• ११ माघ २०८१, शुक्रबार

कीर्तिपुरमा सात गाउँ जात्रा (फोटो फिचर)

blog

इन्द्रायणी देवीको जात्रामा सहभागी । तस्बिर: मनोजरत्न शाही

काठमाडौँ, मङ्सिर २५ गते । काठमाडौँको दक्षिण भेगका गाउँ अहिले जात्रामय भएका छन् ।  कीर्तिपुर, पाँगा, नगाउँ, सतुंगल, बोसिगाउँ, ल्होंखा र मच्छेगाउँ गरेर सात वटा गाउँ जात्रामय भएका हुन् ।

सात गाउँमा एकै समयमा हुने जात्रा भएकाले यसलाई ‘सात गाउँ जात्रा’ अर्थात् ‘न्हयगां जात्रा’ भनिन्छ ।

यो जात्रा मूलतः अष्टमातृका देवीको जात्रा हो । फरक-फरक गाउँठाउँमा जात्रा चलाइने आआफ्नै देवी छन्। यो जात्रामा विशेषत विष्णुदेवी, महालक्ष्मी, इन्द्रायणी देवीको जात्रा चलाइन्छ। सात गाउँका जात्रामध्ये मंगलबार कीर्तिपुरमा जात्रा भएको छ । 

तस्बिरः मनोजरत्न शाही 


Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।