शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र समाचारदाता
अमेरिका, फागुन १९ गते । नर्थ क्यारोलाइनास्थित मोरिसभिलमा शनिबार अपराह्न होलीपर्व मनाइएको छ । नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एनसिएनसी) ले आयोजना गरेको सो पर्वमा करिब दुई सय जना उपस्थित भएको संस्थाले जनाएको छ । उपस्थित मानिसले आपसमा रङको पर्व होली खेलेर एकअर्कालाई विभिन्न रङले रङ्ग्याइदिनुका साथै हाँसखेल र नाचगानसमेत गरेका थिए ।
“यहाँ आएर पनि हाम्रो पर्व मनाउन पाउँदा र यो माहोल देख्दा निकै खुसी लागेको छ,” समीर पोखरेलको भनाइ छ । एनसिएनसीले प्रत्येक वर्ष फागुपूर्णिमाको अवसर पारेर होलीपर्व मनाउँदै आएको छ ।