विशेषको आदेशविरुद्ध अख्तियार सर्वोच्चमा
भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माण गर्दा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दिएको थुनछेक आदेशविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा निवेदन दिएको छ ।
आचारसंहिता उल्लङ्घनमा कारबाही सुरु
निर्वाचन आयोगले निर्वाचन आचारसंहिताविपरीतका गतिविधि नियन्त्रण गर्ने गरी उम्मेदवारमाथि कारबाही प्रक्रिया अगाडि बढाएको छ । आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह, नेकपा (एमाले) का सचिव महेश बस्नेत, शोभा पाठकलगायतका सात जनालाई एकैदिन स्पष्टीकरण सोधेको छ ।
हिउँदे वर्षासँगै हिमपात
हिउँद सकिन एक महिना बाँकी रहँदा नेपालमा हिउँदे वर्षा र हिमपात भएको छ । मङ्सिर १५ देखि सुरु भएको यस वर्षको हिउँदयामको उत्तरार्धतिर आएर वर्षा र हिमपात भएको हो । बुधबार भएको हिमपात र वर्षाले किसान खुसी भएका छन् भने चुनाव प्रचारमा हिँडेका उम्मेदवार दुःखी भएका छन् । हिमाली तथा पहाडी भेगको जनजीवनसमेत हिमपात र वर्षाले बुधबार ठप्प बनेको स्थानीयवासीले बताएका छन् । भारी हिमपातका कारण सुदूरपश्चिम र कर्णाली भेगका हवाई उडानसमेत ठप्प रहे । पहाडी भेगका बाटा वर्षा र हिमपातले अवरुद्ध बने ।
बढी जनसङ्ख्याको कमजोर प्रतिनिधित्व
नेपालको जनसङ्ख्यामा महिलाको जनसङ्ख्या दशकौँदेखि पुरुष जनसङ्ख्यामाथि हाबी रहँदै आएको छ । पछिल्लो जनगणना अनुसार नेपालमा महिलाको जनसङ्ख्या ५१.२ प्रतिशत कायम छ । यो दर मतदाता नामावलीमा जाँदा भने परिवर्तित भएर पुरुष मतदाता बढेको छ । कुल मतदातामध्ये महिला मतदाता ९२ लाख ४० हजार १३४ जना रहेकामा पुरुष मतदाता ९६ लाख ६३ हजार ३५८ छन् । बाँकी दुई सय जना अन्य मतदाता रहेका छन् । यसरी हेर्दा महिलाको तुलनामा चार लाखभन्दा बढी पुरुष मतदाता छन् । यो दर उम्मेदवारको हकमा पनि हाबी छ ।
नयाँ संसद् बैठक निर्माणाधीन भवनमै
आसन्न प्रतिनिधि सभा निर्वाचन जितेर आउने प्रतिनिधि सभा सदस्यको बैठक बस्ने संसद् भवनको टुङ्गो लागेको छ । प्रतिनिधि सभा सदस्यको बैठक सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनमै बस्ने सुनिश्चित भएको हो ।
व्यवसायीदेखि पूर्वप्रशासकसम्म
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा उद्योग तथा व्यवसायको क्षेत्रमा प्रसिद्धि कमाएका थुप्रै व्यक्ति उम्मेदवार बनेका छन् । विगतमा जस्तै यस पटक पनि निर्वाचनमा होमिएका व्यक्ति अर्बपतिदेखि शिक्षा, स्वास्थ्य, होटेल, पर्यटन, चिकित्सा, निर्माण, जलविद्युत्, घरजग्गालगायतका व्यावसायिक क्षेत्रमा स्थापित छन् । साथै प्रशासन, सुरक्षालगायतका क्षेत्रबाट नेतृत्व तहमा पुगेका व्यक्ति पनि चुनावी प्रतिस्पर्धामा रहेका छन् । यस्ता व्यक्ति नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टीलगायत सानादेखि ठुला दलका तर्फबाट चुनावी प्रतिस्पर्धामा छन् । प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ गतेलाई तोकिएको छ ।
जनताको हितमा सधैं समर्पित रहने छु : पूर्वमन्त्री चौधरी
नेकपा (एमाले) बाट प्रतिनिधिसभा निर्वाचनमा सुनसरी –३ का उम्मेदवार तथा पूर्वमन्त्री भगवती चौधरीले जनताको हितका लागि अझ जिम्मेवार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
मुख्यमन्त्री कार्कीद्वारा निर्वाचन अधिकृतको कार्यालय निरीक्षण
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झापा निर्वाचन क्षेत्र नं. ५ अन्तर्गत दमकमा रहेको निर्वाचन अधिकृतको कार्यालयको बुधबार निरीक्षण गर्नुभएको छ ।
ओलीले भन्नुभयो, ‘गोली चलाउने आदेश दिएको होइन’
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३ गते भएको दुःखद् घटनामा प्रधानमन्त्रीका हैसियतमा आफूले गोली चलाउने आदेश नदिएको स्पष्ट पार्नुभएको छ । उहाँले संविधानले कुनै पनि प्रधानमन्त्रीलाई नागरिकमाथि गोली चलाउन आदेश दिने अधिकार नदिएको उल्लेख गर्दै आफूले त्यस्तो आदेश कहिल्यै नदिएको प्रष्ट पार्नुभएको हो ।
