शुक्रबार कर्णाली प्रदेशमा सार्वजनिक बिदा
कर्णाली प्रदेश सरकारले साउन २५ गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
बस्तीमा बाढी पस्ने डरले निदाउन सक्दैनन् नरैनापुर र सोनारीवासी
दिउँसो नदीमा बाढी आएको थाह हुने भए पनि रातिमा धेरै समस्या हुने यादवको भनाइ छ । तटबन्ध नहुँदा राप्तीको तल्लोतटीय क्षेत्रमा पर्ने राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको खेतीयोग्य जमिन नदीले दिनहुँजसो कटान गरिरहेको छ । अहिलेसम्म सयौँ बिघा खेतीयोग्य जमिन नदी कटानमा परिसकेको छ ।
नाटकबाट सङ्कलित रकम वृद्धाश्रमलाई
वालिङ नगरपालिका–८ को साइनभिलेज इन्टरनेशनल एकेडेमीले सडक नाटक प्रदर्शनीबाट सङ्कलन भएको रकम वृद्धाश्रमलाई सहयोग गरेको छ ।
रेसुङ्गामा १३ करोडभन्दा बढी सामाजिक सुरक्षा भत्ता वितरण
यस नगरपालिकाले गत आर्थिक वर्ष २०८० र ०८१ मा तीन हजार ७९७ जनालाई तेह्र करोड ९९ लाख २३ हजार ५९५ रुपियाँ सामाजिक सुरक्षा भत्ता वितरण गरेको तथ्याङ्क सार्वजनिक गरेको हो ।
बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गर्ने तयारी
मुलुकभरि बाँदरले कृषिबालीमा क्षति गर्न थालेपछि सरकारले बाँदरलाई कृषिबालीका लागि हानिकारक वन्यजन्तु घोषणा गर्ने तयारी गरेको छ ।
सामान्य वर्षामै जलमग्न हुन्छ सुखीपुर स्वास्थ्य चौकी
पानीको निकास नहुँदा यहाँको सुखीपुर नगरपालिका–८ स्थित नगरस्तरीय २५ शय्याको सुखीपुर स्वास्थ्य चौकीमा सामान्य वर्षामै जलमग्न हुने गरेको छ । जलमग्न हुँदा अस्पताल आउने बिरामी र स्वास्थ्यकर्मीले सास्ती भोग्दै आएका छन् ।
मौवा संरक्षणमा लुम्बिनी प्रदेश सरकारको चासो
थारू समुदायको संस्कृति एवं परम्परासँग जोडिएको मौवा वृक्ष संरक्षणमा लुम्बिनी प्रदेश सरकारले चासो देखाएको छ । डिभिजन वन कार्यालयसँगको सहकार्यमा बहुउपयोगी मौवा प्रवर्द्धन गर्न वृक्षारोपण तथा सामुदायिक वनमा मौवा ‘ट्यागिङ’सुरु भएको छ ।
बडिगाड पहिरो : तीन बालबालिका अझै बेपत्ता
बडिगाड गाउँपालिका–१० आरुपाटामा मङ्गलबार बिहान खसेको पहिरोमा परेका तीनजना बालबालिकाको अवस्था अझै अज्ञात छ ।
दुर्घटनाग्रस्त हेलिकप्टर
नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचउर नजिकै जङ्गल क्षेत्रमा बुधबार दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टर ।
हवाई सुरक्षाको विषयलाई उच्चतम प्राथमिकतामा: मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले हवाई सुरक्षाको विषयलाई उच्चतम प्राथमिकतामा राखेर काम अघि बढाएको जनाएको छ । बुधवार एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको निधन भएसँगै मन्त्रीले प्रेस नोट जारी गर्दै यस्तो बताउनुभएको हो ।
अछाम सिडिओको कार्यसम्पादन ७४ औँ नम्बरमा, धनुषा ७७ नम्बरमा
कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय, अछाम ७४ औँ नम्बरमा परेको छ । गृह मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०-८१ मा कार्यालयको कार्यसम्पादन मूल्याङ्कनमा ८० दशमलव १८७५ नम्बर प्राप्त गरेको छ । ७७ जिल्ला मध्येमा जिल्ला प्रशासन कार्यालय अछाम अन्तिमबाट चौथो स्थान र सुदूरपश्चिम प्रदेशका ९ जिल्ला मध्ये अन्तिम स्थानमा रहेको छ । अछाम जिल्ला प्रशासन पछाडि ७५ औँ स्थानमा जिल्ला प्रशासन कार्यालय दैलेख, ७६ आै मा उदयपुर र ७७ औँ स्थानमा धनुषा जिल्ला प्रशासन कार्यालय रहेको छ ।
छ क्विन्टल गाँजा सहित तीन जना पक्राउ
प्रतिबन्धित लागू औषध गाँजा तथा ब्राउन सुगरसहित ३ जना नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
