• १२ फागुन २०८१, सोमबार

पेस्तोलसहित भारतीय नागरिक पक्राउ

blog

शिवकुमार रिजाल

हेटौँडा, फागुन १२ गते । भारतीय सीमावर्ती क्षेत्रबाट मकवानपुर हुँदै चितवनतर्फ जाँदै गरेको यात्रुबाहक बस चढेर आएका दुई जना भारतीय नागरिक पेस्तोल र गोलीसहित पक्राउ परेका छन् । 

रौतहटको गौरबाट चितवनतर्फ जाने क्रममा रहेको ना. ८ ख. ८७७३ नम्बरको बसमा सवार व्यक्तिहरूले अबैध हतियार पेस्तोल बोकेको भन्ने सूचना पाएपछि प्रहरीले उक्त बसलाई आइतबार दिउँसो हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चेकपोस्टमा रोकी चेकजाँच गरेको थियो । 

सो क्रममा भारतीय नागरिक बिहार राज्य सिहुहर जिल्ला धनहराग्राम बस्ने २२ वर्षका धिरजकुमार र भारतकै मोतीहारी जिल्ला बहरीग्राम बस्ने २६ वर्षीय दीपककुमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनीहरूको साथबाट ९ एमएम अटो पेस्तोल र ३ थान गोली समेत बरामद गरिएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।