• ७ मंसिर २०८१, शुक्रबार

इचङ्गु नारायणमा हरिबोधिनी एकादशी मनाउनेको घुइँचो (फोटो फिचर)

blog

हरिबोधिनी एकादशीका दिन लाग्ने मेला भर्न इचङ्गु नारायणमा भक्तजनको घुइँचो । तस्बिर : केशब गुरुङ

काठमाडौँ, कात्तिक २७ गते । प्रत्येक वर्ष हरिबोधिनी एकादशीका दिन लाग्ने मेला भर्न इचङ्गु नारायणमा भक्तजनको घुइँचो लागेको छ । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाउँछन् ।

हरिबोधिनी एकादशीलाई वर्षभरमा पर्ने चौबिसवटा एकादशीहरुमध्ये सबैभन्दा महत्त्वपूर्ण एकादशीको रुपमा लिइन्छ । त्यसैले सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो एकादशी पनि भनिन्छ । 

उपत्यकामा चाँगुनारायण, इचङ्गु नारायण, शेष नारायण र विशङ्खु नारायण गरी चार नारायण मानिन्छन् । चार नारायणमध्ये चाँगुनारायणलाई जेठो नारायणका रुपमा पुजिने गरिन्छ। आजको दिन मेला भरेर नारायणको पूजा गरेमा साक्षात् नारायण प्रसन्न भई पारिवारिक सुख, शान्ति भएर मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।





Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।