पहिरो झरेर पुरियो स्काभेटर
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले स्काभेटर पुरेको छ । सडक खन्ने क्रममा माथिबाट झरेको सुख्खा पहिरोले स्काभेटर पुरेको हो।
सुडान शरणार्थी शिविरमा भीषण आक्रमण, एक हजारको मृत्यु
सुडानको आन्तरिकरूपमा विस्थापित व्यक्ति(आइडिपी)को जामजाम विस्थापन शिविरमा अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ)ले गरेको तीन दिनको आक्रमणका क्रममा एक हजारभन्दा बढी सर्वसाधारणको ज्यान गएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
परम्परागत चिकित्सामा सहयोग बढाउन भारत-अफगानिस्तान छलफलमा
अफगानिस्तानका जनस्वास्थ्यमन्त्री मावलवी नूर जलाल जलालीले भारत र अफगानिस्तानबिच परम्परागत चिकित्सा प्रणालीमा सहयोग बढाउन राज्यमन्त्री प्रतापराव जाधवसँग छलफल गरेको जनाइएको छ ।
डोपिङ सूचीमा भारत फेरि पहिलो
विश्व एन्टी-डोपिङ एजेन्सी (वाडा)ले लगातार तेस्रो वर्ष भारतलाई विश्वव्यापी खेलकुद डोपिङ ठगीको सूचीमा सबैभन्दा खराब प्रदर्शन गर्ने देशका रूपमा घोषणा गरेको छ ।
शङ्कर पोखरेलको यात्रा : महासचिवमा दोस्रो जित
राजनीतिमा वैचारिक स्पष्टता, प्रखर वक्तृत्व क्षमता र साङ्गठनिक दक्षता भएका नेतामध्ये एक हुनु हुन्छ शङ्कर पोखरेल । मुलुकमा आर्थिक–सामाजिक रुपान्तरणको मौलिक चिन्तन र सिर्जनात्मक अवधारणा बोक्ने नेताका रुपमा परिचित पोखरेल एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादको कुशल व्याख्याता समेत हुनुहुन्छ ।
एमाले महाधिवेशनः उपमहासचिवमा सर्वाधिक मत भट्टलाई
नेकपा (एमाले) को ११ औं महाधिवेशनको परिणाम अनुसार उपमहासचिवमा सर्वाधिक मत लेखराज भट्टले प्राप्त गर्नु भएको छ । उहाँले १४५२ मत प्राप्त गर्नुभएको छ । प्रतिशतमा यो ६५.१९ प्रतिशत मत हो ।
एमाले महाधिवेशन : सर्वाधिक मत ल्याउने तीन पदाधिकारी
नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित हुनु भएको छ । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर्वाचित हुनुभएको छ । उहाँले १७३७ मत प्राप्त गर्नुभएको छ । प्रतिशतमा यो ७८ प्रतिशत मत हो ।
‘मिहिनेत गरे नेपालमै सुन फलाउन सकिन्छ’
नवलपुरको कावासोती चार हसौराका मित्रबहादुर गाहा मगरले तरकारी खेती गर्दैआएको सात वर्ष भयो । लामो समयदेखि कृषि पेशामा लाग्नुभएका उहाँ जस्तोसुकै परिस्थितिमा पनि कहिल्यै विचलित हुनुभएन ।
शीतलहर बढ्ने पूर्वानुमान
यस वर्ष बाँके जिल्लामा ३५ हजारभन्दा बढी परिवारका करिब एक लाख ८० हजार सर्वसाधारण शीतलहरबाट प्रभावित हुन सक्ने पूर्वानुमान गरिएको छ । जिल्ला विपत् व्यवस्थापन समिति बाँकेले दिएको जानकारी अनुसार २०८२ सालका लागि तयार गरिएको शीतलहर पूर्वतयारी तथा प्रतिकार्य योजनामा यस वर्षको चिसोमा शीतलहरबाट जिल्लामा ३५ हजार ५७२ परिवारका एक लाख ७९ हजार २२० सर्वसाधारण प्रभावित हुने पूर्वानुमान गरिएको छ ।
