राम्चेगाउँवासीलाई भिर कतिबेला खस्ने हो भन्ने पिर
बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिका–५ राम्चेमा बस्दै आउनुभएका ८० वर्षीय जयबहादुर चितौरेलाई पछिल्लो समय पहिरोले गाउँ नै लैजाने हो कि भन्ने चिन्ताले सताउने गरेको छ । बाजेको पालादेखि राम्चेगाउँमा बस्दै आउनुभएका उहाँलाई बर्सेनि पहिरोले बस्ती क्षेत्रको जमिन कटान गर्दै लगेकाले कुनै दिन गाउँ नै पहिरोले निल्ने हो कि भन्ने त्रासले रात कटाउन मुस्किल पर्ने गरेको छ ।
असुरक्षित गर्भपतनले स्वास्थ्यमा जोखिम बढ्दै
असुरक्षित गर्भपतनले स्वास्थ्य जोखिममा बढ्दै गएकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । अनिश्चित तथा अवैध गर्भधारणसँगै गरिने असुरक्षित गर्भपतनका कारण महिलाको मृत्यु हुनुका साथै जोखिम बढ्दै गएको उनीहरुको भनाइ छ ।
‘माइली’ शुभमुहूर्त
बाबुसाहेब बलामीको निर्देशनमा चलचित्र ‘माइली’ को भद्रकाली मन्दिरमा सोमबार शुभमुहूर्त गरिएको छ । चलचित्रमा प्रियङ्का कार्की, करिश्मा मानन्धर, शर्मिला मल्ल, कमला घिमिरे, सुषमा लामा, अंशु महर्जन, कुसुम शर्मा, प्रिया रिजाल, गीता अधिकारी, सरिता भण्डारी, प्रीतिका शर्मा, आश्मा पाण्डे र रेश्मा केसीलगायतको अभिनय रहने छ ।
नाटकमा सामाजिक आन्दोलन
नेपाली रङ्गमञ्चमा पछिल्लो समय मञ्चनको उभार आएको छ । २०६२/६३ पछिको जातीय, भाषिक र सांस्कृतिक जागरणले नेपाली रङ्गमञ्चसमेत ऊर्जामय बनेको पाइन्छ । रङ्गमञ्चमा पछिल्ला समय मञ्चन भएका नाटकका विषयवस्तु नियाल्दा यिनै तथ्य भेटिन्छ । गत वर्ष मण्डला थिएटरमा तामाङ समुदायको कथावस्तुमा आधारित नाटक ‘मासिन्या’ निकै चर्चित रह्यो । सो नाटकलाई चलचित्रकर्मी बुद्धि तामाङ र सोनाम लामाले निर्देशन गर्नुभएको थियो । गत वर्ष इँगिहोपो कोइँच सुनुवारको निर्देशनमा नाटक ‘दमिनी भिर’ मञ्चन भएको थियो । यी दुई नाटकले दर्शक, राम्रो चर्चा सँगसँगै आम्दानी पनि बटुल्न सफल भएका थिए ।
बयालिस वर्षपछि फर्काइयो नागराज
काठमाडौँ महानगरपालिका–१, नक्सालस्थित शङ्कर कृति महाविहार प्राङ्गणबाट ४२ वर्षअघि हराएको १२/१३ औँ शताब्दीको नागराजको पत्थर मूर्ति सोही ठाउँमा प्रतिस्थापन गरिएको छ । संरक्षणका लागि राष्ट्रिय सङ्ग्रहालयमा राखिएको नागराजको मूर्तिलाई गैरीधारा, नक्साललगायत विभिन्न स्थानमा रथारोहणसहति परिक्रमा गराएर थकाली (समुदायको ज्येष्ठ नागरिक) ले पूजा गरी सोमबार मूर्तिको पुनः स्थापना गरिएको हो ।
प्रम हसिना विदेश पलायन
झन्डै एक महिना लामो सरकारविरुद्धको हिंसात्मक आन्दोलन थेग्न नसकेपछि बङ्गलादेशका प्रधानमन्त्री सेख हसिना वाजेदले पद त्याग गर्दै देश छाड्नुभएको छ । बङ्गलादेशी जनताको साथकै कारण देशमा सबैभन्दा बढी समय शासन गर्ने प्रधानमन्त्रीको छवि बनाउनुभएकी हसिना अन्ततः जनताकै अस्वीकृतिका कारण पद त्याग्न बाध्य हुनुभएको हो । उहाँ विगत १६ वर्षदेखि लगातार निर्वाचित हुँदै पाँचौँ पटक बङ्गलादेशको प्रधानमन्त्रीका रूपमा कार्यरत हुनुहुन्थ्यो । उहाँ पछिल्लो समय जनताको तीव्र आलोचना र आन्दोलन थेगिनसक्नु भएपछि जनताको चाहनाको सम्मान गर्दै सत्ता छाडेर भारततर्फ लाग्नुभएको छ ।
