एयर इन्डिया विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २ सय ७४ पुग्यो
गुजरातको अहमदाबाद विमानस्थल नजिकै बिहीबार भएको एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २ सय ७४ पुगेको छ । जसमा ३३ जनाको जमिनमै मृत्यु भएको पुष्टि भएको छ ।
आजको मौसमः भारी वर्षाको सम्भावना
हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विद्यालय भवन निर्माणमा लापरबाही भएपछि ढलान भत्काइयो
सुदूरपश्चिम प्रदेशकै गौरवको योजना निर्माणमा ठेकेदारले चरम लापरबाही गरेको जनाइएको छ । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा बन्दै गरेको विशेष विद्यालयको भौतिक संरचना निर्माणमा सम्झौता बमोजिम सिमेन्टको प्रयोग नभएपछि ढलान गरिएको बिम भत्काइएको हो ।
डुबान क्षेत्रका बस्तीमा बाढीको त्रास
कैलालीको डुबान प्रभावित क्षेत्रका बस्तीमा बाढीको त्रास बढेको छ । यो जिल्लामा यस वर्ष सरदरभन्दा बढी पानी पर्ने सम्भावना बढी रहेका कारण डुबान प्रभावित क्षेत्रका बासिन्दामा बाढीको त्रास बढेको हो । कैलालीमा यस वर्ष सरदरभन्दा बढी पानी पर्ने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ ।
मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हबल्दारको मृत्यु
मोरङस्थित पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइका दुर्घटनामा परी प्रहरी सहायक हबल्दारको मृत्यु भएको छ ।
भूमेपर्वमा दाङ, रोल्पा, रुकुमपूर्व र प्यूठानमा सार्वजनिक बिदा
भूमे पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले चार जिल्लामा सार्वजनिक बिदा दिएको छ ।
धनगढीको सडक विकासमा प्रदेश सरकार
साँघुरो त छँदै थियो, त्यसैमा प्रायः सबैतिर खाल्टाखुल्टी परेको ।
बाढीप्रति समयमै सतर्कता
बर्सात सुरु भएको छ । यो वर्ष केही चाँडो मनसुन आरम्भ भएको भनिए पनि बरालियो । साबिकमा जेठ अन्तिमबाट सुरु हुने मनसुन यो पटक जेठ मध्यमै आइसकेको थियो । गर्मीमा राहत भएको थियो भने धर्तीमा बर्सात जलसँगै किसान खुसी हुन थालेका थिए । मनसुन बरालिँदा असर धेरैतिर पर्यो । पानी नपर्दा तेज सूर्यकिरण धर्तीमा पर्दा गर्मी बढ्यो । मुख्यतया तराई मधेशमा अधिक गर्मी भयो । विद्यालय पनि बन्द भए । अब बिस्तारै देशभर मनसुन फेरि लयमा आएको छ । मनसुनसँगै खण्ड र
आयोगको पवित्रता जोगाउने चुनौती
नेपालमा प्रजातन्त्र स्थापना भएसँगै गठन भएको लोक सेवा आयोगको माध्यमबाट सबै नेपाली नागरिकलाई समान प्रतिस्पर्धाका आधारमा स्थायी सरकारका रूपमा रहेको निजामती तथा सरकारी सेवामा प्रवेश गरी राष्ट्रको सेवा गर्ने अवसर प्राप्त भएको छ ।
योग्यता प्रणालीको संरक्षण
नेपालमा कर्मचारी छनोटको इतिहास हेर्दा विक्रम संवत् १९७३ को सनदबाट राणाहरूले कर्मचारी नियुक्तिका लागि कमाण्डरी किताबखाना (जसलाई दर्शन फाँट भनिन्थ्यो स्थापना भएको देखिन्छ । नेपालको अन्तरिम शासन विधान २००४ मा ‘दरखास्त परिष
गर्विलो वर्तमान, आसलाग्दो भविष्य
लोक सेवा आयोगको मुख्य जिम्मेवारी सार्वजनिक सेवाका पदमा कर्मचारी छनोट प्रक्रियामा निष्पक्षता र योग्यता सुनिश्चित गर्नु थियो ।
‘हृदयभित्र लुकेको तरङ्ग’ विमोचित
उत्रसेर राईको आत्मसंस्मरणात्मक कृति ‘हृदयभित्र लुकेका तरङ्ग’ शनिबार लोकार्पण गरिएको छ । ललितपुरमा आयोजित एक कार्यक्रमबिच नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले पुस्तक सार्वजनिक गर्नुभयो ।
तुलुराजा प्रकाशित
मदन पुरस्कार विजेता महारानीका लेखक चन्द्रप्रकाश बानियाँको ऐतिहासिक उपन्यास तुलुराजा प्रकाशित भएको छ । म्याग्दी जिल्लाको उत्तरी भेगमा अवस्थित एउटा सुपरिचित ‘मगरबस्ती’ संवत् १८९७ श्रावणमा त्यस गाउँमा एउटा कहालीलाग्दो हत्याकाण्ड मञ्चन हुन्छ, राज्यविरुद्ध विद्रोह गरेको निहुँमा तत्कालीन गोर्खाली सेनाले पाखापानीमा लडाइँ गर्छ । दुई दिनसम्म घनघोर युद्ध हुन्छ, रक्तपात मच्चिन्छ । गोर्खा राज्यविरुद्ध राहुगाउँ प्रश्रवण क्षेत्रका मगरले किन विद्रोह
कला र कलाकार चिनाउने प्रदर्शनी
