आँधीखोलामा बेपत्ता विद्यार्थी मृत भेटिए
स्याङ्जाको आँधीखोलामा पौडी खेल्नेक्रममा बेपत्ता भएका विद्यार्थी मृत अवस्थामा भेटिएका छन् ।
विद्युत बक्यौता नतिर्ने ग्राहकको लाइन काटियो
नेपाल विद्युत प्राधिकरणको अनारमनी वितरण केन्द्रले गत आर्थिक वर्ष २०८०/८१ मा महसुल नबुझाउने एक हजार एक सय ७० ग्राहकको लाइन काटेको छ ।
अनियमितताका ‘फाइल’ अनुसन्धान हुनुपर्ने
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भुटानी शरणार्थी र गिरीबन्धु टी स्टेटका फाइल कानुनअनुसार अनुसन्धान हुनुपर्ने बताउनुभएको छ ।
माछाको परिकारले बढाए पर्यटक
पोखराको विजयपुरवारिको लेखनाथ क्षेत्र सात तालबाट चर्चित छ । यहाँका सातवटै ताल रामसार सूचीमा सूचीकृत छन् । तर लेखनाथ क्षेत्रमा तालका कारण नभई यहाँका पाइने माछाका परिकारले चर्चित छ ।
दुई हजार रोपनीमा फलफूल बगैँचा स्थापना
तनहुँमा एक वर्षको अवधिमा दुई हजार बढी रोपनी क्षेत्रफलमा फलफूल, लिची, आँप आदिको क्षेत्र विस्तार गरिएको छ ।
ठाडी भन्सारबाट लक्ष्यभन्दा कम राजस्व सङ्कलन
जिल्लाको भगवानपुर गाउँपालिका-४ ठाडीस्थित भन्सार कार्यालयको राजस्व सङ्कलन लक्ष्यभन्दा आधाले घटेको छ । भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा पाँच करोड राजस्व कम सङ्कलन गरेको हो ।
सुरक्षण मुद्रण केन्द्रको काममा भएन प्रगति
काभ्रेपलान्चोकको पनौती नगरपालिका –५ मा सुरक्षण मुद्रण केन्द्र स्थापनाका लागि सरकारले सालबसाली रूपमा केन्द्रका लागि आवश्यक पर्ने मुद्रण उपकरण खरिद गर्दा छापाखाना निर्माणको काममा प्रगति हुन सकेको छैन ।
मकै गोड्न नमान्दा बालविवाहको उजुरी, दलित परिवार भोकै
एक अपाङ्ग दलित महिलालाई छिमेकीले मकै गोड्न बोलाउँदा उनले छोरी पराई घर गई सकेको भनेपछि फोनबाट प्रहरीमा बालविवाहको उजुरी परेको छ । महिलाले श्रीमानको मृत्युपछि आरनको काम बन्द हुँदा छोराछोरी हुर्काउन गाह्रो भएको गुनासो गर्नु भएको छ ।
गुरुङको अध्यक्षतामा रिकोन गठन
नेपाल नवीकरणीय ऊर्जा परिसंघ (रिकोन) को अध्यक्षमा कुशल गुरुङ चयन हुनु भएको छ । शुक्रबार रिकोनको सम्पन्न ७औँ साधारण सभाबाट गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो ।
काभ्रेको श्वेत भैरव मन्दिर
काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका वडा नं ५ खडपु वा श्रीखण्डपुरमा अवस्थित प्रख्यात श्वेत भैरवको मन्दिर। बनेपा बजारदेखि पनौती जाँदा करिब २ किलाेमिटरको दुरीमा, सडकको बायाँतर्फ अर्थात् खोलाको पारी उच्च स्थानमा अवस्थित रहेको छ प्रख्यात एवं प्राचीन श्वेत भैरवको मन्दिर।
तरकारी खेतीमा जमेका शर्मा दम्पती
जलजला ७ धाइरिङ मिलन चोकका युवा किसान दीपक शर्माले व्यावसायिक ताजा तरकारी उत्पादन गरेर राम्रो आम्दानी लिनुभएको छ । बुबा आमाले अङ्गालेको निर्वाहमुखी परम्परागत कृषि पेसालाई व्यावसायिक बनाउँदै दीपक र उहाँको श्रीमती सीता शर्मा गाउँपालिकाकै नमुना किसानको परिचय बनाउनुभएको छ ।
पानी सङ्कट दोषी रुख कि मानव ?