‘मुलुक विकासको नयाँ युगमा प्रवेश’
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन काठमाडौँ–तराई/मधेश द्रुतमार्ग आयोजनामा आउने बाधा व्यवधानलाई समाधान गर्न सरकार तत्पर रहेको बताउनुभएको छ । उहाँले तोकिएको समयावधिभित्र आयोजनाको काम सम्पन्न गर्न सम्बद्ध निकायहरूलाई निर्देशनसमेत दिनुभयो ।
गैरसरकारी विधेयकको प्रक्रिया समेट्न संशोधन
विधायनसम्बन्धी विधेयकमा गैरसरकारी विधेयक र प्रक्रिया समेट्न मागसहित प्रतिनिधि सभामा संशोधन दर्ता भएका छन् । सरकारले प्रस्ताव गरेको मूल र राष्ट्रिय सभाबाट पारित विधेयकमा पनि गैरसरकारी विधेयक नसमेटिएको भन्दै सांसदहरूले संशोधन दर्ता गरेका हुन् । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका सांसदहरूले गैरसरकारी विधेयकको प्रवेश र कार्यविधि स्पष्टताका लागि संशोधन दर्ता गरेका हुन् ।
आधा घट्यो बैङ्कले बाँड्ने नाफा
आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवको तुलनामा वाणिज्य बैङ्कहरूले करिब आधा मात्रै नाफा वितरण गर्न सक्ने देखिएको छ । सबै २० वाणिज्य बैङ्कले नाफा आर्जन गरेका भए पनि चार बैङ्कले सेयरधनीलाई नाफाबापतको लाभांश बाँड्न नसक्ने भएका छन् ।
इजरायल जान तीन हजार ४६१ आवेदन स्वीकृत
इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा केयर गिभरमा काम गर्नका लागि दोस्रो चरणमा तीन हजार ४६१ जनाको आवेदन स्वीकृत भएको वैदेशिक रोजगार विभागले जनाएको छ । दोस्रो चरणमा केयर गिभरका लागि आवेदन दिएका चार हजार २४ जनामध्ये एक हजार ८६३ पुरुष र एक हजार ५९८ महिला गरी तीन हजार ४६१ जनाको आवेदन स्वीकृत भएको छ ।
नागरिक उड्डयन प्राधिकरण टुक्र्याउन प्रधानमन्त्री सकारात्मक
प्रधानमन्त्री केपी शर्मा ओली नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई सेवाप्रदायक र नियामकका रूपमा टुक्र्याउन सकारात्मक बन्नुभएको छ । सोमबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बालुवाटार पुगेको कांग्रेस सांसदको टोलीसँग छलफलमा प्रधानमन्त्री ओलीले यससम्बन्धी प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी दिनुभएको छ । छलफलमा सहभागी कांग्रेस नेता उदयशमशेर राणाका अनुसार हवाई सुरक्षाको अवस्था र क्यानलाई सेवाप्रदायक र नियामक गरी छुट्टाछुट्टै निकाय बनाउनुपर्ने विषयमा छलफल भएको छ ।
बैङ्कको नाफामा देखियो अर्थतन्त्रको छाया
दुई वर्षभन्दा लामो समय शिथिल रहेको अर्थतन्त्रको प्रभाव वाणिज्य बैङ्कहरूको नाफामा देखिएको छ । सोमबार सार्वजनिक भएको गत आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण अनुसार कुल २० वटा वाणिज्य बैङ्कमध्ये आधाको नाफा घटेको छ । नाफामा रहेका बैङ्कको वित्तीय विवरण पनि पूर्ण स्वस्थ छैन ।
कर्मचारीमाथि कुटपिट गर्नेलाई कारबाहीको माग
नेपाल विद्युत प्राधिकरण कार्यालय सङ्खुवासभामा कार्यरत कर्मचारीमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गरिएको छ ।
