• १२ असोज २०८१, शनिबार

नागपञ्चमीमा दुई पालिकामा बिदा

blog

कपिलबस्तु नगरपालिकाको प्रशासनिक भवन । तस्बिर : नारद कोहार

नारद कोहार

तौलिहवा (कपिलबस्तु), साउन २४ गते । नागपञ्चमी पर्वको अवसरमा कपिलवस्तुका दुई पालिकाले स्थानीय बिदा दिने भएकाे छ । जिल्लाको कपिलवस्तु नगरपालिका र यशोधरा गाउँपालिकाले नागपञ्चमी पर्वको अवसरमा शुक्रबार बिदा दिने निर्णय गरेका हुन् ।

कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्यालका अनुसार नगरपालिका क्षेत्रमा मनाइने नागपञ्चमी पर्वको अवसरमा बिदा दिइएको बताउनुभयो । उहाँले शुक्रबार नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थाहरु (अति आवश्यक सेवा बाहेक), शिक्षण संस्थाहरु तथा मातहतका सम्पूर्ण संस्थाहरुलाई स्थानीय बिदा दिइएको जानकारी दिनुभयाे ।

त्यस्तै, यशोधरा गाउँपालिकाका अध्यक्ष शिवदयाल तिवारीका अनुसार हिन्दु धर्मावलम्बीको महान पर्व साउन शुक्ल पञ्चमी (नागपञ्चमी पर्व) को पावन अवसरमा कस्मिक सेवा बाहेक (स्वास्थ्य संस्था) पालिका अन्तर्गतका कार्यालयहरुमा बिदा दिइएको बताउनुभयो ।