• २० चैत २०८१, बुधबार

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

blog

काठमाडौँ,  फागुन १२ गते । नेपाल राष्ट्र बैँकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदर अनुसार अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि भएको छ ।

 केन्द्रीय बैँकका अनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपियाँ ४५ पैसा र बिक्रीदर एक सय ३९ रूपियाँ पाँच पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४४ रूपियाँ ८० पैसा र बिक्रीदर एक सय ४५ रूपियाँ ४३ पैसा निर्धारण गरिएको छ ।

 त्यसैगरी युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रूपियाँ ८८ पैसा र बिक्रीदर एक सय ७५ रूपियाँ ६४ पैसा कायम गरिएको छ । स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५४ रूपैयाँ २२ पैसा र बिक्रीदर एक सय ५४ रूपियाँ ८९ पैसा तय गरिएको छ ।

 अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपियाँ ०३ पैसा र बिक्रीदर ८८ रूपियाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपियाँ ३५ पैसा र बिक्रीदर ९७ रूपियाँ ७७ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रूपैयाँ ६० पैसा र बिक्रीदर एक सय चार रूपियाँ पाँच पैसा निर्धारण गरिएको केन्द्रीय बैँकले जनाएको छ ।

 जापानी येन १० को खरिददर नौ रूपियाँ २७ पैसा र बिक्रीदर नौ रूपियाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपियाँ ०९ पैसा र बिक्रीदर १९ रूपियाँ १८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपियाँ ९२ पैसा र बिक्रीदर ३७ रूपियाँ ०८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ९८ पैसा र बिक्रीदर ३८ रूपियाँ १५ पैसा कायम भएको छ ।

 केन्द्रीय बैँकका अनुसार थाई भाट एकको खरिददर चार रूपियाँ १२ पैसा र बिक्रीदर चार रूपियाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपियाँ ६९ पैसा र बिक्रीदर ३७ रूपियाँ ८६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपियाँ ३३ पैसा र बिक्रीदर ३१ रूपियाँ ४७  पैसा तोकिएको छ ।

 साउथ कोरियन वन एक सयको खरिददर नौ रूपियाँ ६५ पैसा र बिक्रीदर नौ रूपियाँ ७० पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपियाँ र बिक्रीदर १३ रूपियाँ पाँच पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ४२ पैसा र बिक्री दर १९ रूपियाँ ५० पैसा निर्धारण भएको छ ।

 राष्ट्र बैँक हङकङ डलर एकको खरिददर १७ रूपियाँ ८२ पैसा र बिक्रीदर १७ रूपियाँ ९० पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४८ रूपियाँ ७८ पैसा र बिक्रीदर चार सय ५० रूपियाँ ७३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६७ रूपियाँ २४ पैसा र बिक्रीदर तीन सय ६८ रूपियाँ ८३ पैसा र ओमनी रियाल एकको खरिददर तीन सय ६० रूपैयाँ आठ पैसा र बिक्रीदर तीन सय ६१ रूपियाँ ६४ पैसा तय गरिएको छ ।

 त्यसैगरी भारतीय रूपियाँ एक सयको खरिददर एक सय ६० रूपियाँ र बिक्रीदर एक सय ६० रूपियाँ १५ पैसा तोकिएको  छ । राष्ट्र बैँकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैँक ले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैँक को ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख छ ।