• ७ मंसिर २०८१, शुक्रबार

शेषनारायणमा दर्शनार्थीको भिड (फोटो फिचर)

blog

हरिबोधनी एकादशीका दिन फर्पिङ अवस्थित शेषनारायण मन्दिर । तस्बिर : मनोजरत्न शाही

काठमाडौँ, कात्तिक २७ गते। काठमाडौँको फर्पिङको शेषनारायण मन्दिरमा  हरिबोधिनी एकादशी मनाउनेको भिड लागेको छ। हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा मङ्गलबार दामोदरसँग विवाह गरेर मनाइन्छ ।

आज उपत्यकाका चार नारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेषनारायण, इचङ्गुनारायण र बूढानीलकण्ठमा विशेष मेला लाग्ने गर्छ ।

असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ।आज चार नारायणको दर्शन गर्नुपर्ने दिनको रुपमा लिइन्छ।  



Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।