चैनपुर–ताक्लाकोट सडक निर्माण प्रमुख एजेन्डा
विद्यार्थी आन्दोलनबाट उदाएर लामो समयसम्म पार्टी राजनीतिमा सक्रिय रहनुभएका ऐनबहादुर महरको सङ्घीय संसद्को यात्रा सुरु भएको छ । उहाँ गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा बझाङबाट निर्वाचित हुनुभएको हो । नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले) का उम्मेदवार रहनुभएका महरले १८ हजार ५४३ मत प्राप्त गर्नुभएको थियो । उहाँ निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकाश रसाइलीलाई दुई हजार २२९ मतान्तरले पराजित गर्नुभएको हो । रसाइलीले १६ हजार ३०४ मत प्राप्त गर्नुभएको थियो ।
कर्मचारीको सरुवा व्यवस्थापन
लोकतान्त्रिक प्रणालीमा कार्यकारी नेतृत्व जनादेशबाट निर्माण हुन्छ । कार्यकारी नेतृत्वका निम्ति आवधिक निर्वाचन अपरिहार्य हुन्छ र भइरहन्छ पनि । आवधिक निर्वाचन निश्चित समयमा मात्र नभएर कहिलेकाहीँ राजनीतिक परिवेश तथा परिस्थिति अनुसार पनि हुन्छ । नवपुस्ता विद्रोहपछि प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएर ताजा जनादेश आएको छ । ताजा जनादेशसँगै नयाँ विधायिका
समृद्धि चुम्ने नेपाली चाहना
हामी हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनपछि गठन हुने नयाँ सरकारको पर्खाइमा छौँ । नयाँ सरकारले आमनेपालीको समृद्धि चुम्ने चाहनालाई पूरा गर्न सम्पादन गर्नुपर्ने केही प्रमुख कामका बारेमा यहाँ उल्लेख गर्न सान्दर्भिक ठानेको छु ।
जनविश्वास जोगाउने अवसर
गत फागुन २१ को चुनावपछि जनताले केवल नयाँ अनुहार मात्र खोजेका छैनन्, नयाँ शैली, नयाँ संस्कार र नयाँ परिणामको अपेक्षा गरेका छन् भन्ने स्पष्ट भएको छ । लामो समयदेखि दोहोरिँदै आएको राजनीतिक अस्थिरता, बेरोजगारी, महँगी, सेवा प्रवाहको ढिलासुस्ती, भ्रष्टाचारप्रतिको असन्तोष र युवा बिदेसिने प्रवृत्तिले राज्य र नागरिकबिचको विश्वास कमजोर बनाएको छ । यही पृष्ठभूमिमा जनताले नयाँ बन्ने सरकारलाई ठुलो अवसर र त्यत्तिकै ठुलो परीक्षा दिएको छ । जनता नीतिको होइन, नतिजाको प्रतीक्षामा छन् । सरकारी कार्यालयमा सेवा सहज
बन्यो धिमाल होमस्टे
मोरङको बेलबारी नगरपालिकाका धिमालको सम्मानमा नगरको वडा नं. १० स्थित माटीगाउँमा धिमाल जीवित सङ्ग्रहालय र घरबास निर्माण गरिएको छ । होमस्टे सञ्चालनमा आइस
सत्ता गुमाउन मात्र बाँकी
युद्धले विश्व शान्ति ओझेलमा परेको छ । विश्व संस्था संयुक्त राष्ट्रसङ्घको भूमिका कमजोर भएकाले विश्व शान्ति ओझेलमा परेको हो । विगत पाँच वर्षदेखि रुस–युक्रेन युद्ध जारी छ । यसको प्रभाव विश्वव्यापी रूपमा परेको छ ।
‘बालेन सरकार’ को प्रतीक्षा
नेपालको राजनीतिक इतिहासलाई गहिराइमा हेर्दा एउटा दोहोरिने चक्र स्पष्ट देखिन्छ– आन्दोलन, आशा, सत्ता परिवर्तन, अनि बिस्तारै निराशा । जनताले पटक पटक व्यवस्था फेरे, नेतृत्व फेरे, तर शासनको चरित्र भने धेरै हदसम्म उस्तै रह्यो ।
पहिरोको उच्च जोखिम रोकथाम गरिँदै
चितवनको मुग्लिङ–नारायणगढ सडकखण्डमा पहिरो जाने उच्च जोखिम भएका स्थानमा स्थायी रूपमा रोकथामको उपाय सुरु हुने भएको छ । बर्सातमा पहिरो गएर ५६ घण्टासम्म
१०० वर्ष अघिको गोर्खापत्र
१०० वर्ष अघिको गोर्खापत्र
आजको राशिफल
आजको राशिफल
‘शिक्षा, स्वास्थ्य र सिँचाइ क्षेत्र प्राथमिकतामा रहन्छ’
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट तपेश्वर यादव विजय भएपछि चर्चाको विषय बनेको छ । चर्चा हुनुको कारण उहाँ
वडा कार्यालय भवन निर्माण कार्य सुरु
लहान नगरपालिका वडा नं. २४ मा वडा कार्यालय भवन निर्माण कार्य सुरु भएको छ। वडावासीहरूको दैनिक प्रशासनिक कार्य सञ्चालन सहज बनाउन लहान नगरपालिकाले वडा कार्यालय नभएका वडाहरूमा भवन निर्माण कार्यलाई तीव्रता दिएको हो।
‘खरिदकर्ताले नै मेरो कलाको मूल्य राख्छन्’
