काभा वुमन्स नेसन्स लिग फाइनल आज,नेपाल र भारत भिड्दै
नेपाल काभा वुमन्स नेसन्स लिग (भलिबल) को फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशाला कभर्डहलमा मङ्गलबार भएको उक्त खेलामा नेपालले इरानलाई २५–२१, २८–२६ र २५–२० ले पराजित गरेको हो । यसअघि लिग चरणमा इरानले नेपाललाई पाँच सेटमा हराएको थियो । नेपालले बुधबार फाइनलमा भारतसँग खेल्ने भएको छ । शनिबार नेपालले भारतविरुद्ध ऐतिहासिक जित हात पारेको थियो । मङ्गलबार भएको इरानसँगको खेलमा नेपालले सोझो सेटमा खेल जिते पनि खेल प्रतिस्पर्धात्मक थियो । नेपालकी कप्तान अरुणा शाहीले मङ्गलबारको लय कायम राख्दै फाइनलमा भारतलाई हराउने विश्वास व्यक्त गर्नुभयो । “इरानविरुद्ध उच्च मनोबलका साथ खेलेकाले सोझो सेटमा जित हासिल गर्न सफल भयौँ । फाइनलमा आजका खेलमा भएका गल्ती पनि सुधारेर खेल्ने छौँ,” उहाँले भन्नुभयो । कप्तान अरुणाले दर्शकका साथले पनि खेल जित्न सहयोग पु¥याएको र फाइनलमा पनि घरेलु दर्शकको यस्तै साथ रहने अपेक्षा गर्नुभयो ।
सहर पस्न थाले बाघ
बाघको सङ्ख्या बढेसँगै यसको व्यवस्थापनमा चुनौती देखिएको छ । सङ्ख्या वृद्धिसँगै संरक्षित क्षेत्रमा बाघ व्यवस्थापन हुन नसक्दा मानव बस्तीमा प्रवेश गर्ने र मानिस तथा घरपालुवा जनावरलाई आक्रमण गर्ने चुनौती बढेको छ । भरतपुर–२ का ६० वर्षीय पशुपति श्रेष्ठलाई नारायणगढ बजारसँगै रहेको नारायणी नदीकिनारमा आक्रमण गर्ने बाघलाई आइतबार साँझ उद्धार गरी सौराहामा राखिएको छ । निकुञ्जका पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठका अनुसार करिब पाँच वर्षको सो बाघलाई उद्धार गरिएको हो । “बाघ निकुञ्ज आसपासका मानव बस्तीमा आउने जाने त भइरहन्छ तर अहिले मान्छे र घरपालुवा जनावरलाई आक्रमण गर्नु दुःखद हो,” उहाँले भन्नुभयो ।
काठमाडौँ-हेटौँडा जोड्ने कान्तिलोकपथमा हलुका सवारीसाधन सञ्चालन
काठमाडौँबाट हेटौँडातर्फ जोड्ने कान्तिलोकपथ अन्तर्गत पर्ने ललितपुरको भट्टेडाँडा, बागमती गाउँपालिका-२ पाङ्दुरे र छबेनीमा सोमबार पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा आएको छ ।
वेस्ट बैङ्कमा आठ जनाको मृत्यु
इजरायली सेनाले उत्तरी वेस्ट बैङ्कमा मङ्गलबार गरेको दुई वटा छुट्टैछुट्टै आक्रमणमा आठ जनाको मृत्यु भएको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन् ।
बङ्गलादेशका पूर्वप्रधानमन्त्री जिया रिहा
बङ्गलादेशका पूर्वप्रधानमन्त्री खालिदा जियालाई वर्षौको नजरबन्दबाट रिहा गरिएको छ ।
जीप दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते
जाजरकोटको भेरी नगरपालिका-६ गञ्जमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
प्रधानमन्त्रीसँग मधेस प्रदेशका मुख्यमन्त्रीको सहयोगको आग्रह
मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर प्रदेशको समुन्नतिका लागि प्रदेश सरकारले अघि सारेका कार्ययोजना कार्यान्वयनमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।
सहकारी बचत रकम हिनामिनासम्बन्धी संसदीय छानबिन विशेष समितिले प्रतिवेदन तयार पार्दै
सहकारी संस्थाको बचत रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले दुई महिनाको अवधिमा गरेका अध्ययन र छानबिन प्रक्रिया टुङ्गाएर प्रतिवेदन लेखन प्रक्रिया अगाडि बढाएको छ ।
परराष्ट्रमन्त्रीसँग जर्मन राजदूतको शिष्टाचार भेट
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
सिमलताल दुर्घटनाः गृहमन्त्रीलाई प्रतिवेदन पेस
चितवनको सिमलताल बस दुर्घटनाको विषयमा अध्ययन गर्न बनेको कार्यदलले आज गृहमन्त्री रमेश लेखकसमक्ष प्रतिवेदन पेस गरेको छ ।
व्यथित काव्य सम्मान लोहनी र उप्रेतीलाई