काठका लागि उपयोगी मानिने मसलाका रुख तराईमा जताततै रोपिएका छन् । छिटो वृद्धि हुने र सदाबहार हरियो देखिने यसलाई तराईमा सपेता तथा भिक्स पनि भन्ने गरिन्छ । बिरुवा रोपेको सात/आठ वर्षमै आ
आठ हजार चालक रसिदकै भरमा सवारी कुदाउँदै
राजमार्गमा होस अथवा जुनसुकै सडकमा सवारी चलाउन चालक अनुमति पत्र अनिवार्य छ । तर, एक वर्ष यता ८ हजार बढीले चालक अनुमति पत्र पाउन नसक्दा रसिदकै भरमा आफ्नो सवारी चलाउनु परेको छ ।
पर्यटक पर्खिरहेको स्यार्पुताल
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ र ५ मा फैलिएको कर्णालीकै पर्यटकीय स्थल स्यार्पुताल यति बेला टम्म भरिएको छ । बर्खा लागेसँगै लोभलाग्दो सुन्दरता बढिरहेको स्यार्पुतालले यति बेला पर्यटक पर्खिरहेको छ ।
दुष्ट बकुल्लो चलाख गँगटो
एकादेशमा वनको बिचमा अनेकानेक जलचरले युक्त एउटा ठुलो जलाशय थियो । त्यसै जलाशयको किनारमा वृद्धावस्थाका कारण माछा मारेर खान असमर्थ एउटा बकुल्लो पनि बस्थ्यो । एक दिन भो
तीन वर्षदेखि पुल अलपत्र, सास्ती खेप्दै स्थानीयवासी
कालीकोटको नरहरिनाथ गाउँपालिका वडा नं १ कोटवाडा र वडा नं ६, ७, ८ र ९ लालु, माल्कोट जोड्ने रहगाड खोलाको पुल बगाएको लामो समय भयो । वर्षातको भेलले पुल बगाउँदा त्यस यता नरहरिनाथ गाउँपालिका भित्रका पाँच वडाका नागरिकलाई सास्ती भइरहेको छ । रहगाडखोलाको झोलुङ्गे पुल नबन्दा स्थानीयवासीलाई वर्षातको समयमा निकै सास्ती भइरहेको छ ।
अमेरिका सपना लुकेको पीडा
जब अमेरिकाले प्रवेश अनुमति दियो एक एक दिन गर्दागर्दै अमेरिका उड्ने दिन सँघारमै आएर उभियो । मेरो साथीको भने सधैँ जसो तौलको अनुमति पाएको दुई वटा ठुला झोला थिए । यात्रामा भेटिएका यात्री कहिले ग
मधेश अन्तर्सङ्घर्षको कथा
विसं २०४६ पछिको नेपाली राजनीतिमा मधेश र मधेश आन्दोलनसँग गाँसिएर आउने नाम हो, राजेन्द्र महतो । काठमाडौँमा वर्णभेदको टिठलाग्दो मनोविज्ञान छ । क्षेत्रलाई हेर्ने केन्द्रको मिचाहा संरचना र स्वभाव छ
गजल
स्वाभिमानी गालाभरि अनुदानको डाम थियोे मागी हिँड्नेको सूचीमा तिम्रो पनि नाम थियोे !
यो देश कहाँ पाऊँला (कविता)
घामको चुल्ठो बाटेर चन्द्रमा शिरफूल लाऊँला
कुुलुङ संस्कार र अल्लो
एक हजार दुई सय मिटरदेखि तीन हजार मिटरको उचाइमा पाइने अल्लो अर्थात् ‘भाङ्ग्रे सिस्नो’ लाई अङ्ग्रेजी भाषामा ‘हिमालयन जायन्ट नेटल’ भनिन्छ भने कुलुङ जातिले चाहिँ आफ्नो मातृभाषामा ‘जा–खिल्ल/जाखिल्मा’ भन्ने गर्छ
जनस्वास्थ्यमा ऐतिहासिक कदम
