वनमन्त्री ठकुरीले मन्त्रालयबाट प्रारम्भ गर्नुभयो ‘प्लास्टिक फ्रि जोन’ अभियान
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले केन्द्रीय प्रशासनिक भवन सिंहदरबार क्षेत्रमा मानव स्वास्थ्य र वातावरणमा असर गर्ने प्लास्टिकका सामग्रीको प्रयोग हटाउन ‘प्लास्टिक फ्रि जोन’ अभियानको सुरुआत गर्नुभएको छ ।
हवाई सेवा सुरक्षित बनाउन योजनाबद्ध काम भइरहेको छ : प्रवक्ता गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली आकाशमा लगातार हवाई दुर्घटना हुनु चिन्ताको विषय भएको बताउनुभएको छ ।
तनहुँमा नागरिकताभन्दा राहदानी लिने बढी
जिल्लामा एक वर्षको अवधिमा नागरिकताभन्दा बढी राहदानी वितरण भएको छ । जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा १५ हजार सात सय ७७ राहदानी वितरण गरेको छ ।
जनकपुरधाममा झुलाको रौनक हराउँदै
मिथिला क्षेत्रको महत्त्वपूर्ण लोकपर्वमध्ये एक झुला महोत्सव पनि हो । बुधबार बेलुकादेखि सुरु भएको मिथिलाको लोक पर्व झुला महोत्सव रौनक विगतमा भन्दा कम भएको देखिएको छ ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन प्रक्रिया अघि बढ्यो
प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय तथा मानव अधिकार समितिबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वसम्मत पारित भएपछि ऐन संशोधन प्रक्रिया अघि बढेको छ ।
युनुस स्वदेश फिर्ता, केही महिनाभित्र चुनाव गराउने प्रतिवद्धता
नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुस कार्यबाहक सरकारको नेतृत्व गर्न बिहीबार स्वदेश फर्किनु भएको छ ।
हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध
हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध छ ।
झुला पर्व सुरु
महोत्तरी जिल्लाको मटिहानी नगरपालिका-७ मा अवस्थित प्रसिद्ध लक्ष्मीनारायण मठमा परम्परागतरुपमा मनाइँदै आएको पौराणिक झुला पर्व बुधबार रातिदेखि सुरु भएको छ ।
बालबालिकाको क्षेत्रमा कर्णाली प्रदेश सरकारको लगानी न्यून
बालबालिकाको क्षेत्रमा कर्णाली प्रदेश सरकारको लगानी न्यून रहेको छ ।
नेप्से परिसूचक उकालो यात्रामा
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ७० अङ्कले उकालो लागेर दुई हजार सात सय ६६ दशमलव ३८ मा पुगेको छ ।
सवारी दुर्घटना : तीन वर्षमा २८ जनाको मृत्यु
जुम्लामा पछिल्लो तीन वर्षको अवधिमा ९१ सवारी साधन दुर्घटना भएका छन् । ती दुर्घटनामा परेर २८ जनाको मृत्यु भएको छ ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक कानुन समितिबाट पारित
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधि सभा, कानुन, न्याय तथा मानवअधिकार समितिबाट सर्वसम्मतिले पारित भएको छ ।
विद्युत महसुल नतिर्ने ७ सय जना ग्राहकको लाइन काटियो
नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रले एक वर्षमा महसुल नबुझाउने ७१५ जना ग्राहकको लाइन काटेको छ । आर्थिक वर्ष २०८०-८१ को असार मसान्तसम्म समयमै महसुल नबुझाउने ग्राहकको लाइन काट्नुको साथै १०८ जनामा ग्राहकलाई कालोसूचीमा राखेको छ।
नगरप्रहरीले नागरिकमैत्री काम गरिरहेको छ : प्रमुख महर्जन
ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले नगर प्रहरीले नागरिकमैत्री भएर सकारात्मक काम गरिरहेको बताउनुभएको छ ।
हेलिकप्टर दुर्घटना अपडेट : मृतकको शव परीक्षण थालियो
नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका यात्रीको शव परीक्षण थालिएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण थालिएको एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितले राससलाई जानकारी दिनुभयो ।
‘वन्यजन्तुलाई वनभित्रै आहारा व्यवस्थापन गर्न फलफूल जङ्गल’
प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले सरकारले फलफूल जङ्गलको अवधारणा अघि सारेको बताउनुभएको छ ।
बाढी पहिराेको उच्च जोखिममा नवलपुर
नवलपुर जिल्ला भौगोलिकताका आधारमा तीनतले जिल्ला हो । उच्च, मध्य र तल्लो भागमा विभाजित रहेको जिल्ला पहाडी र समथर भएकाले बाढी, पहिरो, र डुबानको जोखिमयुक्त क्षेत्र हो ।
नागलाई खुसी पार्न नागपूजा गरिने
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी भोलि परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा तस्बिर टाँसेर मनाइँदै छ ।
नागपञ्चमीमा दुई पालिकामा बिदा
नागपञ्चमी पर्वको अवसरमा कपिलवस्तुका दुई पालिकाले स्थानीय बिदा दिने भएकाे छ ।
आयुर्वेद प्रतिष्ठानको आवश्यकता
आयुर्वेद संसारकै पुरानो चिकित्सा पद्धति हो । पूर्वीय दर्शनमा आधारित यो पद्धति अहिले पनि उत्तिकै सान्दर्भिक र भरपर्दो छ ।
बेनीघाट-आरखेत सडक अवरुद्ध
गोरखाको बेनीघाट–आरुघाट सडक खण्ड अवरुद्ध भएको छ । गोरखामा बुधबारदेखि निरन्तर रूपमा परेको अविरल वर्षाका कारण गण्डकी गाउँपालिका–५ दर्बुङस्थित लक्ष्मिचोकमा गएको ठुलो पहिरोले सडक अवरुद्ध हुनुका साथै आवतजावतमा समस्या भएको हो ।
कर्णालीको प्रदेश स्वास्थ्य ऐन २०७८ कार्यान्वयनको समीक्षा
कर्णाली प्रदेश सरकारले वि.सं. २०७८ सालमा बनाएको कर्णाली प्रदेश स्वास्थ्य सेवा ऐन २०७८ को उत्तर विधायिकी परीक्षणका लागि सामाजिक विकास समितिको टोली अहिले जिल्ला जिल्लामा पुगेको छ ।
कार्य सम्पादनमा रुपन्देही प्रथम, धनुषा ७७ औँ स्थानमा
गत आर्थिक वर्ष २०८०-८१ मा सबैभन्दा राम्रो कार्य प्रगति रुपन्देही जिल्ला प्रशासन कार्यालयको देखिएको छ । गृह मन्त्रालयको प्रतिवेदनअनुसार रुपन्देही जिल्लाको कार्य प्रगति सबैभन्दा राम्रो देखिएको हो ।
छ किलो कोकिनसहित विमानस्थलबाट विदेशी नागरिक पक्राउ
प्रहरीले छ किलो २४ ग्राम अवैध लागुऔषध कोकिनसहित एकजना विदेशी नागरिकलाई पक्राउ गरेको छ । कतार एयरवेजको उडानद्वारा नेपाल आएका लाटभियाका नागरिक इभ्रस भलटेर्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको आगमन कक्षबाट लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।