मतदान सामग्री बोकेर कार्यक्षेत्र लागे कर्मचारी र प्रहरी
प्रतिनिधि सभा सदस्य निर्वाचन गराउन मतदान सामग्री बोकेर कर्मचारी र प्रहरी आआफ्नो कार्यक्षेत्र लागेका छन् । बिहीबार हुने निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, मतदान सहायक, सुरक्षामा खटिने प्रहरी टोली मतदान सामग्री बोकेर टोली सोमबार बिहानदेखि कार्यक्षेत्रमा खटिएको हो । मतदानको दिन प्रयोग हुने सामग्री ५१ प्रकारका छन् ।
कर्मचारी तीन दिन हिँडेर साइपाल
बझाङ जिल्लाको दुर्गम हिमाली क्षेत्र साइपाल गाउँपालिकाका मतदान केन्द्रमा निर्वाचन गराउन खटिएका कर्मचारी तथा सुरक्षाकर्मी तीन दिनसम्म पैदल हिँडेर कार्यक्षेत्रतर्फ प्रस्थान गरेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार साइपालका तीन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत, सहायक कर्मचारी र सुरक्षाकर्मी निर्वाचन सामग्री बुझेर केही शनिबार र केही आइतबार र बाँकी रहेका सोमबार सदरमुकाम चैनपुरबाट हिँडेका हुन् । दुर्गम भूगोलका कारण सम्बन्धित केन्द्रसम्म पुग्न तीन दिनसम्म पैदल यात्रा गर्नुपर्ने भएकाले टोलीलाई समयमै पठाइएको मुख्य निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले जानकारी दिनुभयो ।
झापामा निर्वाचनको तयारी पूरा
आगामी बिहीबार हुने निर्वाचनका लागि झापाका पाँच वटै निर्वाचन क्षेत्रमा सम्पूर्ण प्रकारले आवश्यक प्रशासनिक र प्राविधिक तयारी पूरा भएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित धिमाल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित धिमाल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित खश जुम्ली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित खश जुम्ली भाषा
पठाइयो निर्वाचन सामग्री
प्रतिनिधि सभा निर्वाचनका लागि बागलुङका १३२ मतदान केन्द्रमा निर्वाचन सामग्री पठाउन सुरु गरिएको छ । निर्वाचनका लागि आवश्यक पर्ने ४९ प्रकारका विभिन्न सामग्रीसहित मतपेटिका, मतपत्रसहित कर्मचारी, सुरक्षाकर्मी मतदान केन्द्रमा जान थालेका छन् ।
मतदान केन्द्रतर्फ कर्मचारी प्रस्थान
यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दाङ र बाँकेमा मतदान केन्द्रतर्फ कर्मचारी र सुरक्षाकर्मी खटिन सुरु गरेका छन् । निर्वाचनका लागि आवश्यक मतपत्र, मतपेटिकालगायतका सामग्री बुझेर कर्मचारी सम्बन्धित मतदान केन्द्रतर्फ प्रस्थान गरेका हुन् ।
मौन अवधिको मर्म
अनेक आशङ्का चिर्दै फागुन २१ को निर्वाचन नजिक आएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन अब नयाँ चरणमा प्रवेश गरेको छ । गएराति १२ बजेदेखि निर्वाचनको मौन अवधि सुरु भएको छ । मौन अवधि सुरु हुनुअघि फागुन १८ सम्म दुई साता राजनीतिक दल तथा उम्मेदवारले मतदातासमक्ष निर्वाचनको प्रभावी प्रचारप्रसारको यत्न गरे । तुलनात्मक रूपमा यो पटक निर्वाचनको प्रचारप्रसार शान्तिपूर्ण भयो । ठुलो झैझगडा
युद्धको प्रभावले निम्त्याउने असर