सशस्त्र प्रहरीद्वारा १५ लाखको अवैध सुर्ती बरामद
सुरक्षा निकायलगायत सबैको ध्यान निर्वाचनको तयारी र कार्यक्रममा रहेको बेला बाँकेको सीमावर्ती क्षेत्रमा अवैध आयात र चोरी तस्करी बढ्दैगएको छ ।
नवौं वालिङ महोत्सव सुरु
स्याङ्जाको वालिङमा बुधबारबाट नवौं चरणको महोत्सव सुरु भएको छ । ‘हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ नारासहित वालिङस्थित खेल मैदानमा गण्डकी प्रदेशस्तरीय महोत्सव सुरु भएको हो ।
सीप र स्वरोजगारले महिलालाई बनाउँदै छ सशक्त
पितृसत्तात्मक समाजिक संरचनाका कारण घरधन्दामै सीमित हुँदैआएका सुदूरपश्चिमका ग्रामीण महिलाहरू चुलो–चौकाबाट बाहिर आउन थालेका छन् ।
हात्तीको बढ्दो सङ्ख्या नियन्त्रण गर्न थाइल्यान्डको नयाँ उपाय
थाइल्यान्डले जङ्गली हात्तीको तीव्र रूपमा बढ्दै गएको जनसङ्ख्या नियन्त्रण गर्ने उद्देश्यले पहिलो पटक गर्भनिरोधक खोप प्रयोग गरेको छ । वन्यजन्तु संरक्षण विभागका एक वरिष्ठ अधिकारीले बुधबार यसबारे जानकारी दिएका हुन् ।
‘व्यावहारिक’ साझेदारी जोगाउन स्टार्मर चीन भ्रमणमा
बेलायती प्रधानमन्त्री किर स्टार्मरले बुधबार चीनको तीन दिने औपचारिक भ्रमण सुरु गर्नु भएको छ ।
प्रेमीलाई प्रेमिकाको हत्या आरोप
बाँकेको डुडुवा गाउँपालिका –३, वनकट्टीस्थित एक इनारमा फेला परेको बेवारिसे महिलाको शवको पहिचान खुलेको छ । उहाँको हत्या गरिएको तथ्य खुलेको प्रहरीको भनाइ छ ।
अग्निपीडितलाई सहयोग
सप्तरीको महादेवा गाउँपालिका-२, अकबरपुर टोलका एक अग्निपीडित परिवारलाई धर्मीहल्फा महिला विकास क्लब सप्तरीले बुधबार विभिन्न सामग्री सहयोग गरेको छ।
भारत-युरोप व्यापार सम्झौताः भारतले युरोपेली बजारमा फाइदा पाउने
संयुक्त राज्य अमेरिकाका व्यापार प्रतिनिधि जेम्सन ग्रीरले भारत र यूरोपेली सङ्घबिच सम्पन्न व्यापार सम्झौतापछि भारतले युरोपेली बजारमा महत्वपूर्ण पहुँच पाएको बताउनु भएको छ ।
उत्तरी गोरखामा हिमपात, स्थानीय खुशी
उत्तरी गोरखामा हिमपात भएको छ । बुधबार बिहान ३ बजेदेखि चुमनुब्री गाउँपालिका-१ साम्दो, सामागाउँ, ल्हो, स्याला चुम्चेत र छेकाम्पारमा रूपमा हिमपात भईरहेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।
किमले आणविक योजना सार्वजनिक गर्ने सङ्केत
उत्तर कोरियाली नेता किम जोङ उनले आगामी सत्तारूढ मजदुर पार्टीको सम्मेलनमा देशको आणविक प्रतिरोध क्षमता अझ सुदृढ पार्ने योजना सार्वजनिक गरिने बताउनु भएको छ ।
संविधान कार्यान्वयनमा सहकार्य जरुरी : सभामुख गुरुङ
कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले संविधान कार्यान्वयन प्रभावकारी बनाउन सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको छ । नेशनल लेजिसलेटिभ एकाडेमीले बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको संविधान कार्यान्वयन सवाल विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो ।
मोरङमा इजाजतप्राप्त हातहतियार बुझाउन प्रशासनको कडाइ
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न मोरङ जिल्लामा इजाजतप्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय मोरङले आग्रह गरेको छ ।
कूटनीतिक संवादमा अमेरिकाको पहिलो महत्त्वपूर्ण कदमः वेनेजुएलामा दूतावास पुनः सञ्चालन
संयुक्त राज्य अमेरिकाले वेनेजुएलामा बन्द भएको आफ्नो दूतावासलाई फेरि खोल्ने प्राथमिक तयारी थालेको छ ।
फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजनाको काम सुरु गर्न माग
फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजनाको काम सुचारु गर्न माग गदै स्थानीयले जिल्ला प्रशासन कार्यालयको ध्यानाकषर्ण गरेका छन् ।
दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम केओन हीलाई २० महिना जेल
दक्षिण कोरियाको अदालतले देशकी पूर्व प्रथम महिला किम केओन हीलाई भ्रष्टाचारको आरोपमा २० महिनाको जेल सजाय सुनाएको छ ।