बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदल गठन
बैङ्किङ क्षेत्रको सुधारका लागि नेपाल राष्ट्र बैङ्कले बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको छ । बैङ्किङ क्षेत्रका विद्यमान समस्या समाधानका लागि सुझाव दिन नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष रेवतबहादुर कार्कीको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदलका सदस्यमा बैङ्कर भुवन दहाल र राष्ट्र बैङ्कका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल रहनुभएको छ ।
अनेरास्ववियुमा मेधावी युवाको वर्चस्व
क्लिनिकल साइकोलोजीमा काठमाडौँ विश्वविद्यालयबाट एमबिबिएस गर्नुभएका ३२ वर्षीय डा. सुजन कडरिया अनेरास्ववियुको अध्यक्षमा निर्वाचित हुनुभएको छ । कडरियासँगै अनेरास्ववियुको २४ औँ महाधिवेशनबाट तीन जना डाक्टर र १३ जना इन्जिनियर विजयी बनेका छन् ।
सहरमा बाढीको सन्त्रास
काठमाडौँ उपत्यकावासीले सहरी बाढीको प्रताडना भोग्न सुरु गरेको झन्डै एक दशक भइसकेको छ । बर्खा याममा परेको पानीको निकास नहुँदा, खोला, नदीको बहाब क्षेत्र मिचेर संरचना निर्माण गर्दा र परेको पानी सिधै खोलामा मिसिएपछि ‘सहरी बाढी’ ले खोलाकिनार र आसपासका बस्ती डुबानमा पर्ने गरेका छन् ।
घरपालुवा कुकुरमा ‘माइक्रोचिप’
काठमाडौँ महानगरपालिकाले घरपालुवा कुकुरमा ‘माइक्रोचिप’ जडान अभियान सुरु गरेको छ । महानगरपालिकाले ३२ वटै वडामा यो अभियान सुरु गरेका हो ।
उत्पादन र व्यवसायमुखी ढङ्गले पार्टी प्रशिक्षण हुनुपर्छ : शान्ता मानवी
नेपालको लोकतान्त्रिक एवम् कम्युनिस्ट आन्दोलनका नेतृ शान्ता मानवीले उत्पादन र व्यवसायमुखी ढङ्गले पार्टी प्रशिक्षण हुनुपर्ने बताउनुभएको छ ।
बागलुङमा जिप दुर्घटना : दुईको मृत्यु, १३ घाइते
पश्चिम बागलुङको ढोरपाटन नगरपालिका वडा –५ बतासे डाँडामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिपमा सवार १३ जना घाइते भएका छन् ।
नीति कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न आग्रह
मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८२–८३ का लागि ल्याएको नीति तथा कार्यक्रममा बालबालिकाको लागि लिएका नीति तथा तयार पारेका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
२० उत्कृष्ट स्वास्थ्यकर्मी सम्मानित
प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले २० जना उत्कृष्ट स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई सम्मानित गरेको छ । खोप अभियानमा महत्वपूर्ण भूमिका खेलेको भन्दै शुक्रबार यहाँ आयोजित बागलुङ पूर्ण खोप सुनिश्चित्ता तथा दिगोपना जिल्ला घोषणा कार्यक्रममा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई सम्मान गरिएको हो ।
शिवनाथमा जिप दुर्घटना, चालक गम्भीर घाइते
बैतडीमा बोलेरो जिप दुर्घटना भएको छ । जिल्ला सदरमुकाम बाट शिवनाथ शर्मालीका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०.१.०.०.१ च ४१८० नम्बरको जिप शिवनाथ गाउँपालिका –२ को भित्री सडक खण्डको फट्केढुङ्गा भन्ने स्थानमा शुक्रवार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडुले बताउनुभयो ।
विद्युत् अनियमितताविरुद्ध प्राधिकरणलाई ज्ञापनपत्र
नेपालगन्जको विद्युत् अनियमितताविरुद्ध नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रलाई शुक्रवार ज्ञापन पत्र बुझाइएको छ ।
तेस्रो गण्डकी प्रदेशस्तरीय टी–२० क्रिकेट हुँदै