नेपाल सङ्घीय संसद्को तल्लो सदन प्रतिनिधि सभाको निर्वाचनको मुखमा छ । यो विशेष परिस्थितिमा हुन लागेको निर्वाचन हो । सुदृढ लोकतन्त्रले मात्र सामाजिक सबलीकरण र आर्थिक समुन्नतिको मार्ग प्रशस्त गर्न सक्छ । त्यसैले निर्वाचनले दिने संसद् र सरकारले देशको विशेष अवस्थालाई राजनीतिक ढङ्गले सामान्यीकरण गरेर उच्च ढङ्गले सुशासित व्यवस्थाका माध्यमबाट लोकतन्त्रलाई अझ सुदृढ गर्न मद्दत गर्ने अपेक्षा आमजनताले
विवेकपूर्ण मतदानबाटै समृद्धि
ताजा जनादेश लिन घोषित कार्यक्रम अनुसार मतदान हुन अब मात्र दुई दिन बाँकी छ । मुलुकका समस्या जब जहाँको तहीँ रहिरहन्छ तब निराशाको कालो बादल मडारिने मात्रै नभई नागरिकमा असन्तुष्टि पनि चुलिँदै जान्छ । जब ती असन्तुष्टि आन्दोलनको स्वरूपमा सडकमा छरपस्ट हुन्छन्, त्यतिखेर राजनीतिले माग्ने भनेको ताजा जनादेश नै हो । यथार्थमा जेनजी विद्रोहको बलमा हुन लागेको सो निर्वाचनको तिथिको आममतदाता उत्सुकतापूर्वक प्रतीक्षारत छन् ।
आकाङ्क्षा अभिव्यक्तिको माध्यम
निर्वाचन र लोकतन्त्र एकअर्काका पूरक हुन् । लोकतन्त्र नभई निर्वाचन हुँदैन । निर्वाचन नभई लोकतन्त्र रहँदैन । निर्वाचन लोकतन्त्रको सुन्दर उपहार हो । निर्वाचन लोकको आकाङ्क्षा र आवश्यकता अभिव्यक्त गर्ने सर्वोत्कृष्ट माध्यम हो । निर्वाचन नागरिकको सार्वभौमसत्ताको परिचायक हो । निर्वाचन नागरिकको प्रतिनिधि छनोट गर्ने मौलिक अधिकार हो । निर्वाचन मतपत्रका माध्यमबाट मत प्रकट गर्ने अवसर हो । निर्वाचन केवल राजनीतिक प्रक्रिया र प्रावधान मात्र होइन, यो त लोकतन्त्रको संरक्षक र संवर्धक पनि हो । धेरैले निर्वाचनलाई अधिकारका रूपमा मात्र परिभाषित गरेका छन् तर निर्वाचन नागरिकको अधिकार मात्र होइ
गर्मीमा स्वास्थ्य जोखिम
जाडोपछि गर्मी बढ्दै छ । खानपान तथा जीवनशैली स्वास्थ्यमैत्री छैनन् । यो वर्ष औसतभन्दा बढी तातो हुने अनुमान गरिएको छ । उच्च गर्मी, लुलाई संयुक्त राष्ट्रसङ्घको विपत् जोखिम न्यूनीकरण कार्यालयले जलवायुजन्य विपत् मानेको छ । नेपालकै विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनले पनि यसलाई विपत्का रूपमा उल्लेख गरेको छ । पहाडमा पनि गर्मी उखरमाउलो हुन्छ । गर्मीसँगै रोग बढ्दै छन् । गर्मीमा जोखिम वर्ग ससाना बालबालिका, प्रौढ, दीर्घरोगी, हृदय रोगी, मानसिक रोगीले बढी सतर्कता अपनाउनु पर्छ, नत्र ज्यानै जान सक्छ ।
मौन अवधि सुरु, केके गर्न पाइँदैन ?
बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको छ । राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि मङ्गलबार मध्यरातदेखि सकिएको छ ।
१०० वर्ष अघिको गोर्खापत्र
१०० वर्ष अघिको गोर्खापत्र
आजको राशिफल
आजको राशिफल
थारू बस्तीमा फगुवाको रौनक
देशभरका थारू समुदायले यस वर्ष पनि परम्परागत ढङ्गले ढुरहेरीपर्व धुमधामसाथ मनाइरहेका छन् । प्रकृति र भूमिसँग गहिरो सम्बन्ध राख्ने थारू समुदायका लागि ढुरहेरी उत्सवको पर्व मात्र नभई सांस्कृतिक प्रतीकसमेत हो ।
अमेरिकामा होली
नर्थ क्यारोलाइनास्थित मोरिसभिलमा शनिबार अपराह्न होलीपर्व मनाइएको छ । नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एनसिएनसी) ले आयोजना गरेको सो पर्वमा करिब दुई सय जना उपस्थित भएको संस्थाले जनाएको छ । उपस्थित मानिसले आपसमा रङको पर्व होली खेलेर एकअर्कालाई विभिन्न रङले रङ्ग्याइदिनुका साथै हाँसखेल र नाचगानसमेत गरेका थिए ।