मर्यादित मिडियाले नागरिकको मर्यादा जोगाउँछ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले मिडियाको मर्यादित भूमिकाबाट मात्र आम नागरिकको मर्यादा र सम्मान जोगिने बताउनुभएको छ ।
स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय र विश्वसनीय बनाउनुपर्छ : मन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय र विश्वसनीय बनाउनुपर्ने बताउनुभएको छ ।
सशस्त्र प्रहरीका ६८ जनाले गरे क्लिफमा बञ्जी
सशस्त्र प्रहरी बलको टोलीले बागलुङको द क्लिफ नेपालमा बञ्जी जम्प गरेका छन् ।
मन्त्री शाहीद्वारा पशुपात क्षेत्रमा वृक्षारोपण
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले वृक्षारोपणले बाढीपहिरो र भूक्षयजस्ता समस्या समाधानमा वहुआयामिक लाभ पुर्याउने बताउनुभएको छ ।
डेडिकेटेड र ट्रङ्क लाइन महसुल उठाउन छाडेर अनावश्यक तर्क गरियो : सांसद बस्नेत
नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले डेडिकेटेड र ट्रङ्क लाइन महसुल उठाउन छोडेर अनावश्यक तर्क गरिएकामा आपत्ति प्रकट गर्नुभएको छ ।
बाढी-पहिरो प्रभावितलाई संरक्षण गर्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री रमेश लेखकले बाढी-पहिरो प्रभावित क्षेत्रका नागरिकलाई जोगाउने उपाय निकाल्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
धनकुटा अदालतमा ८३ प्रतिशत मुद्दा फर्छ्यौट
उच्च अदालत विराटनगर धनकुटा इजलासले गत आर्थिक वर्ष २०८०-०८१ मा ३ सय ७९ थान मुद्दा फर्छ्यौट गरेको छ । अदालतले सोमबार पत्रकारसँगको अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर २०८० साउनदेखि २०८१ असारसम्ममा ४ सय ५२ थान मुद्दामध्ये ३ सय ७९ थान फर्छ्यौट गरेको जनाएको हो ।
३० औँ विश्व आदिवासी दिवस मनाइँदै, तयारी अन्तिम चरणमा
नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन)ले ३० औँ विश्व आदिवासी दिवस मनाउने भएको छ । नेफिनले पत्रकार सम्मेलन गरी अगस्ट ९ तारिख (साउन २५ गते) ३० औँ विश्व आदिवासी दिवस मनाउन लागेको जानकारी दिएको हो ।
मेडिकल कलेज भैरहवामा मोलिकुलर बायोलोजी ल्याब
भैरहवामा रहेको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस)मा अत्याधुनिक मोलिकुलर बायोलोजी ल्याब जडान गरिएको छ । जडान गरिएको ल्याबको कलेजका प्राचार्य डा.लक्ष्मी पाठक, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सदन मुखी,अस्पतालकी सेन्ट्रल ल्याब प्रमुख डा.अनिता शाही, कार्यकारी निर्देशक अजय पिएस लगायतले उद्घाटन गर्नुभयो ।
बङ्गलादेश आन्दोलनको प्रभाव : नाकामै रोकिए कन्टेनर
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका ११ वटा मोलासिसका कन्टेनर पूर्वीनाका काँकडभिट्टामा रोकिएका छन् ।
कैलालीमा चार सय हेक्टर बढी अतिक्रमित वन क्षेत्र खाली
एफ आर ए नेपालले सन् २०१० देखि २०१४ सम्म गरेको नेपालको वन क्षेत्रको सर्वेक्षणअनुसार कैलाली मुलुकमा सबैभन्दा बढी वन क्षेत्र भएको जिल्ला हो ।