स्रो गण्डकी प्रदेश स्तरीय टी–२० क्रिकेट प्रतियोगिता पोखरामा शनिबारदेखि हुने भएको छ । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा असार ६ गतेसम्म प्रतियोगितामा हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
सरकारी पुनःस्थापना केन्द्र स्थापना गर्ने स्पष्ट लक्ष्य राखेका छौं : स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक सुविधा सम्पन्न राष्ट्रिय न्युरोसाइन्सेस सेन्टर स्थापना गर्ने योजना रहेको बताउनुभएको छ ।
चट्याङ लागेर १३ बाख्रा मरे
मुगुको सदरमुकाम नजिक रहेको छायाँनाथ रारा नगरपालिकाको झ्यारीगाउँको जाँतालैना ठाउँमा बिहीवार चट्याङ लागेर ठुलो संख्यामा बाख्रा मरेका छन् । चट्याङले झ्यारीको वडा ८ मा १३ बाख्रा मरेका हुन् ।
‘ग्रेटर मुन्दुम’ पदमार्ग निर्माणले गति लिँदै
‘ग्रेटर मुन्दुम पदमार्ग’ निर्माणले तीव्रता पाएको छ । जिल्लाका दक्षिणी क्षेत्रका तीन स्थानीय तहमा पदमार्ग निर्माणले गति लिएको हो ।
गाउँ-गाउँसम्म नसर्ने रोगको समस्या बढ्दै
पछिल्लो समय नसर्ने रोगको समस्या सहरदेखि गाउँसम्म बढ्दै जान थालेको छ । पहाडी जिल्ला गुल्मीमा पनि नसर्ने रोगका बिरामीहरुको संख्या छ हजार ३८६ रहेको पाइएको छ।
प्रकृति र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सिउरुङ
गुरुङ जाति बाहुल्य यो गाउँ प्राकृतिक रूपमा जति सुन्दर छ सांस्कृतिक रूपमा पनि उत्तिकै आकर्षक रहेको छ । समुन्द्री सहतबाट एक हजार ८५४ मिटर उचाइमा रहेको यो गाउँ यतिखेर प्रकृति र संस्कृतिका माध्यमबाट पर्यटक लोभ्याउँदै आएको छ ।
हाते ट्याक्टर पाएपछि सुनवनस्थित दुर्गम क्षेत्रका स्थानीय खुशी
नवलपरासी पश्चिमस्थित सुनवल नगरपालिका ११ का ६५ वर्षीया मानबहादुर पुलामी हाते ट्याक्टर पाएर मख्ख हुनुहुन्छ ।
'महाभोज' अन्यायमा परेका पीडितको आवाज हो : अभिनेत्री भुसाल
अभिनेत्री वसुन्धरा भुसालले सहकारी अपचलनसम्बन्धी कथामा आधारित रहेर चलचित्र ‘महाभोज’ तयार भएको बताउनुभएको छ ।
बागलुङ पूर्णखोप सुनिश्चितता घोषणा
बागलुङ जिल्लालाई शुक्रबार पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । घोषणा भएसँगै बागलुङ जिल्ला गण्डकी प्रदेशमा तेर्सो पूर्णखोप सुनिश्चितता तथा दीगोपना घोषणा जिल्ला भएको हो ।
सरकारी योजनामा बालबालिका उपेक्षित भएको गुनासो
प्रदेश सरकारको योजनामा बालबालिकाका विषय प्राथमिकतामा नपर्ने गुनासो विगतदेखि नै सुनिने गरेको छ । यस्तै गुनासोलाई सम्बोधन गर्दै कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बालबालिका लक्षित योजना र कार्यक्रम समावेश गरेको जनाएको छ ।
कर घटाउन माग गर्दै सुनचाँदी व्यवसायीले बुझाए ज्ञापनपत्र
नेपाल सुनचाँदी व्यवसायी रत्न आभूषण सङ्घ, रौतहट, रौतहट सुनचाँदी व्यवसायी सङ्घ तथा चन्द्रपुर सुनचाँदी व्यव
तीन जना वरिष्ठ साहित्यकार सम्मानित
गोरखापत्र संस्थानको साहित्यिक मासिक प्रकाशन मधुपर्कको ५८ औं वार्षिकोत्सवको अवसरमा तीन जना वरिष्ठ साहित्यकार सम्मानित हुनुभएको छ । आज यहाँ आयोजित कार्यक्रममा उहाँहरुलाई जनही ५० हजार रुपियाँ नगदसहित मधुपर्क सम्मान २०८२ ले सम्मानित गरिएको हो ।
ताप्लेजुङमा चिराइतो उत्पादनमा वृद्धि
ताप्लेजुङको मिक्वाखोला नगरपालिका–५ पापुङका तेन्जिङ शेर्पा पछिल्लो समय चिराइतो खेती गर्न थाल्नुभएको छ । जमिन बाँझो राख्नुभन्दा चिराइतो लगाउन उपयुक्त देखेर उहाँले यसको खेती विस्तार गर्नुभएको हो ।
करेन्ट लागेर किशोरीको मृत्यु
स्थानीय सन्जिव कार्कीको छोरी १७ वर्षिया दुर्गाकार्कीको करेन्ट लागेर शुक्रवार विहान मृत्यु भएको प्रहरीले जनाएको छ ।