वि.सं १९४४ वैशाख महिनामा शिलान्यास गरी भवन निर्माण भइसकेपछि वि.सं १९४७ साउन १२ गते ‘श्री पृथ्वी–वीर हस्पिटल’ को विधिवत् उद्घाटन गरियो । १५ शप्याबाट सुरु भएको उक्त अस्पताल शैया, वार्ड र एकाइहरू थप गर्दै अहिले देशकै ठुलो अस्पताल वीर अस्पतालका रूपमा परिचित छ ।विरशमशेरको जन्म वि.सं १९०९ मङ्सिर २७ गते धीरशमशेरका जेठा छोराका रूपमा भयो । उनी जन्मेकै दिन उनकी आमाको मृत्यु सुत्केरी जटिलताका कारण भयो । त्यसपछि उनको स्याहारसुसार तत्कालीन प्रधानमन्त्री जङ्गबहदुर राणाको थापाथलीस्थित दरबारमा भयो । उनको पढाइ ब्रिटिस भारतस्थित कलकत्ताको अङ्ग्रेजी कलेजमा भयो । तत्कालीन श्री ३ महाराज तथा प्रधानमन्त्री रणोद्वीप सिंहको हत्या गरी वि.सं १९४२ कात्तिक १५ गते ३४ वर्षीय वीरशमशेर प्रधानमन्त्री तथा श्री ३ महाराज बने । वीरशमशेर प्रधानमन्त्री बनेपछि उनको नेतृत्वमा नेपालको स्वास्थ्य क्षेत्रमा युग परिवर्तन गर्ने ऐतिहासिक निर्णयहरू भए । त्यसमध्ये विसं १९४७ साउन १२ गते उद्घाटन भएको वीर अस्पतालका बारेमा मात्रै धेरै चर्चा हुने गरेको छ । वीर अस्पतालबाहेक पनि उनले जनस्वास्थ्यका क्षेत्रमा धेरै महìव राख्ने अन्य ऐतिहासिक कार्य गरेका छन् । यहाँ तिनै कार्यहरूका बारेमा सङ्क्षिप्त चर्चा गरिएको छ । पश्चिमा चिकित्सा पद्धतिको संस्थागत विकासपरम्परागत चिकित्सा पद्धति रहेको नेपालमा पश्चिमा आधुनिक चिकित्सा पद्धतिको जग बसाउने श्रेय वीरशमशेरलाई छ । वि.सं १९४४ वैशाख महिनामा शिलान्यास गरी भवन निर्माण भइसकेपछि वि.सं १९४७ साउन १२ गते ‘श्री पृथ्वी–वीर हस्पिटल’ को विधिवत् उद्घाटन गरियो । १५ शप्याबाट सुरु भएको उक्त अस्पताल शøया, वार्ड र एकाइहरू थप गर्दै अहिले देशकै ठुलो अस्पताल वीर अस्पतालका रूपमा परिचित छ । यो अस्पताल सँगसँगै वि.सं १९४७ साउनमा नै ‘आफ्ना रैती दुनियाँको एक पैसा खर्च नभई औषधी गर्न पाउन्या’ गरी ‘देशभरका छोटा बडा सबैको रक्षा हवस् भन्ना निमित्त’ ‘बेथा हेरी बेथा अनुसारको औषधी दिन्या, बिरामीहरूको हिफाजात पुगोस् भन्ना निमित्त डाक्टर हरदम राखि दिई’ तराईका रङ्गेली, जलेश्वर, हनुमाननगर, तौलिहवा, नेपालगन्ज र वीरगन्जमा पृथ्वी–वीर अस्पतालहरू स्थापना गरिएको थियो (गोपीनाथ शर्मा, नेपालमा शिक्षाको इतिहास, भाग १, २०६८, पृ ७३–७४) । त्यस बेला यी अस्पतालमा सबै उपचार निःशुल्क हुन्थ्यो । चिकित्सकलगायत स्वास्थ्यकर्मी भारतबाट ल्याएर सेवा दिइएको थियो । वीरशमशेरले देशभर रणनीतिक महìवका स्थानहरूमा अस्पताल स्थापना गरे, जसले स्वास्थ्य सेवामा जनताको पहुँच बढ्यो । अस्पतालहरूको खर्च व्यववस्थापनका लागि गुठी खडा गरी गुठीका नाममा ‘नयाँ मुलुक’ लगायत तराईका विभिन्न स्थानमा हजारौँ बिगाह जमिन छुट्याए ।स्वास्थ्य जनशक्तिको व्यवस्था देशका विभिन्न स्थानमा अस्पताल, डिस्पेन्सरीहरू स्थापना गरिसकेपछि आवश्यक प्राविधिक जनशक्ति उत्पादनको योजनासहित वीरशमशेरले काम गरेका थिए । विसं १९५७ असारमा काठमाडौँको सुन्धारा नजिकै पहिलो पटक आधुनिक चिकित्साको विद्यालय खोलियो (गोपी २०६८ः७४) । सो विद्यालयमा चिकित्सासम्बन्धी सिप सिक्न पल्टन (सेना) बाट १० जवानलाई पल्टनीया खान्गीमा कौषी तोषाखानाबाट वर्षको २४ देखि ४८ रुपियाँसम्म थप दिइने गरी पठाइएको थियो । तिनीहरूलाई पढाउन डा. रामकृष्ण मुखर्जी (बङ्गाली चिकित्सक) लाई खटाइएको थियो । उनैले विसं १९६६ मा ‘येनाटमी’ भन्ने शरीर रचनासम्बन्धी पुस्तक नेपाली भाषामा लेखेर प्रकाशन गरे (डा.