• १९ फागुन २०८२, मङ्गलबार

सिलिगुडीमा ‘नेपथ्य’ को प्रस्तुति

blog

काठमाडौँ, फागुन १९ गते । पश्चिम बङ्गालको सिलिगुडीमा ‘नेपथ्य’ का मुख्य गायक अमृत गुरुङले १७ वटा गीत गाउनुभएको छ ।

गायक अमृतले दर्शकलाई नेपालका फरक फरक स्थानको यात्रा गराउनुभएको थियो । उहाँ घरी टप्पामा आधारित ‘कर्णालीका छाइला’ सुनाउनुहुन्थ्यो भने लगत्तै पश्चिम कुनाबाट पूर्वी कुनाको हाक्पारेमा आधारित ‘कोशीको पानी यो जिन्दगानी’ गाउन थाल्नुहुन्थ्यो ।

मञ्चमा अमृतलाई सदा झैँ ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनुभएको थयो । “सिलिगुडीमा पहिलो पटक यस स्तरको नेपाली साङ्गीतिक कार्यक्रम आयोजना भएको हो,” स्थानीय आयोजक ‘पोजिटिभ भाइब्स’ का विकास कायस्थले भन्नुभयो ।