खगेन्द्रप्रसाद र रुद्रकलीलाई पठाइयो कतार
चितवनबाट स्थलमार्ग हुँदै भैरहवा ल्याइएका दुई वटा हात्ती खगेन्द्रप्रसाद र रुद्रकलीलाई बुधबारसाँझ भैरहवा विमानस्थलबाट कतार पठाइएको छ । चितवनको खोरसोरस्थित हात्ती प्रजनन केन्द्रमा जन्मिएका यी हात्ती अब कतारको अलखोर पार्कमा रहेको वातानुकूलित चिडियाघरमा रहने छन् । दुवै हात्तीलाई सयपत्रीको माला र अबिर लगाएर बिदाइ गरिएको थियो । बुधबार साँझ साढे पाँच बजे कतार एयरवेजको कार्गो विमान हात्ती लिएर भैरहवाबाट उडेको हो ।
मानव अधिकार विधेयकप्रति सरोकारवालाको चासो
कर्णाली प्रदेशमा मानव अधिकारको क्षेत्रमा काम गर्ने मानव अधिकार रक्षकको पहिचान र सुरक्षाबारे निर्माण गरिएको मानव अधिकार रक्षकको कानुनको विधेयक अहिले अलपत्र परेको छ । दुई वर्षअगाडिदेखि इन्सेकलगायत अधिकारवादी संस्थाको अगुवाइमा निर्माण गरिएको सो विधेयकको मसौदा तयार गरी मन्त्रालयमा बुझाइसके पनि हालसम्म पारित हुन सकेको छैन ।
कर्मचारी अभावमा स्वास्थ्य केन्द्र बन्द
स्वास्थ्य सेवा पु¥याउन खोलिएका आधारभूत स्वास्थ्य सेवा केन्द्र कर्मचारी अभावका कारण बन्द भएका छन् । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाले करारका कर्मचारी हटाएसँगै स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले खोलिएका १२ वटा स्वास्थ्य संस्था बन्द भएका हुन् । नगरपालिकाले साउन १ देखि करार सेवाका कर्मचारीको म्याद थपिदिएन । म्याद नथप्दा नगरपालिकामा सञ्चालित छ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र छ वटा सामुदायिक स्वास्थ्य सेवा एकाइ बन्द भएका हुन् ।
पचासी प्रतिशत घरधुरीमा खानेपानी
बैतडीका ८५ प्रतिशत घरधुरीमा आधारभूत खानेपानीको पुगेको छ । खानेपानीको पहुँच पुग्न बाँकी १५ प्रतिशत घरधुरीमा पानी पु¥याउन १९२ वटा खानेपानीका क्रमागत योजना सञ्चालनमा रहेका छन् । जिल्लाका १० स्थानीय तह र ८४ वडामा ४९ हजार घरधुरी छन् ।
भुवो पर्वका अवसरमा बिदा
सुदूरपश्चिम प्रदेश सरकारले पुस ४ गते प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । भुवो पर्वका अवसर पारेर प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सोह्र निर्वाचन क्षेत्रबाट एक सय जनाको नाम सिफारिस
कांग्रेस सुदूरपश्चिम प्रदेश कार्य समितिले १६ वटा निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेदवारको नाम केन्द्रीय कार्यसमितिलाई सिफारिस गरेको छ । फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रदेशका नौ वटै जिल्लाका १६ वटा निर्वाचन क्षेत्रबाट एक सय जना उम्मेदवारको नाम सिफारिस गरिएको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका प्रवक्ता सुरतबहादुर रावतले जानकारी दिनुभयो । कांग्रेसका जिल्ला कार्यसमितिले क्षेत्रीय समितिमा सिफारिस गरेका प्रत्यक्षतर्फ, समानुपातिक र राष्ट्रिय सभाका उम्मेदवारका आकाङ्क्षीको केन्द्रीय समितिमा सिफारिस गरिसकेको उहाँले बताउनुभयो ।