राजेश गौतम, आवृत्ति : १९९५ः ११) । परम्परागत चिकित्सा प्रणालीलाई पनि जनशक्ति अभाव नहोस् भनी ‘वैद्यखाना पाठशाला’ खोली त्यहाँ पढाउने शिक्षकको व्यवस्था गरे । यसरी उत्पादित जनशक्तिलाई अस्पताल र औषधालयहरूमा काम गर्न पठाइन्थ्यो । अपुग जनशक्ति भारतका कलकत्ता र अन्य सहरबाट ल्याइन्थ्यो । वीरधारा र ढलको व्यवस्था धेरै सङ्ककणक रोगहरू पानी र सरसफाइ सम्बन्धित छन् भन्ने वीरशमशेरले बुझेको देखिन्छ । उनले आफू प्रधानमन्त्री भएको दुई वर्षभित्र खानेपानीको प्रबन्ध गर्न चाहेका थिए । उनले विसं १९४४ तिर काठमाडौँस्थित बेलाइती आवासीय दूतमार्फत ब्रिटिस–भारतसँग काठमाडौँ उपत्यकामा खानेपानी वितरण योजनाबारे प्राविधिक जनशक्तिको माग गरेका थिए । सोहीबमोजिम विसं १९४४ मा काठमाडौँका लागि उत्तरतर्फ रहेको शिवपुरीबाट बुढानीलकण्ठ हुँदै पिउनेपानी ‘वीरधारा’ ल्याउने योजना तर्जुमा गरी सोको शिलान्यास पनि गरे । विसं १९४७ मा वीरधाराको कार्य पूरा भयो र विसं १९४८ साउनमा काठमाडौँ उपत्यकामा कलधाराबाट पिउनेपानी आउने व्यवस्था भई यसको विधिवत् उद्घाटन भयो (पुरुषोत्तम ः २०७६ः३३८) । वीरशमशेरले आफ्नो दरबारमा छ वटा धारा र अन्य विभिन्न स्थानमा तीन सय वटा धारा जडान गराए । ती धारमा तामाको पातामा ‘वीर धारा सन् १८९०’ लेखेर टाँसिएको छ । ती धारामा चौबिसै घण्टा पानी आउँथ्यो । विसं १९४५ मा वीरशमशेरकै पालामा भक्तपुर (भादगाउँ) मा समेत महादेव खोलाबाट पाइपमा पानी ल्याई वितरण गरियो । त्यस्तै भिक्षाखोरी (अमलेखगन्ज) देखि सिमरासम्म ठाउँ ठाउँमा कलधारा राखिएका थिए । यात्रीहरूले सफा चिसो पानी पिउन पाउँथे । कलधारा सँगसँगै काठमाडौँ र भक्तपुरमा ढलको समेत व्यवस्था गरियो । वीरशमशेरको यो कार्यलाई बेलाइती अखबार र प्रतिनिधिहरूले समेत ‘ठुलो उपलब्धि’ भनेर प्रशंसा गरेका थिए । ब्रिटिस मेडिकल जर्नल (१८९५ डिसेम्बर) ले काठमाडौँमा ‘यो खानेपानी पिउन थालेपछि हैजा कम भएको’ छापेको थियो । यसरी वीरशमशेरले खानेपानी र सरसफाइका सवालमा नयाँ प्रविधि भिœयाएर ऐतिहासिक काम गरेका थिए । यो कामलाई व्यवस्थित गर्न ‘पानी गोश्वारा’ भन्ने अड्डा खडा गरी त्यहाँ प्राविधिक र अन्य कर्मचारीहरूको दरबन्दी सिर्जना गरेका थिए । उनले सहर सफा राख्न, सडक चौडा बनाउन ‘सफाइ आन्दोलन’ समेत चलाएका थिए । हैजा र कुष्ठरोगीका लागि छुट्टै अस्पतालत्यस बेला नेपालको जनस्वास्थ्यको प्रमुख रोग हैजा, झाडापखाला, औलो, गलगाँड, हात्तीपाइले, कुष्ठरोग (महारोग), भिरिङ्गी (यौनरोग) आदि थिए । हैजाको महामारीबाट प्रत्येक वर्ष दरबारियादेखि सर्वसाधारण रैती सबै एकै पटक प्रभावित बन्थे र सयौँ मानिसको अकालमा मृत्यु