• १२ असोज २०८१, शनिबार

छ क्विन्टल गाँजा सहित तीन जना पक्राउ

blog

प्रहरीले बरामद गरेको गाँजासहितका ट्रक र पक्राउ परेका कारोबारी । तस्विरः नेपाल प्रहरी

रवीन्द्र उप्रेती

बर्दिबास, साउन २४ गते । प्रतिबन्धित लागू औषध गाँजा तथा ब्राउन सुगरसहित  ३ जना नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीले बुधवार (हिजो) अपराह्न ५ बजेतिर बर्दिबास १ स्थित पूर्वपश्चिम लोकमार्ग दक्षिण भवसी खोला आसपासबाट ६ क्विन्टल ११ किलो तयारी गाँजासहित भारत मोतीहारी ग्राम पञ्चायत कुरिया गाउँका २५ वर्षीय गुड्डुकुमार यादव, २९ वर्षीय मनीषकुमार गिरीलाई पक्राउ गरेको हो । 

बर्दिबास १ स्थित सिन्धुली चोकबाट २ ग्राम ३३० मिलिग्राम तौल बराबरको खैरो हिरोइन (ब्राउन सुगर) सहित धनुषा जानकीनन्दनी गाउँपालिका ५ खजुरी महुवाका १९ वर्षीय ओम महरालाई समेत पक्राउ गरेको जिल्ला प्रहरीका डिएसपी सन्तुलालप्रसाद जयसवारले बताउनु भयो । 

बा.प्रा ०३–००१ ख २८३२ नम्बरकाे मिनी ट्रकबाट उक्त गाँजा बरामद गरिएको हो । पक्राउ परेका तीनै जनामाथि प्रहरीले अनुसन्धान कारबाही अघि बढाएको छ । बरामद लागू औषधको बजार मूल्य एक करोडभन्दा बढी रहेको प्रहरीको भनाइ छ ।