चित्रकलामा कलात्मक शैली र भावनात्मक अभिव्यक्तिका लागि चिनिनुहुन्छ कलाकार प्रतीक रायमाझी । सानै उमेरदेखि क्यानभास, कुची र रङसँग लतपतिँदै आजका दिनसम्म आइपुग्दा उहाँले धेरै चित्र बनाउनुभयो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
चुनावी घोषणा पूरा गर्ने वचनबद्धता
कुनै समय प्रहरी सेवामा रहेर कहिले ट्राफिक सचेतनाका कुरा त कहिले साहित्यिक गतिविधिमा लागेर कथासङ्ग्रह प्रकाशन गर्नुभएका शम्भुप्रसाद ढकालले संसदीय यात्रा तय गर्नुभएको छ ।
दर्शकको रोजाइमा ‘लालीबजार’ को गीत
षट्कोण आर्ट्सले निर्माण गरेको चलचित्र ‘लालीबजार’ को सार्वजनिक भएको पहिलो गीत ‘मायालाई के दिऊँ म बैना’ लाई दर्शकले रुचाएका छन् । गत शुक्रबार फागुन २९ गते सार्वजनिक गरिएको उक्त गीतलाई हालसम्म धेरै दर्शकले युट्युबमा हेरिसकेका छन् । गीतले लोकप्रियता पाएसँगै यो टिकटकर, रिल्स हेर्ने दर्शकको रोजाइमा परेको छ ।
प्रधानमन्त्रीद्वारा पशुपतिमा पूजाअर्चना
प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथको दर्शन गरी पूजाअर्चना गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि बुधबार आराध्यदेव पशुपतिनाथको दर्शन गरी पूजाअर्चना गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । सो अवसरमा उहाँले मुलुकलाई शान्ति र स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकोमा कृतज्ञतासमेत व्यक्त गर्नुभयो ।
भ्रष्टाचार अन्त्य मुख्य कार्यसूची
धादिङ क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित आशिका तामाङ परिवर्तनको प्रतीकका रूपमा हेरिन थाल्नुभएको छ । मोबाइल, क्यामरा बोकेर सडकमा बेथिति खोज्दै
संस्थागत लगानी दीर्घकालीन परियोजनामा : अर्थमन्त्री खनाल
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले संस्थागत लगानीकर्तालाई आफ्नो लगानी दीर्घकालीन परियोजनामा विस्तार गर्न आग्रह गर्नुभएको छ । सरकारी स्वामित्वको नागरिक लगानी कोष स्थापनाको ३६ औँ वर्षमा प्रवेशका अवसरमा बुधबार राजधानीमा आयोजित समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले राष्ट्रिय अर्थतन्त्रको विकासका लागि जलविद्युत्, व्यावसायिक कृषि, पर्यटन र सूचना प्रविधि जस्ता क्षेत्रमा कोष जस्ता संस्थागत लगानीकर्ताले लगानी विस्तार गरी प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
पुष्प व्यवसायमा नौ अर्ब लगानी
पछिल्लो समय विस्तार हुँदै गएको पुष्प व्यवसायमा निजी क्षेत्रको करिब नौ अर्ब रुपियाँ लगानी रहेको पाइएको छ । बढ्दो सहरीकरणसँगै पुष्प व्यवसाय विस्तार भई आत्मनिर्भरतातर्फ गएको छ । तिहारका बेला सयपत्री माला आयात भए पनि अन्य सिजनमा भने पुष्प व्यवसायमा मुलुक आत्मनिर्भर बनेको छ ।
एनआरएनएमा सर्वसम्मत नयाँ कार्यसमिति
लामो समय विवाद गुट र फुट झेल्दै आएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले यस पटक भने नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । राजधानीमा सम्पन्न एनआरएनए नेपाली विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय महाधिवेशनले सङ्घको अध्यक्षमा डा. हेमराज शर्मा (युके) सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा रोविनप्रसाद शेरचन (जापान) चयन हुनुभएको छ ।
बागमतीको बजेट कार्यान्वयन सुस्त
बागमती प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन अत्यन्तै सुस्त देखिएको छ । चालु आर्थिक वर्षको आठ महिना (फागुन मसान्त) सम्म बितिसक्दा पनि प्रदेश सरकारले कुल बजेटको एक चौथाइ रकमसमेत खर्चिन सकेको छैन ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित नेपाल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित नेपाल भाषा
छोराछोरी स्कुल पठाएर उद्योगतिर आमा
एक वर्षअगाडि ठाकुरबाबा नगरपालिका–८, भुड्कैयाका महिला छोराछोरी विद्यालय पठाएपछि मोबाइल चलाएर दिन बिताउँथे । अहिले दुनाटपरी उद्योग खोलेपछि दिनभर उद्योगमा व्यस्त हुने गरेका छन् ।