• १२ असोज २०८१, शनिबार

बेनीघाट-आरखेत सडक अवरुद्ध

blog

गुणबहादुर रोका 

सुलीकोट, साउन २४ गते । गोरखाको बेनीघाट–आरुघाट सडक खण्ड अवरुद्ध भएको छ । गोरखामा बुधबारदेखि निरन्तर रूपमा परेको अविरल वर्षाका कारण गण्डकी गाउँपालिका–५ दर्बुङस्थित लक्ष्मिचोकमा गएको ठुलो पहिरोले सडक अवरुद्ध हुनुका साथै आवतजावतमा समस्या भएको हो ।

बेनीघाट–आरुघाट सडक खण्डको मुख्य सडकको रूपमा रहेको दर्बुङको लक्ष्मिचोकमा अविरल वर्षाले १०० मिटर माथिबाट आएको पहिरोले दैनिक रूपमा चल्ने सयौँ सवारी साधन तथा नागरीहरूमा प्रत्यक्ष प्रभाव परेको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमेल्सेना साकारले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक हजारौँ नागरिकहरू सवारी साधनबाट त्यही सडक बाटो भएर उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका, धार्चे गाउँपालिका, आरुघाट गाउँपालिका र भीमसेन थापा गाउँपालिकाका सयौँ नागरिकहरू सडक यात्राबाट यात्रा गर्न वञ्चित भएका उहाँले बताउनुभयो । 

बुधबारदेखि परेको अविरल वर्षाका कारण पहिरोले सडक क्षतविक्षत अवस्थामा पुर्‍याएको छ । गण्डकी गाउँपालिका ५ दर्बुङको लक्ष्मिचोकमा १०० मिटर माथिबाट आएको भीषण पहिरोले ठुला ठुला ढुङ्गा, रुखहरू र लेदो सहितको पहिरोले सडकमा आबताजाबतमा समस्या परेको गण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटीले बताउनुभयो । 

बेनीघाट–आरुघाट सडक खण्डको मुख्य सडक भएकाले उक्त ठाउँमा ठुला पहिरो गइरहेकाले उक्त सडकबाट यात्रा नगर्न र त्यसको वैकल्पिक सडक बाटो प्रयोग गर्न गण्डकी गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै बेनीघाट आरखेत सडकमा यात्रा नगर्न अपिल समेत गरेको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमेल्सना साकारको भनाइ छ।

सडक खुलाउन तथा नागरिकहरूको सहज यात्राको लागि वर्षात रोकिने बित्तिकै काम सुरु गर्ने गाउँपालिकाले जनाएको छ । त्यस सडक खण्ड समयमै पहिरो नरोकिएमा सयौँ नागरिकहरू त्यस सडक यात्राबाट यात्रा गर्न वञ्चित हुने देखिएको गाउँपालिकाका – ५ वडा अध्यक्ष पवनमान बयलकोटीले जानकारी दिनुभयो ।