सुत्केरीको हेलिकप्टरबाट उद्धार
जुम्लाबाट १८ वर्षीया किश्वरीको हेलिकप्टरबाट उद्वार गरिएको छ । तिला गाउँपालिका वडा–३ की १८ वर्षीया अस्मिता नेपालीको नेपाली सेनाको हेलिकप्टर मार्फत जुम्लाबाट सुर्खेत उद्धार गरिएको हो ।
सुदूरका मुख्यमन्त्री शाह विवादमा : घुस प्रकरणबारे छानबिनको माग
कैलालीका वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आफूलाई पाँच लाख रुपियाँ घुस मागेको आरोप लगाएपछि सो विषयमा छानबिन गर्न माग गरिएको छ।
विरशाली पन्त पुरस्कारबाट मेघराज पाण्डेय पुरस्कृत
विरशाली पन्त स्मृति कोषले तेस्रो संस्करणको विरशाली पन्त स्मृति गौरवमय पुरस्कार वितरण गरेको छ । बागलुङ नगरपालिकामा आयोजित कार्यक्रममा बागलुङ नगरपालिका-७ निवासी मेघराज पाण्डेयलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
बाँकेमा रुघाखोकी र ज्वरोका बिरामी बढे
जाडोबाट गर्मीमा मौसम परिवर्तन हुन थालेसँगै बाँके जिल्लामा फेरी रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् ।
ओखर खेतीमा कृषककाे आकर्षण बढ्दाे
पर्वतको उत्तरी भेगमा पर्ने जलजला गाउँपालिकाका कृषकहरु बाझो जग्गामा ओखर खेती लगाउन आकर्षित भएका छन् ।
ऊर्जा सुरक्षामा चीनको कडाइ
मध्यपूर्वमा चर्किएको युद्धले विश्व ऊर्जा बजारमा अस्थिरता बढिरहेका बेला चीनले आफ्नो ऊर्जा सुरक्षालाई प्राथमिकता दिँदै परिष्कृत तेल उत्पादनको निर्यातमा कडाइ गरेको समाचार सार्वजनिक भएको छ ।
युद्धले भारतीय रेस्टुरेन्टमा ग्यास सङ्कट
मध्यपूर्वमा चर्किएको युद्धको प्रभाव भारतसम्म पुगेको छ । इरानसँगको द्वन्द्वका कारण आपूर्ति अवरुद्ध भएपछि खाना पकाउने ग्यास अभाव हुँदा भारतका रेस्टुरेन्ट मेनु घटाउने, सेवा सीमित गर्ने र वैकल्पिक इन्धन खोज्ने अवस्थामा पुगेका छन् ।
क्रोकस हमलाका दोषीलाई आजीवन जेल
सन् २०२४ मा मस्कोस्थित क्रोकस सिटी कन्सर्ट हलमा भएको घातक आतङ्कवादी आक्रमणका अभियुक्तलाई रुसी अदालतले कडा सजाय सुनाएको छ । बिहीबार भएको फैसलामा चार मुख्य बन्दुकधारीसहित १५ जनालाई आजीवन कारावास सजाय दिइएको छ ।
होन्डा इभी रणनीति फेरबदलतर्फ
अमेरिकी नीति परिवर्तन, आयात शुल्क र कमजोर बजार मागका कारण जापानी अटो निर्माता होन्डाले आफ्नो विद्युतीय सवारी (इभी) रणनीतिमा ठूलो पुनर्विचार गर्ने सङ्केत दिएको छ ।
रुस-अमेरिका वार्ता ‘फलदायी’
मध्यपूर्वमा युद्ध चर्किरहेका बेला रुस र अमेरिकाबिच उच्चस्तरीय वार्ता सुरु भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका दूत किरिल दिमित्रीभले अमेरिकी वार्ताकारसँग भएको भेटलाई ‘फलदायी’ भएको बताउनुभएको छ ।
इनिशाको न्यायका लागि काठमाडौँमा प्रदर्शन (फोटो फिचर)
बलात्कारपछि हत्या गरिएको भनिएकी सुर्खेतकी १६ वर्षीया इनिसा विक घटनाको निष्पक्ष छानबिन र न्यायको माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन भएको छ ।
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त अघि सारेको छ । युद्ध तेह्रौँ दिनमा प्रवेश गरिरहँदा तेहरानले आफ्नो अधिकारको मान्यता, क्षतिपूर्ति र भविष्यमा आक्रमण नहुने अन्तर्राष्ट्रिय ग्यारेन्टी नभएसम्म सङ्घर्ष रोक्न नसकिने स्पष्ट पारेको छ ।
किम र छोरीबाट नयाँ पेस्तोल परीक्षण