निर्माण सम्पन्न अस्पताल दुई वर्षदेखि अलपत्र
अर्खाखाँचीको भूमिकास्थान नगरपालिका–७, चिदीचौरमा निर्माण भएको १५ शय्याको आधारभूत अस्पताल दुई वर्षदेखि अलपत्र परेको छ । नगरपालिकाले सञ्चालन गर्न नसकेपछि केन्द्र सरकारको १२ करोड रुपियाँ लागतमा बनेको अस्पतालको भवन अलपत्र परेको हो । न्यूनतम वार्षिक खर्च जोहो गर्न नसक्दा अस्पताल सञ्चालन गर्न नसकिएको नगरपालिकाले जनाएको छ ।
मुस्ताङमा स्याउ खेती
मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फामा रहेको शीतोष्ण बागबानी फार्ममा फलेको उच्च घनत्वका जातको स्याउ । मुस्ताङमा पछिल्लो समय इटालीबाट आयात गरिएको उच्च घनत्वका जातको स्याउ खेती बिस्तारले तिब्रता पाएको छ ।
वडाले तिरिदियो किसानको विद्युत् महसुल
धनुषाको धनुषाधाम नगरपालिका–४, लक्ष्मीपुरका किसान पुलकित यादवलाई यस वर्ष सिँचाइ मोटर चलाउँदा खपत हुने विद्युत् महसुल तिर्नु परेन । यस वर्ष उहाँले डेढ बिघा खेतमा धान रोप्नुभएको छ ।
जमिन धितो राखेर ऋण लिनेको सङ्ख्या बढ्यो
मालपोत कार्यालय सङ्खुवासभामा एक वर्षको अवधिमा रु दुई करोड बढी राजस्व सङ्कलन भएको छ । मालपोत कार्यालयले यस आवमा दुई करोड बढी राजस्व सङ्कलन गरेको हो ।
भिडियो एक्सरे गर्न महिनौँ कुर्नुपर्ने
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि जाने बिरामीले भिडियो एक्सरे गर्न महिना दिनसम्म कुर्नुपर्ने बाध्यता छ । प्रतिष्ठानमा उपचार गर्न आउने बिरामीले भिडियो एक्सरे गर्नु परे १५
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ह्योल्मो भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ह्योल्मो भाषा
लोकल कुखुरापालन
दाङको घोराही उपमहानगरपालिका–१८ स्थित बाँसखोलिका हेमलाल गिरीले व्यावसायिक रुपमा घरमा पाल्नु भएको कुखुरालाई आहारा दिँदै । उहाँले लुइचे, फाइटर र लोकल जातका करिब २०० कुखुरा पाल्नु भएको छ ।
दश लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार
तमानखोला गाउँपालिकाले तमान गाउँमा रहेको पञ्चायत घर रु १० लाख खर्चेर जीर्णोद्धार गरेको छ । स्थानीय स्रोत प्रयोग गरी जीर्णोद्धार भएको यो घरलाई सङ्ग्रहालय र पुस्तकालयका रूपमा विकास गरिने भएको हो ।
आजको मौसमः आज भारी वर्षा हुने
देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास भएको जनाउदै जल तथा मौसम विज्ञान विभागले आज पनि देशका विभिन्न स्थानमा बदली र वर्षाको पूर्वानुमान गरेको छ ।
कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा योगी नियुक्त
कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा सूर्यनाथ योगी नियुक्त हुनुभएको छ । बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले वीरेन्द्रनगर योगीलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
मिथिलामा धुमधाम मधुश्रावणी
मिथिला संस्कृतिमा महत्वसाथ मनाइने मधुश्रावणी पर्व बुधबार सम्पन्न भएको छ । साउन शुक्ल पञ्चमीदेखि सुरु भई शुक्ल तृतीयाको अन्तिम दिन व्रतालुलाई पानको पातमा दुलो बनाएर कपासको बत्तीले घुँडामा दागेपछि मधुश्रावणी पर्व समापन भएको मानिन्छ । यसरी बत्ती दिने परम्परालाई ‘टेमी’ भनिन्छ । जनकपुरकी वन्दना चौधरीका अनुसार, “हिन्दु धर्ममा केही विशेष पर्व मात्र छन् जसमा महिला पुरोहितद्वारा नै अनुष्ठान गरी सम्पूर्ण विधि विधान गरिन्छ । मधुश्रावणीमा पनि महिलाद्वारा नै पूजा गरिन्छ । त्यसैले मधुश्रावणी पर्व महिला सशक्तीकरणको उदाहरण हो ।”