साहित्यिक पत्रकार सङ्घले कवि मणि लोहनीलाई ‘व्यथित काव्य सम्मान– २०८१’ प्रदान गरिने भएको छ । यसैगरी सङ्घले ‘व्यथित काव्य डायस्पोरा सम्मान– २०८१’कवि सुरेन उप्रेती (क्यानडा) लाई प्रदान गरिने भएको छ ।
‘कृषि औजार कारखानाबारे अध्ययन गरेर निर्णय गरिने’
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले वीरगन्जस्थित कृषि औजार कारखानाको विषयमा सरकारले गर्नसक्ने सहयोगबारे विस्तृत अध्ययन र छलफल गरेर आवश्यक निर्णय गर्ने बताउनुभएको छ ।
लैङ्गिक समावेशीकरण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा
राष्ट्रिय मानव अधिकार संस्थामा लैङ्गिक समावेशीकरण सम्बन्धी एसिया प्रशान्त क्षेत्रका २६ देशका अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने भएको छ ।
नेपाल स्काउटको नयाँ ऐन बनाउन प्रयास गर्ने मन्त्री चौधरीको प्रतिबद्धता
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल स्काउटको नयाँ ऐन बनाउन प्रयास गर्ने बताउनुभएको छ । आज आयोजित कार्यक्रममा मन्त्री चौधरीले भन्नुभयो, “स्काउट २०५० सालमा बनेको ऐनअनुसार सञ्चालन भएको छ ।
बकैया नदीमा आठ पुल निर्माण गरिँदै
काठमाडौँ/तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)सडक आयोजनाअन्तर्गत मकवानपुरदेखि बारासम्म बकैया नदीमा आठ वटा पुल निर्माण हुँदै छ । दुई वटा पुल प्याकेज ३ अन्तर्गत निर्माण भइरहेका छन् । हाल आठ वटै पुल निर्माण भइरहेका छन् ।
जमुनाहा नाकाबाट ५२६ जनाको उद्धार
नेपालगन्ज नाकाबाट गत आर्थिक वर्षमा मानव बेचबिखनको जोखिमपूर्ण यात्रामा रहेका ५२६ जना युवती, महिला र बालबालिकाको उद्धार गरिएको छ ।
नेप्से परिसूचकमा धेरै अङ्ककाे गिरावट
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज धेरै अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक एक सय ४५ दशमलव शून्य पाँच अङ्कले ओरालो लागेर दुई हजार छ सय ५१ मा सीमित भएको छ ।
कारागारमा अनियमितता भएको कैदीबन्दीको गुनासो
यहाँस्थित जिल्ला कारागारमा आर्थिक अनियमितता र बेथिति भोग्नु परेको कैदीबन्दीले गुनासो गरेका छन् । कारागारमा आर्थिक अनियमिता, आन्तरिक मूल्यवृद्धि र मनोमानी हुने गरेको गुनासो कैदीबन्दीले गरेका हुन् ।
शीतभण्डार निर्माणपछि बेनीका किसानलाई राहत
फलफूल र तरकारीजन्य उत्पादन सस्तोमा बेच्नुपर्ने बाध्यतामा रहेका म्याग्दीको बेनी नगरपालिकाका किसानहरुले कोल्डस्टोर (शीत भण्डार) निर्माण भएपछि राहत महसुस गरेका छन् ।
पाँच करोड ५० लाखमा गाउँपालिका भवन निर्माण
दक्षिण पर्वतको पैयूँ गाउँपालिकाको प्रमुख प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ । पैयूँ गाउँपालिका-४ हुवासस्थित भकुण्डे वगरमा भवन बनेको हो ।
वैदेशिक रोजगारी : एक वर्षमा ४८ जनाको मृत्यु
सूचना परामर्शकर्ता लामाका अनुसार आर्थिक वर्ष २०८०⁄०८१ मा दाङबाट वैदेशिक रोजगारीमा जानुभएका ४८ जनाको मृत्यु भएको छ ।
विश्व स्तनपान सप्ताह-स्तनपान कक्षको व्यवस्थातर्फ अझै उदासीनता
प्रत्येक वर्ष १ अगस्तदेखि ७ अगस्तसम्म मनाइने ‘विश्व स्तनपान सप्ताह’ नेपालमा पनि विभिन्न सरकारी, गैरसरकारी निकायहरुले मनाइरहेका छन् ।
बागमती नदीमा जलसतह बढिरहेकाले उच्च सतर्कता अपनाउन अनुरोध
काठमाडौँ उपत्यकाका नदीमा जलसतह सतर्कता पार गरेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
सप्तरीमा एकको शव फेला
सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ वरही वीरपुरस्थित कुनौली सडक खण्डमा एक जनाको शव फेला परेको छ । यसरी फेला पर्नेमा सिराहाको लहानका ४५ वर्षीय पवनकुमार कर्णको शव सडकको छेउमा धानखेतमा घोप्टो अवस्थामा मङ्गलवार फेला परेको हो ।