सिकाइमा मूल्याङ्कनका आधार
उद्देश्यपूर्ण कामको प्रभाव मापनका लागि मूल्याङ्कन सबैभन्दा राम्रो माध्यम मानिन्छ । सोच, चिन्तनगत परिष्कार, संज्ञानात्मक तथा व्यावहारिक सिप विकासका लागि शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गरिन्छ । शिक्षण सिकाइ तथा तालिमका सन्दर्भमा मूल्याङ्कनलाई महìवपूर्ण औजार मानिँदै आइएको छ । सामान्यतया मूल्याङ्कनलाई पूर्वमूल्याङ्कन, निरन्तर मूल्याङ्कन र अन्ति
विश्व अर्थतन्त्रमा नवीन आशा
विश्व अर्थतन्त्रमा केही वर्षदेखि कालो बादल नै छाएको छ । युद्ध तनावले लगानी र उत्पादनमा प्रतिकूल असर परेको छ । यसले अर्थतन्त्रलाई नकारात्मक असर पार्नुका साथै रोजगारी खुम्च्याएको छ । केही सीमित बहुदेशीय कम्पनीको आय बढ्नुबाहेक आममानिसको जीवन कठिन बन्दै गएको छ । सात वर्षअघि कोभिड–१९ पछि खलबलिएको विश्व अर्थतन्त्र युक्रेन र गाजा युद्धपछि जटिल
स्वास्थ्यमा आयोडिनयुक्त नुन
नुन केवल स्वादको विषय होइन । यो इतिहास, जनस्वास्थ्य, अर्थतन्त्र र राज्यको उत्तरदायित्वसँग गाँसिएको संवेदनशील विषय पनि हो । साधारण देखिने यो सेतो कणभित्र यथार्थमा एउटा राष्ट्रको स्वास्थ्य सुरक्षाको कथा लुकेको हुन्छ तर विडम्बना के छ भने यही विषय अहिले तथ्यभन्दा बढी भ्रम, अध्ययनभन्दा बढी अड्कल र विज्ञानभन्दा बढी भावनात्मक बहसको विषय बनाइएको छ ।
१२० वर्ष अघिको गोर्खापत्र
१२० वर्ष अघिको गोर्खापत्र
आजको राशिफल
आजको राशिफल
मत्स्यनारायण मेला सुरु
काठमाडौँको मच्छेगाउँ (मत्स्यगाउँ) स्थित मच्छेनारायण मन्दिरमा आइतबार एकमहिने पुरुषोत्तम मास अर्थात् अधिक मास मेला सुरु भएको छ । ‘मलमास मेला’ का नामले परिचित यस मेलामा काठमाडौँ उपत्यकासहित देशभरबाट लाखौँ भक्तजनको घुइँचो लाग्ने गर्दछ । धार्मिक मान्यता अनुसार पुरुषोत्तम मासमा भगवान् नारायणको पूजाआराधना गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त हुने विश्वास रहेको छ । यही विश्वासका साथ भक्तजन मच्छेनारायण मन्दिरमा दर्शन तथा पूजाआजाका लागि पुग्ने गरेका छन् ।
‘बखान’ माथि अन्तरसंवाद
‘बखान’ उपन्यासले पश्चिम चितवनको बस्ती बसाल्दादेखि तत्कालीन सामाजिक अर्थ व्यवस्थाको उत्थानका पहल, प्रजातन्त्रका लागि तन, मन र धन तथा सन्तानको समेत आहुति दिने गुमनाम योद्धालाई चर्चामा ल्याएको बताइएको छ । शिखा बुक्सद्वारा लेखक/पत्रकार वसन्त पराजुलीको बखानमाथिको ‘बखान’ उपन्यास ‘बखान’ का सन्दर्भमा आइतबार आयोजित अन्तरसंवाद कार्यक्रममा सहभागी समीक्षक, साहित्यकारले सो कुरा बताएका हुन् ।
‘रूपान्तरणको जग बसाल्ने गरी नयाँ बजेट’
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट अर्थतन्त्रको संरचनागत सुधार गर्ने गरी रूपान्तरणकारी हुने बताउनुभएको छ । आइतबार अर्थ मन्त्रालयमा नेपाल उद्योग वाणिज्य महासङ्घले आगामी बजेटका सन्दर्भमा दिएका सुझाव ग्रहण गर्ने क्रममा मन्त्री डा. वाग्लेले सरकार निजी क्षेत्रलाई मुख्य साझेदार मानेरै अगाडि बढ्न प्रतिबद्ध रहेको प्रस्ट पार्नुभयो ।
केयरगिभर इजरायल पठाउन प्रक्रिया सुरु
इजरायल सरकारले त्यहाँको दीर्घकालीन स्याहार केन्द्रमा काम गर्ने गरी नेपालबाट थप दुई हजार तीन सय सहायक श्रमिक (केयरगिभर) लैजाने भएको छ । वैदेशिक रोजगार विभागका अनुसार जिटुजी प्रक्रियामार्फत इजरायलले नेपालबाट तेस्रो चरणमा नेपाली पठाउने केयर गिभरका लागि नयाँ श्रमिक भर्ना गर्ने सूचना सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
