• ५ चैत २०८२, बिहिबार

प्रधानमन्त्रीद्वारा पशुपतिमा पूजाअर्चना

blog

गोरखापत्र समाचारदाता

कठमाडौँ, चैत ५ गते । प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथको दर्शन गरी पूजाअर्चना गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि बुधबार आराध्यदेव पशुपतिनाथको दर्शन गरी पूजाअर्चना गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । सो अवसरमा उहाँले मुलुकलाई शान्ति र स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकोमा कृतज्ञतासमेत व्यक्त गर्नुभयो । 

यसै गरी उहाँले आगामी दिनमा मुलुक थप उन्नतिको मार्गमा अग्रसर होस् र सबै नेपालीबिच एकता, सद्भाव र आत्मीयताको भावना बलियो बन्दै जाओस् भनी कामना पनि गर्नुभएको थियो । सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हालगायतको उपस्थिति थियो ।