हुन्थ्यो । यही तथ्य बुझेर विसं १९४७ तिर ‘हैजा अस्पताल’ का नाममा काठमाडौँ त्रिपुरेश्वरमा हैजाका बिरामीका लागि उपचार केन्द्र खोलियो । यसलाई पछि वीर अस्पतालकै एकाइका रूपमा राखियो । त्यसबेला प्रत्येक वर्ष चैत–वैशाखदेखि कात्तिक–मङ्सिरसम्म महामारीकै रूपमा देखिने पानीजन्य सरुवा रोग हैजाको उपचार केन्द्र खोलिनु ऐतिहासिक कार्य थियो । त्यस्तै महारोग भनेर चिनिने कुष्ठरोग लागेका व्यक्तिलाई असाध्यै हेयका दृष्टिले हेरिन्थ्यो र घरमा नराखी टाढा एकान्तमा राखिन्थ्यो । यो रोग लागेकाहरू दीर्घ रूपमा रोगी र अपाङ्गत हुन्थे । यो ठुलो जनस्वास्थ्य समस्याका रूपमा थियो । यो समस्या बुझेर वीरले त्रिपुरेश्वर र पछि खोकनामा कुष्ठरोगीका लागि छुट्टै अस्पताल बनाउन लगाए । अर्को जनस्वास्थ्य समस्याका रूपमा रहेको थियो बिफर । बिफरको महामारीलाई रोक्न खोप मात्र एउटा उपाय थियो तर धेरै जनताले खोप लगाउन चासो दिएका थिएनन् । सबैले खोप लगाउन् भनेर वीरशमशेरले ‘बिफरको खोप लगाउन अनिवार्य’ गराए । खोप र खोप लगाउने जनशक्तिको पनि सहज व्यवस्था गरे । अन्य सुधारवीरशमशेरले परम्परागत आयुर्वेद चिकित्सा प्रणालीको विकास र बिरामीलाई चाहिने औषधीको अभाव हुन नदिन अनि औषधी उत्पादनमा सहज वातावरण बनाउन थापाथली दरबारमा रहेको ‘वैद्यखाना’ लाई सुधार गरी सहज स्थानमा सारे । कर्मचारी र सुरक्षाकर्मीहरू थपे । अत्यधिक मूल्य वृद्धिले जनजीविकालाई सताइरहेका बखत बजार मूल्य नियन्त्रणका लागि वीरशमशेरले पाँच सदस्यीय एक समिति गठन गरे जसले अन्न कुहाएर रक्सी बनाउन नपाउने गरी प्रतिबन्ध लगाउन सुझाव दिएको थियो । यसले अनिकाल र भोकमरी हटाउन सघाउ पुग्थ्यो । सती प्रथा जस्तो कुप्रथा अन्त्यका लागि कानुनी र व्यावहारिक कदम चालेर महिलाको अमानवीय मृत्यु रोक्ने, महिला स्वास्थ्यलाई प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने कदम चालेका वीरशमशेरले दास प्रथा अन्त्य गर्ने प्रयासस्वरूप केही कमाराकमारीलाई मुक्त गरेको पनि स्मरणीय छ । वीरशमशेरले जम्मा १५ वर्ष आठ महिना शासन गरे तर उनले समाज सुधारका विभिन्न कार्य गरे । जनस्वास्थ्य क्षेत्रमा त उनैले जग राखेर ऐतिहासिक योगदान दिए ।
प्रसिद्ध स्थल त्रिपुरासुन्दरी
क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठुलो जिल्ला हो, डोल्पा । छ हजार ८८९ वर्ग किलोमिटर क्षेत्रमा यो फैलिएको छ । तीन हजार ५५५ वर्ग किलोमिटरमा विस्तारित से फोक्सुन्डो राष्ट्रिय निकुञ्ज यही जिल्लामा
ग्रामीण पर्यटन विकासको मुख्य मोडेल
पर्यटकले स्थानीय गाउँको परम्परागत जीवनशैली, वेशभूषा, नृत्य, सङ्गीत र अन्य सांस्कृतिक कार्यव्रmमको अनुभव गर्छन् । स्थानीय खानपान, हस्तकला र परम्परागत उत्पादनको प्रदर्शनी र बिव्रmी पनि ग्रामीण पर्यटनको हिस्सा बन्छ । त्यसैले ग्रामीण पर्यटनको विकास नै अबको विकासको मुख्य मोडेल हो ।