निजी क्षेत्रको प्रवर्धनमा लुम्बिनी सरकार प्रतिबद्व
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निजी क्षेत्रको संरक्षण, प्रवर्धन र विकासमा लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशको चौथो कार्यकारिणी समितिको पदस्थापना कार्यक्रमलाई आइतबार भैरहवामा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले उद्योगी तथा व्यवसायीलाई उत्साहित बनाउँदै उत्पादन, लगानी र रोजगारी विस्तारमा जोड दिन आवश्यक रहेको औँल्याउनुभयो । आचार्यले उद्योग व्यवसाय सञ्चालनका क्रममा देखिएका समस्याको समाधानका लागि प्रदेश सरकारले आवश्यक समन्वय र पहल गर्दै आएको उल्लेख गर्नुभयो ।
बेरुजुमा अगाडि विकास खर्चमा पछाडि
कर्णाली प्रदेश सरकारको बेरुजु रकम बर्सेनि बढ्दै गएको छ । वित्तीय सुशासन कायम गर्ने भन्दै २०८१ सालमै कर्णाली प्रदेश वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यविधि–२०८१ निर्माण पनि गरेको थियो । सार्वजनिक आयव्ययको दक्ष परिचालन, त्यसको अभिलेख, प्रतिवेदन तथा लेखापरीक्षणमार्फत समग्र वित्तीय व्यवस्थापनमा पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्ने गरी कार्यविधि ल्याइए पनि त्यसको प्रभावकारिता भने देखिएको छैन ।
बन्दुक बोकेको काँधमा दुधको कित्ली
घना जङ्गलको अँध्यारो रात, गोलीको आवाज र विस्फोटको गुञ्जन यी दृश्य अझै दैलेखको नौमुले गाउँपालिका–६ का खड्गबहादुर रानाको स्मृतिमा ताजै छ । युद्धका ती दिन सम्झँदा उहाँको मन आज पनि भारी हुन्छ, शरीर काँपे जस्तो हुन्छ । तत्कालीन द्वन्द्वकालमा काँधमा बन्दुक बोकेर युद्ध लड्नुभएका राना अहिले त्यही काँधमा दुधको भारी बोकेर हिँडिरहनुभएको छ ।
वनस्पतिविज्ञ श्रेष्ठलाई उत्तम शान्ति पुरस्कार
प्रख्यात वनस्पतिविज्ञ डा. तीर्थबहादुर श्रेष्ठद्वारा लिखित गैरआख्यान कृति ‘नेपाल गाथा’ लाई २०८२ सालको ‘उत्तम शान्ति पुरस्कार’ समर्पित गरिने भएको छ । वर्षभरि प्रकाशित निबन्ध, संस्मरण, जीवनी, आत्मकथालगायतका गैरआख्यानात्मक कृतिमध्ये एक उत्कृष्ट कृतिलाई ‘उत्तम कुँवर स्मारक पुरस्कार गुठी’ ले २०४४ सालदेखि एक लाख रुपियाँ राशिको ‘उत्तम शान्ति पुरस्कार’ समर्पण गर्दै आइरहेको छ ।
कांग्रेसले प्राथमिक निर्वाचनमार्फत उम्मेदवार तय गर्ने
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्राथमिक निर्वाचन गरेर स्थानीय तह, प्रदेश सभा सदस्य र प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार तय गर्ने घोषणा गर्नुभएको छ । प्रजातान्त्रिक विचार समाजले ‘समसामयिक राजनीतिमा नेपाली कांग्रेसको भूमिका’ शीर्षकमा आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उम्मेदवार चयनको विधि र मापदण्ड तय गरिने बताउनुभएको हो ।
एमालेमा फेरिँदै शक्ति सन्तुलन
नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र नयाँ शक्ति सन्तुलन केन्द्रित आन्तरिक राजनीतिक गठबन्धन सुरु भएको छ । एक वर्ष अघिसम्म पार्टी सदस्यतै नवीकरण नगरी राजनीतिक रूपमा किनारा लगाउने रणनीतिमा पर्नुभएको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आइतबार भने नेकपा (एमाले) को औपचारिक कार्यक्रममा प्रमुख अतिथि बनाइनुभयो । यो दृश्यलाई एमालेभित्र विकसित भइरहेको नयाँ शक्ति सन्तुलन केन्द्रित आन्तरिक राजनीतिको सङ्केतका रूपमा हेरिएको छ ।
