृतिक प्रकोप नलागोस्, अन्न उब्जनी राम्रो होस्, रोगब्याधी नलागोस् भनी आफू बसोबास गर्ने भूमिको पूजा गरी यो पर्व मनाउँछन् ।स्थानीय मगर खाम/पाङ (भाषा) मा यस पर्वलाई नोगोबाङ्गे पनि भनिन्छ । पश्चिम नेपालको रोल्पा, रुकुम, प्युठान, सल्यान, दाङ, बागलुङ र म्याग्दी जिल्लाका मगर समुदायले भूमे पर्व विशेष महत्त्वका साथ मनाउँछन् । पछिल्लो समय बसाइसराइको क्रम बढेपछि दाङ, काठमाडौँलगायतका क्षेत्रमा पनि यो पर्व मनाउनेको सङ्ख्या बढ्दो क्रममा छ ।जेठ मसान्तमा गाउँमा भूम्याको उद्घाटन भएपछि युवा र बुढापाका बाजा बजाउँदै उच्च पहाडमा बुकी फूल टिप्न जान्छन् । यसरी जाँदा एकै दिनमा पुग्न नसकिने भएकाले बाटोमा बास बसेर भोलिपल्ट फूल लिएर फर्कने चलन छ । पहाडबाट ल्याएको फूल एक अर्कालाई लगाएर खुसीयाली मनाइन्छ ।भूमे पूजामा मार (भेडा, बोका, कुखुरा, सुँगुर) मन्साएर लखेटी गाउँ निकाला गर्ने चलन छ । जसलाई भूम्या निकाल्ने भनिन्छ । भूम्या निकाल्दा महिलाले नाङ्लो (सुपो) मा ध्वाँसो, खरानी, दशैको बेला ढोकामा चढाएको टीका जमरा, गहुँ, जौ, कमै, धान, कोदो, तोरी, आदि राखेर घरबाहिर फाल्ने चलन छ। यसो गरेमा घरभित्रका पिर मर्का भूम्या पर्वसँगै हट्छ भन्ने मान्यता छ । रिडी नदी पश्चिम क्षेत्रका मगर समुदायले जेठ मसान्तदेखि असार ५ गतेसम्म मनाउने यो पर्व काठमाडौँमा भने असार ३ गतेसम्म मनाइन्छ ।
भरतपुरको शिव मन्दिर (फोटो फिचर)
भरतपुर उपमहानगरपालिका ८ गुन्जनगरमा आकर्षक रूपमा शिव मन्दिर छ ।
सिथी नखःमा गरियो पानीको मुहान सरसफाइ (फोटो फिचर)
नेवा: (नेवार) जातिका विभिन्न चाडपर्वमध्ये सिथी नख: भिन्न तरिकाले मनाइन्छ । नेवा: जातिका हरेक चाडपर्वमा भोज खाने, मन्दिर गएर पूजा गर्ने चलनभन्दा पृथक् रूपमा यो पर्व मनाइन्छ ।
खेल रद्द भए पनि नाचेर फर्किए नेपाली समर्थक (फाेटो फिचर)
ब्रोवार्ड काउन्टी स्टेडियममा उपस्थित श्रेष्ठ प्रतिनिधि पात्रमात्र हुनुहुन्छ । उहाँ जस्तै नेपालको खेल हेर्न अमेरिकाको विभिन्न राज्यबाट महङ्गो हवाई टिकट खरिद गरेर हजारौँ दर्शक ब्रोवार्ड काउन्टी स्टेडियम आएका थिए
थाहाको आलु (फोटो फिचर)
मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका–४ को नयाँ गाउँ आलु खेतीका लागि प्रख्यात मानिएको छ । चर्चा नै कमाएपछि यहाँको त्रिभुवन राजपथ छेउमा आलुको स्तम्भ नै निर्माण गरिएको छ ।
त्रिभुवन विमानस्थलमा आपत्कालीन नमुना अभ्यास (फोटो फिचर)
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटनामा उद्धार कार्य चुस्त र दुरुस्त बनाउने उद्देश्यले नमुना अभ्यास गराइएको छ । सोमबार दिउँसो विमानस्थल र नागरिक उड्डयन प्राधिकरणले हवाई दुर्घटना र आपत्कालीन अवस्थाको प्रतिकार्यका लागि नमुना अभ्यास गरेको हो ।