• २८ असोज २०८२, मङ्गलबार

जबर्जस्ती करणी गरेको आरोपमा युवक पक्राउ

blog

जबर्जस्ती करणी गरेको आरोपमा युवकलाई पक्राउ गरेर लैजादैं प्रहरी । तस्बिरः नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, असोज २७ गते । लमजुङको मस्र्याङ्दी गाउँपालिका –३ की ६४ वर्षीया वृद्धामाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय लमजुङले उक्त घटनामा संलग्न रहेको आरोपमा ३२ वर्षीय जीवन अछामी सार्कीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) रेशम बोहराले पीडित पक्षबाट जबर्जस्ती करणीको उजुरी प्राप्त भएपछि अछामीलाई पक्राउ गरिएको बताउनुभयो । 

प्रहरीका अनुसार बिहीबार मध्यरात अछामीले वृद्धामाथि जबर्जस्ती करणी गरेको भन्दै पीडित पक्षले उजुरी दिएका थिए । घटनापछि आक्रोशित पीडितका छोराले अछामीलाई मुक्का प्रहार गरेका थिए । त्यसपछि लखेटिएका अछामीले धारिलो हतियार लिएर फर्की पीडितका छोरामाथि प्रहार गर्दा छोरा घाइते भएको खुदी प्रहरी चौकीका सई रन्जन अम्गाइँले जानकारी दिनुभयो । 

अम्गाइँका अनुसार अछामीलाई धारिलो हतियारसहित पक्राउ गरिएको थियो । डिएसपी बोहराका अनुसार पक्राउ परेका अछामीमाथि आइतबार अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।