कांग्रेसका पदाधिकारी साबिककै क्षेत्रबाट सिफारिस
फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसका पदाधिकारी र प्रभावशाली नेता साबिककै निर्वाचन क्षेत्रबाट सिफारिस हुनुभएको छ । कांग्रेसका क्षेत्रीय र जिल्ला कार्यसमितिबाट पार्टी पदाधिकारीलाई प्राथमिकतामा राखेर नयाँ पुस्तालाई पनि समेटेर उम्मेदवार सिफारिस गरिएको हो ।
‘गोरखापत्र डिस्कोर्स’ आज
अर्थतन्त्रको दिगो विकासका लागि निजी क्षेत्रसँग संवाद गर्ने उद्देश्यसहित गोरखापत्र संस्थानको आयोजना र गोरखापत्र एकेडेमीको संयोजनमा ‘गोरखापत्र डिस्कोर्स’ आज हुँदै छ । संस्थानले पहिलो पटक यस किसिमको कार्यक्रम आयोजना गर्न लागेको हो । ‘गोरखापत्र डिस्कोर्स अन रिकभरी एन्ड रिजिलेन्स’ शीर्षकमा आयोजना हुने यो कार्यक्रम ललितपुरको पुल्चोकस्थित दी प्लाजामा सञ्चालन हुने छ ।
कालीगण्डकी कोरिडोर निर्माण तीव्र
राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत तथा त्रिदेशीय महत्वको कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला) खण्डको निर्माण निरन्तर अगाडि बढिरहेको छ । गण्डकी प्रदेशको जीवनरेखा मानिने यस कोरिडोरको निर्माणले व्यापार, पर्यटन, जलविद्युत् तथा धार्मिक विकासमा ठुलो भूमिका खेल्ने विश्वास गरिएको छ ।
डा. रुइतलाई आँखा देखाउन पाए हुन्थ्यो
टाउकोमा गोलीको छर्रा, शरीरको अर्को भाग प्यारालाइसिस अनि दायाँ आँखा पूर्ण बन्द र बाँया आँखाको ६६ प्रतिशत मात्र भिजनको भरमा अस्पताल धाइरहनुभएका जेनजी आन्दोलनका घाइते दीपेन्द्र बस्नेत समुन्नत नेपाल हेर्ने प्रतीक्षामा हुनुहुन्छ ।
एमाले महाधिबेशन: ११ बजेसम्म एक हजार ५९५ मत खस्यो
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा राति ११ः३० बजेसम्म एक हजार ५९५ मत खसेको छ । महाधिवेशनस्थल भृकुटीमण्डपमा भएको मतदान भएको एमाले केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिनुभयो ।
च्याउखेतीको कमाइले छोराछोरी युके र जापान
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिल्यानगरकी ४८ वर्षीया पद्मीकला बम च्याउखेती गर्ने एक सफल महिला उद्यमी हुनुहुन्छ । उहाँले विगत लामो समयदेखि च्याउखेती व्यवसायबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ ।
वडा कार्यालयबाट सात लाख बराबरको सामग्री चोरी
कञ्चनपुरको एक वडा कार्यालयमा सात लाख रुपियाँ बराबरको चोरी भएको छ । जिल्लाको पुनर्वास नगरपालिका–११ वडा कार्यालयमा प्रवेश गरी अज्ञात समूहले सात लाख बराबरको अत्यावश्यक उपकरण चोरी गरेर लगेको वडा अध्यक्ष तुलसी अर्यालले बताउनुभयो ।
महासंघको स्थापना दिवसमा मैत्रीपूर्ण फुटबल खेल
नेपाल पत्रकार महासंघ दाङ शाखाको ३३ औँ स्थापना दिवसको अवसरमा पत्रकारबिच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न गरेको छ। आपसी सद्भाव, सहका
पाथीभरामा साढे ७५ लाख भेटी सङ्कलन
प्रसिद्ध धार्मिक स्थल पाथीभरा (मुक्कुमलुङ) मा एक महिनामा साढे ७५ लाख भेटी सङ्कलन भएको छ । मंसिर महिनामा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो ।
पुनर्निर्माण नहुँदा इलामबासी आन्दोलित
गत असोज १८ गतेको बाढी पहिरोबाट जिल्लाको मुख्य राजमार्ग तथा वैकल्पिक मार्ग र पुलहरुमा भएको क्षतिपछि सरकारले पुनर्निर्माणको काम नगरेको भन्दै इलामबासी आन्दोलित भएका छन् ।
एमाले महाधिवेशनः ५ बजेसम्म ८०२ ले गरे मतदान