आठ वटै अध्यादेश निर्णयार्थ पेस गरिने
सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाले सरकारले पेस गरेको आठ वटै अध्यादेश यसै साता निर्णयार्थ पेस गर्ने गरी सभाको सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ । राष्ट्रिय सभामा सत्तापक्षको प्रतिनिधित्व नरहेको र प्रतिपक्षी दलले अध्यादेशमाथि विरोधको सूचना दर्ता गराएको अवस्थामा सभाले निर्णयार्थ पेस गर्ने सम्भावित कार्यतालिका सार्वजनिक गरेको हो ।
सगरमाथामा नयाँ कीर्तिमान
नेपालको पर्वतारोहण इतिहासमा आइतबार दुई वटा ऐतिहासिक कीर्तिमान कायम भएका छन् । ‘एभरेस्ट म्यान’ उपनामले परिचित कामिरिता शेर्पा र ‘माउन्टेन क्विन’ उपनामले परिचित लाक्पा शेर्पाले सगरमाथाको सफलतापूर्वक आरोहण गर्दै विश्वविख्यात आरोहीका रूपमा आफ्नो अदम्य साहस, अनुभव र समर्पणमार्फत पुनः विश्वसामु नयाँ कीर्तिमान बनाउनुभएको छ ।
विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले इबोला रोग फैलिएसँगै विश्व स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ । केही अफ्रिकी देशमा इबोला रोग फैलिएसँगै डब्लुएचओले सङ्कटकाल घोषणा गरेको हो ।
सर्वोच्चद्वारा आफ्नै नजिर बदर
सर्वोच्च अदालतले कर्मचारी समायोजन ऐन अनुसार प्रदेशमा समायोजित कर्मचारीको बढुवामा सङ्घीय कानुन लागु हुने संयुक्त इजलासबाट प्रतिपादित नजिर बदर गरेको छ । डा. जगदीश जोशीविरुद्ध प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमसमेत विपक्षी भएको मुद्दामा प्रतिपादित नजिर पूर्ण इजलासले बदर गरेको हो । संयुक्त इजलासले सङ्घीय र प्रदेश कानुनको असङ्गति देखाई बढुवामा सङ्घीय कानुन लागु हुने नजिर स्थापित गरेको थियो । पूर्ण इजलासले उक्त नजिर बदर गरेको हो ।
हटेन टुकुचाको अतिक्रमण
काठमाडौँ महानगरको हात्तीसारस्थित जय नेपाल सिनेमा हल क्षेत्रमा उत्खनन भएको चार वर्ष पुग्न लाग्दा पनि टुकुचा खोला (इच्छुमती) को बहाव क्षेत्र र सो खोलामाथि निर्माण गरिएका संरचनाहरू हटाउन सकिएको छैन ।
मदन-आश्रितस्मृतिमा रक्तदान र विचार गोष्ठी
नेकपा (एमाले) ले आइतबार धनगढीमा रक्तदान र विचार गोष्ठी सम्पन्न गरेको छ । ३३औं मदनआश्रित स्मृति दिवसको अवसरमा एमाले धनगढी उपमहानगरपालिका कमिटीले रक्तदान र सुदूरपश्चिम प्रदेश कमिटीले नेपालको लोकतान्त्रिक आन्दोलनको मदन-आश्रितको भूमिका विषयक विचार गोष्ठी सम्पन्न गरेको हो।
मोटरसाईकल दुर्घटनामा एकको मृत्यु
झापाको अर्जुनधारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार बिहान .१०;३० बजे अर्जुनधारा ४ दहीझोडास्थित दुर्गापुर–खुदुनावारी सडकखण्डमा दुर्गापुरबाट जुकेखाडीतर्फ आउँदै गरेको मे.४ प ७१९६ नं को मोटरसाइकल. आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।
जंगली भ्याकुर खाँदा एकको मृत्यु, एक गम्भीर र आठ बिरामी
निगुरो टिप्न जंगल गएकाहरुले ल्याएको भ्याकुर खाँदा पश्चिम बागलुङको बडिगाडमा एक जनाको मृत्यु भएको छ । जंगली भ्याकुर सेवन गर्दा आठ जना बिरामी परेका छन् ।
२४ कम्पनीको आइपिओ बिक्रीका लागि अनुमति
नेपाल धितोपत्र बोर्डले हालसम्म २४ कम्पनीलाई साधारण शेयर (आइपिओ) बिक्रीका लागि अनुमति प्रदान गरेको छ । बोर्डले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ती कम्पनीलाई साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको हो ।