सुरु भएका आयोजना पूरा गराउँछु : नेता गैरे
पाल्पाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार ठाकुर गैरेले आफू निर्वाचित भएमा अघिल्लो कार्यकालमा सुरु भएका विकास योजनालाई निरन्तरता दिँदै समग्र पाल्पाको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा आफू पूर्ण रूपमा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
कैलालीमा दुई उम्मेदवारले लिए उम्मेदवारी फिर्ता
कैलालीमा दुई जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएका मोहनसिंह राठौर र क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवारी दिनुभएका जनकराज पाठकले उम्मेदवारी फिर्ता लिनुभएको हो ।
अमेरिका डब्लुएचओबाट फिर्ता, विश्व स्वास्थ्यमा अनिश्चितता
संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट औपचारिक रूपमा बाहिरिने प्रक्रिया पूरा गरेको छ ।
म्याग्दीमा स्वतन्त्र उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता
म्याग्दीमा एक जनाले उम्मेदवारी फिर्ता लिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका स्वतन्त्र उम्मेदवार नविन जिसीले शुक्रबार मुख्य निर्वाचन अधिकृत कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिनुभएको हो ।
ताकाइचीद्वारा संसद् विघटन, जापानमा मध्यावधि चुनाव
जापानका प्रधानमन्त्री साने ताकाइचीले शुक्रबार संसद्को तल्लो सदन विघटन गर्दै फेब्रुअरी ८ मा मध्यावधि (स्न्याप) चुनाव गराउने मार्ग प्रशस्त गर्नु भएको छ ।
राष्ट्रिय सभाकाे बैठक (प्रत्यक्ष प्रसारण)
राष्ट्रिय सभाको बैठक सुरु भएको छ । आजको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन र कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराउने कार्यसूची रहेकाे छ ।
पुल बनेसँगै हट्यो प्रहरीको चौबिस घण्टा पहरा
नारायणघाट-बुटवल सडक खण्ड अन्तर्गत नवलपुरको चोरमारामा निर्माण गरिएको नयाँ पुल सञ्चालनमा आएको छ । बिहीबारदेखि नयाँ पुल सञ्चालनमा आएसँगै प्रहरीको चौबिस घण्टे ड्युटी पनि हटाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रधान न्यायाधीशद्वारा उच्च अदालत पोखरा बागलुङ इजलासको भवन उद्घाटन
उच्च अदालत पोखरा बागलुङ इजलासको भवन उद्घाटन गरिएको छ । भवनको प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत उद्घाटन गर्नुभएको छ ।
सरस्वती मन्दिरमा भक्तजनको भिड
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधना गरी मनाइएको छ । यस्तै धनकुटाको सल्लेरी वनमा रहेको सरस्वतीको मन्दिरमा विहानैदेखी श्रद्धालु भक्तजनको पुजाका लागि भिड लागेको छ ।
राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण
राष्ट्रपति रामचन्द्र पौडेलले श्रीपञ्चमी (वसन्तपञ्चमी) का अवसरमा आज बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा वसन्त श्रवण गर्नुभएको छ।
म्याग्दीका ६० मतदानस्थलको अनुगमन
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्धारण गरिएका जिल्लाका मतदानस्थलको सुरक्षा निकायद्वारा अनुगमनलाई तिव्र पारिएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरखडाइ सङ्कलन खुला
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट खरखडाइ सङ्कलन गरिने भएको छ ।
एउटै पालिकाका पाँच उम्मेदवार
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ताप्लेजुङमा पाँच जना उम्मेदवार एउटै पालिकाका रहेका छन् । मङ्गलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत उम्मेदवारी (मनोनयन) दर्ता गराउनेमध्ये पाँच जना उम्मेदवार एउटै पालिकाका रहेका हुन् ।
महोत्तरीमा तीन जना बागी उम्मेदवार
महोत्तरीमा प्रतिनिधि सभा निर्वाचन २०८२ मा बागी उम्मेदवारको सङ्ख्या निकै थोरै देखिएको छ । बागी उम्मेदवार थोरै देखिए पनि उनीहरूले नतिजाको दिशा भने मोड्न सक्ने अनुमान गरिएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस
मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव दिनेशकुमार घिमिरेले आयोगको सातौँ वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ ।
मतदाता खोज्दै मुस्ताङका उम्मेदवार पोखरामा
मनोनयन दर्ता गरेपछि नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार योगेशगौचन थकाली मतदाता भेट्न पोखरा निस्किनुभयो । नेकपा (एमाले) का इन्द्रधारा डाढु विष्ट र नेपाली कम्युनिस्ट पार्टीबाट ङुटुक गुरुङसमेत मतदाता भेटघाटका लागि पोखरामा व्यस्त हुनुहुन्छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्तालगत्तै जिल्लामा रहेका नेता, कार्यकर्तासँग सामान्य चुनावी छलफल गरेपछि तिनै ठुला दलका उम्मेदवार मतदाता खोज्दै जिल्लाबाहिर गएका छन् ।
प्रदेशभरि अठार लाख मतदाता
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा कुल १८ लाख ७० हजार ६५ मतदाता रहेका छन् । प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार पुरुष मतदाता सङ्ख्या नौ लाख १४ हजार ५३५ र महिलाको सङ्ख्या नौ लाख ५५ हजार ५१६ रहेको छ । गण्डकी प्रदेशमा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या ४० हजार ९८१ ले बढी रहेको छ ।
पण्डितपुरमा पुनः उत्खनन
पश्चिम नवलपरासीको रामग्राममा रहेको ऐतिहासिक तथा पुरातात्त्विक स्थल पण्डितपुरको उत्खननका क्रममा जमिनमुनि महत्वपूर्ण प्राचीन संरचना भेटिएपछि फेरि उत्खनन गरिएको छ ।
दल बदल्दै चुनावी मैदानमा
आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा दल परिवर्तन गरेर उम्मेदवार बन्ने नेताहरूको सङ्ख्या उल्लेख्य देखिएको छ । टिकट नपाएको असन्तुष्टि, राजनीतिक समीकरण र व्यक्तिगत रणनीतिका कारण नेताहरू अन्तिम समयमा दल फेरेर प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका छन् ।
संवेदनशील मतदान स्थल बढी
आगामी फागुन २१ गते हुने निर्वाचनमा कर्णालीमा सामान्यभन्दा संवेदनशील मतदान स्थल बढी भएको प्रहरीको तथ्याङ्क छ । कर्णालीका १० जिल्लामा कुल ९४१ मतदान स्थलमध्ये ७७९ वटा मतदान स्थल संवेदनशील मानिएको छ । यसमा संवेदनशील ४२० वटा र अति संवेदनशील ३५९ वटा रहेका छन् । सामान्य १६२ वटा मात्र छन् । अस्थायी मतदान स्थल १८ वटा छन् ।
मतदाताका घर घर जाँदै उम्मेदवार
चुनाव आउन ४२ दिन बाँकी रहेको अवस्थामा चुनावी चहलपहल तीव्र भएको छ । उम्मेदवार आआफ्ना प्रचारप्रसारमा जोड दिँदै मतदाताका घर घर जान थालेका छन् । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा जुम्लामा चुनावी माहोल तात्तिँदै गएको छ ।
स्थानीय तहको मत जोगाउने दाउमा उम्मेदवार
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि तीन ठुला दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गाउँ गाउँ पुगेर आफ्ना पुराना मतदाता जोगाउने दाउमा लागेका छन् ।
भयमुक्त रूपमा चुनाव गराउन सामूहिक प्रतिबद्धता
प्रतिनिधि सभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयमुक्त रूपमा गराउने उद्देश्यसहित बाजुराका राजनीतिक दल तथा उम्मेदवारहरूले लिखित रूपमा सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् । बाजुरामा २०४८ सालदेखिका हरेक राष्ट्रिय र स्थानीय चुनावमा झडप हुँदै आएका छन् । यस पटकको चुनावमा त्यस्तो नहुने प्रतिबद्धता उम्मेदवारहरूको छ । निर्वाचन प्रक्रियामा नागरिकको स्वतन्त्र मताधिकारमाथि कुनै पनि प्रकारको हनन, दबाब, प्रलोभन वा डरत्रास सिर्जना नगर्ने स्पष्ट प्रतिबद्धता उनीहरूले जनाएका हुन् ।
सात लाख १० हजार ७०८ मतदाता, २५७ उम्मेदवार
सङ्घीय राजधानी रहेको जिल्ला काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा सात लाख १० हजार ७०८ मतदाता कायम भएका छन् । यसमा महिला तीन लाख ६४ हजार, पुरुष तीन लाख ४६ हजार ११६ र सात अन्य रहेका जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जनाएको छ ।