नेकपा (एमाले) को ११ औँ महाधिवेशनको आज पाँचौ दिनमा मतदान जारी छ । नेतृत्व चयनका लागि जारी मतदानको समय साँझ ८ बजेसम्म थप गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।
माघको पहिलो साता नवौँ लमजुङ महोत्सव
लमजुङ उद्योग वाणिज्य संघको आयोजनामा माघ ८ गतेदेखि २० गतेसम्म नवौँ लमजुङ महोत्सव हुने भएको छ । लमजुङ उद्योग वाणिज्य संघले पत्रकार भेटघाट कार्यक्रम गरी महोत्सव तथा स्वर्ण जयन्तीका बारेमा जानकारी गराएको हो ।
पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद
पश्चिम नवलपरासीको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले ४५ लाख बराबरको भेप (इलेक्ट्रिक चुरोट) बरामद गरेको छ । आज बिहान पालहीनन्दन गाउँपालिका –६ कबरस्थान नजिकै परालको कुन्योमा लुकाइराखेको अवस्थामा प्रहरीले भेप बरामद गरेको हो ।
विद्यार्थीलाई कृषि पेसातर्फ आकर्षित गर्दै ज्ञान केन्द्र
कृषि ज्ञान केन्द्र ओखलढुङ्गाले विद्यार्थीलाई कृषि पेसातर्फ आकर्षित गरिरहेको छ । केन्द्रले ‘विद्यार्थीसँग कृषि शिक्षा कार्यक्रम’ सञ्चालन गर्दै विद्यार्थीलाई आकर्षति गरेको हो ।
नेपाली कांग्रेस इलामद्वारा प्रत्यक्ष निर्वाचनका लागि ११ जना सिफारिस
नेपाली कांग्रेस इलामले आउँदो प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारका लागि जिल्लाबाट नाम टुङ्ग्याएको छ । कांग्रेसले दुई निर्वाचन क्षेत्रका लागि ११ जनाको नाम सिफारिस गरेको हो ।
तलब नपाएपछि शिक्षक, कर्मचारी तथा स्वास्थ्यकर्मी आन्दोलित
छ महिनादेखि तलब नपाएपछि सर्लाहीको बसबरिया गाउँपालिकाका शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मी आन्दोलित बनेका छन् ।
जग्गा छ भवन छैन, बजेट कटौतीले कार्यक्रम प्रभावित
बागमती प्रदेश सरकार अन्तर्गत प्रदेश रहेको कृषि सेवा कार्यालय जग्गा उपलब्ध भए पनि भवन नहुँदा जस्ताको कटेराबाट सञ्चालन हुँदै आएको छ।
१४ वर्षपछि खोटाङ प्रहरी चौकीको आफ्नै भवन
खोटाङको दक्षिणी क्षेत्र वाप्लुखामा लामो समयदेखि जीर्ण भवनमा रहेको प्रहरी चौकीको भवन निर्माण सम्पन्न भएको छ ।
नवलपुरमा फुटबल रङ्गशाला तयार
सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा फुटबल रङ्गशाला तयार भएको छ ।
ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार सिरियासहित थप सात देशका नागरिक र प्यालेस्टिनी प्राधिकरणका पासपोर्टबाहकलाई संयुक्त राज्य अमेरिका प्रवेशमा पूर्ण यात्रा प्रतिबन्ध लगाउने निर्णय गर्नु भएको छ ।
उद्योगको डिमान्ड शुल्क घटाउने मागसहित मन्त्री घिसिङलाई ज्ञापनपत्र
कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङलाई ज्ञापन पत्र बुझाएका छन् ।
मधेशका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिनु हुँदै
मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिनु हुने भएको छ ।
रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिबद्धता
रूस र इरानले दक्षिण एसियालाई उत्तरी युरोपसँग जोड्ने अन्तर्राष्ट्रिय यातायात मार्ग पूरा गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको इरानको सरकारी समाचार एजेन्सी इरनाले जनाएको छ ।
बोन्डी अभियुक्तलाई अस्ट्रेलियाली प्रहरीद्वारा ५९ वटा अपराधको आरोप
सिड्नीको बोन्डी समुन्द्र तटमा भएको घातक सामूहिक गोलीबारीको जीवित कथित अपराधी नावीद अकवरलाई ५९ वटा अपराधको आरोप लगाइएको अस्ट्रेलियाली प्रहरीले बुधबार जनाएको छ ।