उत्तर कोरियाली नेता किम जोङ उनले सैन्य क्षमताको आधुनिकीकरणलाई तीव्र बनाउने सन्देश दिँदै हल्का हतियार उत्पादन गर्ने कारखानाको निरीक्षणका क्रममा नयाँ पेस्तोलको परीक्षण गर्नु भएको छ ।
भारतको सामलले टर्छ बदेडावासीका दलितको छाक
बाजुराको बुढीगङ्गा–१० बदेडाका ६५ दलित परिवारलाई भारतको सामल र नेपालकाे आगोपानीको भरमा बाँच्नु परेको छ ।
निर्वाचन प्रहरी भन्छन् अबको पाइला उद्यमतर्फ
धनकुटाको पाख्रीबास नगरपालिका–५ का कमलबहादुर बस्नेत निर्वाचन सफल बनाउन गत माघमा निर्वाचन प्रहरीमा भर्ना हुनुभयो । उहाँ ४० दिन निर्वाचन प्रहरीका रूपमा काम गर्ने अनि घर फर्किएर विदेश जाने तरखरमा हुनुहुन्थ्यो
वचनको राजनीति,ओलीले हारेपछि इलाम छाडेर पाँचथर सर्नुभयो नेम्वाङ
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन हार्नुहुन्न, उहाँले हारे म इलाम छाड्छु भनेर बाजी राखेकै कारण इलाम नगरपालिका–१० मा बस्दै आएका जगतबहादुर नेम्वाङ इलाम छोडेर पाँचथर फर्कनुभएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बज्जिका भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बज्जिका भाषा
साढे चार हजार मत बदर
दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा चार हजार ४५२ अर्थात् ४.६३ प्रतिशत मत बदर भएका छन् । निर्वाचनअघि गाउँ गाउँमा पुगेर मतदाता शिक्षा दिए पनि मत बदर नरोकिएको जिल्ला निर्वाचन कार्यालय बागलुङका निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले जानकारी दिनुभयो ।
बसपार्कबाट मात्र काउन्टर सञ्चालन गर्न निर्देशन
अव्यवस्थित रूपमा सवारीसाधनको टिकट काउन्टर सञ्चालन र यात्रुवाहक साधन रोकिएको भन्दै तत्काल सम्बन्धित स्थानबाट मात्र सञ्चालन गर्न प्रशासनले निर्देशन दिएको छ । यातायात व्यवसायी र प्रशास
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशका १२ जिल्लामा समानुपातिक प्रणालीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सर्वाधिक मत ल्याउने दल बनेको छ । प्रदेशभरिका छ दलको मतपरिणाममा रास्वपा पहिलो, नेपाली कांग्रेस दोस्रो, एमाले तेस्रो, नेकपा चौथो, राप्रपा पाँचौँ र श्रम संस्कृति पार्टी छैटौँ स्थानमा देखिएका छन् ।
बजेट अभावमा रोकियो पुल निर्माण
जोशीपुर गाउँपालिका–४, हस्नापुरस्थित घैलानालामा बनिरहेको पुल बजेट अभावमा रोकिएको छ । पुलको तीन वटा पिल्लरको फाउन्डेसन मात्रै तयार भएको छ । ठेक्का अनुसार पिल्लर उठाएर ढलान गर्ने र दुवै किनारमा तटबन्ध गर्नुपर्ने छ । दैनिक हजारौँ मानिस चल्ने जोशीपुर–भजनी सडकमा बनेको पुरानो पुल भत्काएर नयाँ बनाउन लागिएको हो ।
आरक्षपीडितको अनशन आठ महिनापछि स्थगित
विगत आठ महिनादेखि अनशनरत आरक्षपीडितले अनशन स्थगित गरेका छन् । क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य दीपकराज बोहोराले माग पूरा गर्ने आश्वासन दिएपछि आरक्षपीडितले अनशन स्थगित गरेका हुन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ सर्वेक्षण सुरु
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अन्तर्गत शुक्लाफाँटा–लालझाडी कम्प्लेक्समा मङ्गलबारदेखि बाघको गणना सुरु भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले क्यामरा ट्र्यापिङ विधिबाट राष्ट्रिय बाघ गणना सुरु भएको बताउनुभयो ।