एकजुट भएर मनाइयो होली
वसन्त ऋतुको आगमनसँगै रङ र खुसीको पर्वका रूपमा मनाइने फागुपर्व सोमबार नेपालका पहाडी क्षेत्रमा धुमधामसाथ मनाइएको छ । चुनावी माहोललाई पर राखेर सबै जना रङको पर्वमा रमाएका थिए । सुन्धारादेखि वसन्तपुरको डबलीसम्म होलीको रमझममा विशेष गरी युवापुस्ता र पर्यटक रमाएका थिए । होलीलाई लक्षित गरी अस्ट्रेलियादेखि नेपाल आएका विदेशी पर्यटक एड्रिन भन्नुहुन्छ, “होली खेल्न नेपाली साथीसँग १५ दिनका लागि यहाँ आएको हुँ ।” उहाँलाई रङसँग खेल्न मन पर्ने भएकाले होली मनाउन नेपाल आएको बताउनुभयो ।
‘म नेपाली हुँ, मेरो देश नेपाल’ सार्वजनिक
जेनजी आन्दोलनका विषय समेटिएको सौन्दर्यविद् सुषमा महराको शब्द तथा अभिनय रहेको देशभक्तिपूर्ण गीत ‘म नेपाली हुँ, मेरो देश नेपाल’ सार्वजनिक गरिएको छ । जेनजी आन्दोलनका तीन परिवार उदयपुरकी अम्बिका विश्वकर्मा (बानेश्वर संसद् भवनअगाडि श्रीमान् गुमाइन्), कीर्तिपुरका विष्णुबहादुर तामाङ (बुद्धिबहादुर तामाङका बुवा) र पार्वती अधिकारी (आन्दोलनमा आफ्ना छोरा गुमाइन्) को उपस्थितिमा गीत सार्वजनिक गरिएको हो ।
सिलिगुडीमा ‘नेपथ्य’ को प्रस्तुति
पश्चिम बङ्गालको सिलिगुडीमा ‘नेपथ्य’ का मुख्य गायक अमृत गुरुङले १७ वटा गीत गाउनुभएको छ । गायक अमृतले दर्शकलाई नेपालका फरक फरक स्थानको यात्रा गराउनुभएको थियो । उहाँ घरी टप्पामा आधारित ‘कर्णालीका छाइला’ सुनाउनुहुन्थ्यो भने लगत्तै पश्चिम कुनाबाट पूर्वी कुनाको हाक्पारेमा आधारित ‘कोशीको पानी यो जिन्दगानी’ गाउन थाल्नुहुन्थ्यो ।
अत्यावश्यक वस्तुको आपूर्ति सहज राख्न निर्देशन
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था सहज राख्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । मन्त्रालयका सचिव मधुसूदन बुर्लाकोटीको अध्यक्षतामा सोमबार बसेको बैठकले नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई अत्यावश्यक वस्तुको मौज्दात पर्याप्त राख्न निर्देशन दिएको हो ।
ब्रोकर कम्पनीमा ‘आइटी अडिट’ अनिवार्य
बढ्दो साइबर जोखिम नियन्त्रण गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर बजारमा ब्रोकर कम्पनीका लागि अनिवार्य सूचना प्रविधि (आइटी) अडिट व्यवस्था लागु गरेको छ । ‘आइटी अडिट गाइडलाइन्स–२०२६’ जारी गर्दै नेप्सेले ट्रेडिङ सिस्टमदेखि ग्राहक डाटा व्यवस्थापन, सर्भर, नेटवर्क सुरक्षा र मोबाइल एपसम्मका सम्पूर्ण डिजिटल पूर्वाधारको नियमित परीक्षण गर्नुपर्ने प्रावधान लागु गरेको हो ।
नेपालीसँगै रङ्गिए पर्यटक
रङहरूको पर्व फागु अर्थात् होली काठमाडौँ उपत्यकासहित पहाडी र हिमाली जिल्लामा हर्षोल्लाससाथ मनाइएको छ । आपसी मेलमिलाप र सद्भावसाथ मनाइने होली वसन्त ऋतुको आगमनसँगै नेपाल घुम्न आएका विदेशी पर्यटकले पनि रङमा रमाउँदै हर्षोल्लाससाथ मनाएका छन् ।
पश्चिम एसियाको युद्ध त्रासमा नेपाली
विश्व मानचित्रको पश्चिमी गोलार्धबाट मध्यपूर्व भनिँदै आएको दक्षिण पश्चिम एसियाका खाडी राष्ट्र अहिले युद्धको चपेटामा छन् । अमेरिका, इजरायलले गरेको संयुक्त आक्रमणको प्रतिकारमा इरान उत्रिएपछि विश्वभर त्रास छाएको छ । यो भू–भाग नेपाली नागरिकको वैदेशिक रोजगारको प्रमुख गन्तव्य मुलुक रहेको क्षेत्र हो ।