• १२ असोज २०८१, शनिबार

‘माइली’ शुभमुहूर्त

blog

काठमाडौँ, साउन २२ गते । बाबुसाहेब बलामीको निर्देशनमा चलचित्र ‘माइली’ को भद्रकाली मन्दिरमा सोमबार शुभमुहूर्त गरिएको छ । चलचित्रमा प्रियङ्का कार्की, करिश्मा मानन्धर, शर्मिला मल्ल, कमला घिमिरे, सुषमा लामा, अंशु महर्जन, कुसुम शर्मा, प्रिया रिजाल, गीता अधिकारी, सरिता भण्डारी, प्रीतिका शर्मा, आश्मा पाण्डे र रेश्मा केसीलगायतको अभिनय रहने छ ।

विवेक सापकोटाले शुभमुहूर्त क्ल्याप र रक्षासिंह राणाले निर्देशन गर्नुभएको थियो । नायिका प्रियङ्का कार्की र कमला घिमिरेले मुहूर्त सट दिनुभएको थियो । चलचित्रमा प्रियङ्का र कमला आमाछोरीको भूमिकामा हुनुहुन्छ ।

निर्देशक बलामीका अनुसार चलचित्रमा दलित महिलाले समाजमा गरेको सङ्घर्षलाई प्रस्तुत गरिने छ । चलचित्रको छायाङ्कन मङ्गलबारदेखि सुरु गरिने जनाइएको छ । चलचित्रमा शङ्कर अधिकारी ‘घायल’ को गीत र पटकथा, संवाद, राजेन्द्र बजगाईंको सङ्गीत रहने छ । चलचित्रमा शिव ढकालको छायाङ्कन र समीर मियाँको सम्पादन रहने जनाइएको छ ।