१२० वर्ष अघिको गोर्खापत्र
१२० वर्ष अघिको गोर्खापत्र
गोरखापत्र आर्थिक बहस
नेपालको पत्रकारिताको इतिहास गोरखापत्रबाटै आरम्भ भयो । सुधारवादी राणा प्रधानमन्त्री देवशमशेरले सनद जारी गरी देशमा अखबारी पत्रकारिताको आरम्भ गर्नु अन्धकारलाई चिर्ने युगान्तकारी परिघटना थियो । सनदमा छाप्न हुने र नहुने समावेश भएका विषयमा इलमको विस्तार गर्ने विषय मात्र थिएन, कोलकाता र काठमाडौँका दरभाउ राख्ने मार्गनिर्देश थियो । त्यसमा पारदर्शी बजार र आपूर्ति प्रणा
परिवर्तनको सङ्क्रमणमा विश्व
इस्वी सन् २०२५ का आखिरी दिनहरू सकिँदै छन् । नयाँ वर्षको आरम्भको प्रतीक्षा गर्ने क्रममा रहेका देश र समाज बदलिँदो अन्तर्राष्ट्रिय परिवेशबाट आश्वस्त हुने प्रयत्नमा त छन्, तर दिनानुदिनका हलचल र द्वन्द्वले ढुक्क हुन कठिनाइ भइरहेको छ । शान्ति र सद्भावका भाषण एवं सन्देश पूर्व–पश्चिम सबैतिरबाट आउँछन् परन्तु व्यावहारिक रूपमा परिस्थिति सामान्य गराउने पाइला चाल्न प्रभावशाली देश
जलवायु शरणार्थीको सङ्कट
जलवायु परिवर्तनले गर्दा आफ्नो घर, क्षेत्र वा देश छाड्न बाध्य भएका व्यक्तिहरूलाई ‘जलवायु शरणार्थी’ (क्लाइमेट रिफ्युजी) भनेर चिनिन्छ । मानिसहरू प्राकृतिक तथा मानवनिर्मित प्रकोप जस्तै बाढी, खडेरी, जङ्गल डढेलो, समुद्री सतहको वृद्धि, तापमान परिवर्तन, हिमनदी पग्लनु आदि कारणले जीवनयापन असम्भव भएपछि एक स्थानबाट अर्को स्थानमा बसोबास गर्न बाध्य हुन्छन् । यिनीहरू
संविधान संशोधनमा माथिल्लो सदन
जेनजी विद्रोहपछि गठित अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपतिबाट निर्वाचनसम्बन्धी अध्यादेश जारी भएका छन् भने संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राकिएको छ । अध्यादेशसम्बन्धी प्रस्ट संवैधानिक व्यवस्थाका बिच प
वैदेशिक रोजगारी नीति राम्रो, कार्यान्वयन फितलो
वैदेशिक रोजगारी कहिले कसरी सुरु भयो भन्ने ठ्याक्कै तथ्य भेटिँदैन तर पनि नेपाली वैदेशिक रोजगारमा जाने प्रचलन धेरै पुरानो हो । युद्धका सिपाहीदेखि पछिल्लो पटक खाडी हुँदै युरोप पुग्ने नेपालीको सङ्ख्या ठुलै छ ।
आजको राशिफल
आजको राशिफल
नौ अगुवालाई ‘पोखरेली नवरत्न’
देशकै ठुलो महानगर पोखरा महानगरपालिकाले बुधबार ६७ औँ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ । स्थापना दिवस विशेष समारोहमा महानगरले समाजका विभिन्न क्षेत्रमा योगदान गर्ने नौ जनालाई पोखरेली नवरत्नका रूपमा सम्मान गरेको हो ।
कवितासङ्ग्रह विमोचनसँगै स्रष्टा संवाद
कवि रवि गिरीको कवितासङ्ग्रह ‘शान्तिको खोज’ को विमोचन गरिएको छ । कृतिको मदन पुरस्कार विजेता साहित्यकार युवराज नयाँघरे, पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष डा. पुष्कर रिजाल तथा प्राज्ञद्वय महानन्द ढकाल र शशिराम कार्कीले संयुक्त रूपमा विमोचन गर्नुभयो ।