नेपाली कलाबारे सार्वसाधारणमा जनचेतना र चासो बढ्दै गइरहेको छ । बर्सेनि नेपाल ललितकला प्रतिष्ठानले गर्दै आएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी’ ले कलालाई चिनाउने काम मात्र गरेको छैन यसले नयाँ नयाँ कलाकारलाई कलामार्फत पहिचान गराउन मद्दत पनि गरेको छ । कुनैबेला प्रदर्शनीका लागि सबै प्रदेश वा जिल्लाका कलाकारका कलाको सहभागिता हुन्थ्यो ।
विद्यालयस्तरीय साहित्य प्रतियोगिता आयोजना
बाल साहित्यकार शान्तदास मानन्धरको स्मृतिमा दोस्रो पटक निबन्ध र कविता प्रतियोगिता आयोजना गरिएको छ । काठमाडौँ महानगरपालिका–२३ ले आयोजना गरेको विद्यालयस्तरीय साहित्य प्रतियोगितामा २३ विद्यालयका ११२ बालबालिकाले सहभागिता जनाए । प्रतियोगितामा नेपाली र नेपाल भाषामा गरी चार विधामा कविता र निबन्ध लेखनमा प्रतिस्पर्धा भएको थियो ।
पाँच रुपियाँमा पनि बिक्दैन भिन्डी
भिन्डी बिक्री हुन छाडेपछि सर्लाहीका किसान मारमा परेका छन् । यहाँको बजारमा भिन्डी प्रतिकेजी पाँच रुपियाँमा समेत बिक्री हुन छाडेको किसानको भनाइ छ । चन्द्रनगर गाउँपालिका–२, बबरगन्जका किसान हरिप्रसाद महतोले केही दिनदेखि भिन्डी मुस्किलले प्रतिकेजी दुईदेखि पाँच रुपियाँसम्ममा बिक्री भइरहेको जानकारी दिनुभयो ।
लसुनमय लेहडागाउँ
कर्णाली प्रदेश राजधानीमै रहेको लेहेडागाउँ यतिबेला लसुनमय बन्दै छ । यहाँका अधिकांश कृषकले लसुन खेती गर्छन् । लसुन नलगाउने र नबेच्ने घर नै छैन । वीरेन्द्रनगर नगरपालिका–१६ मा रहेको लेहडागाउँमा ४८ घरधुरी छन् । ती सबैले लसुन खेती गर्न थालेका छन् ।
बेमौसममै दुधको उत्पादन वृद्धि
यस वर्ष बेमौसममै दुधको उत्पादन वृद्धि भएको छ । दुध उत्पादनका हिसाबले वैशाख, जेठ, असार, साउन र भदौ महिनालाई बैमौसम मानिन्छ । लुम्बिनी वितरण आयोजनाका निमित्त प्रमुख कृष्णप्रसाद अर्यालले उत्पादन अनुसार बजार माग नहुँदा कन्भर्सन (दुधलाई पाउडर बनाउन) गर्न बाहिर पठाउनु परेको बताउनुभयो ।
‘अर्थतन्त्रको स्थायित्वमा प्रतिबद्ध’
नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. विश्वनाथ पौडेलले नेपालको बैङ्किङ क्षेत्रको प्रभावकारिता र समग्र अर्थतन्त्रमा स्थायित्वका लागि आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।
पाँच प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण
चालु आर्थिक वर्ष २०८१/८२ मा बागमती प्रदेशले करिब पाँच प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरिएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले बागमती प्रदेश आर्थिक सर्वेक्षण २०८१/८२ प्रदेश सभामा प्रस्तुत गर्दै चालु आवमा ५.१८ प्रतिशतको वृद्धिदर हासिल हुने अनुमान गर्नुभएको हो ।
विदेशबाट फर्किएका युवालाई पचास हजार अनुदान
वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमै स्वरोजगारसँग जोड्न धनुषाको जनकनन्दनी गाउँपालिकाले ५० हजार रुपियाँ अनुदान दिने भएको छ । विदेशबाट फर्किएका तथा रोजगारी गर्न चाहने युवालाई स्वरोजगारमा आकर्षित गर्ने उद्देश्यले गाउँपालिकाले यस वर्ष अनुदान रकम दिन लागेको हो ।
बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको मृत्यु
मेची राजमार्गको पाँचथर खण्ड अन्तर्गतको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भत्किँदा घाइते भएका तीन मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्लाको सिमरा उपमहानगरपालिका–१२ निवासी २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरी रहेका छन् ।
सन्चो हुँदै छ ‘सन्चो’
राजावादीको आन्दोलनका नाममा खरानी बनेको ‘सन्चो’ उत्पादक जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र अब भने बिस्तारै बौरिन थालेको छ । गत चैत १५ गते भएको आगजनी र तोडफोडका कारण क्षतिग्रस्त बनेको सरकारी स्वामित्वको सो कम्पनी आमरूपमा परिचित ब्रान्ड सन्चोको आंशिक उत्पादनमा जुटेको छ । जडीबुटीजन्य उत्पादन सन्चो रुघाखोकीका लागि बढी प्रचलित छ ।
एकासी जनाले पाए स्टार्टअप कर्जा
चालु आर्थिक वर्ष २०८१/८२ का लागि स्टार्टअप उद्यम कर्जा वितरण सुरु भएको छ । स्टार्टअप उद्यम कर्जाका लागि छनोट भएका ६६१ जनामध्ये ८१ जना उद्यमीले नौ करोड सात लाख रुपियाँ लिएको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले जनाएको छ । त्यस्तै एक सय जनाले कर्जा लिन खाता खोलेको प्रतिष्ठानले जनाएको छ ।