आवेदन दिएको दिनमै श्रम स्वीकृति
वैदेशिक रोजगारीमा जाने श्रमिकले अनलाइन आवेदन दर्ता भएकै दिनमा श्रम स्वीकृति पाउन थालेका छन् ।
गणतन्त्र उत्कृष्ट व्यवस्था
राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक गणतन्त्र संसारकै एक उत्कृष्ट राजनीतिक व्यवस्था रहेको बताउनुभएको छ । गणतन्त्र दिवस, २०८२ को शुभकामना दिँदै उहाँले त्यस्तो बताउनुभएको हो ।
एकजुट हुन प्रेरित गरोस्
उपराष्ट्रपति रामसहायप्रसाद यादवले गणतन्त्र दिवसको शुभकामना दिँदै यस दिवसले मुलुकमा लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, समावेशी, राष्ट्रहित र संविधानसहितको महान् उपलब्धिहरूको रक्षार्थ सबैलाई एकजुट हुन प्रेरित गर्न सकोस् भन्ने कामना गर्नुभएको छ ।
उपलब्धिको रक्षा साझा जिम्मेवारी
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सन्देश दिँदै सङ्घर्ष र बलिदानीबाट प्राप्त उपलब्धिको रक्षा गर्नु सबैको साझा जिम्मेवारी रहेको बताउनुभएको छ ।
संशोधित नियमावली कार्यान्वयन नगर्न आदेश
सर्वोच्च अदालतले न्याय परिषद्को संशोधित नियमावली तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
तेह्र दिनअगावै नेपालमा मनसुन भित्रँदै
यस वर्षको मनसुन तेह्र दिनअगावै नेपाल भित्रने भएको छ । प्री मनसुनले मनसुन भित्रनका लागि राम्रो वातावरण बनाएसँगै नेपालमा छिट्टै मनसुन भित्रन लागेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
स्रोतको दबाबबिच आज बजेट
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको राजस्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेट बिहीबार सार्वजनिक हुँदै छ ।
गणतन्त्रको उपलब्धि, नागरिक पहुँचमा तीन वटै अङ्ग
नेपाली जनताको सात दशकभन्दा लामो त्याग, बलिदानीपूर्ण जनसङ्घर्ष र जनआन्दोलनबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा भएको छ ।
किन बन्द हुन्छ हेटौंडा सिमेन्टको उत्पादन
कहिले प्राविधिक समस्या त कहिले आर्थिक समस्या । यिनै रुकावटका कारण देखाउँदै हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द हुने गरेको छ ।
गणतन्त्र दिवस उत्सवका रुपमा मनाउनुपर्छ : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले गणतन्त्र दिवस उत्सवको रुपमा मनाउनुपर्ने बताउनुभएको छ ।
यस्तो छ जेठ १५ को सुरक्षा व्यवस्था
सत्तारुढ नेकपा (एमाले) ले ‘गणतन्त्र दिवस’ भृकुटीमण्डप क्षेत्रमा सांस्कृतिक झाँकीसहित उत्सवका रुपमा मनाउने बताएको छ ।
सिआइएनको वार्षिकोत्सव : तीन पत्रकार पुरस्कृत
सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) नेपालद्वारा सञ्चालित सामुदायिक सूचना नेटवर्कको १७ औं वार्षिकोत्सवमा तीन जना पत्रकार पुरस्कृत हुनुभएको छ । सो अवसरमा गोरखापत्र दैनिकको सर्लाही समाचारदाता जनार्जन खत्री ‘सामुदायिक रेडियो पत्रकारिता पुरस्कार–२०८२’ बाट सम्मानित हुनुभएको छ ।
प्रकोप व्यवस्थापनका लागि पूर्वतयारी
प्राकृतिक विपदको उच्च जोखिममा रहेको वराहक्षेत्र नगरपालिकाले प्रकोप व्यवस्थापन, जोखिम न्यूनीकरण एवं समन्वयका लागि पूर्वतयारी थालेको छ ।
जुम्लाको शेरा खेतमा रोपाइँ
जिल्लाको प्रसिद्ध धार्मिकस्थल चन्दननाथ भैरवनाथ मन्दिरको शेरा खेतमा कालीमार्सी धान रोपाइँ गरिएको छ । परम्परागत रूपमा रोपिँदै आएको मार्सी धान उक्त शेरा खेतमा बुधबार रोपिएको हो ।
राइड सेरिङको विरोधमा सार्वजनिक यातायात थन्क्याउने व्यवसायीको चेतावनी
गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेरिङ नियमावलीको विरोध गर्दै यातायात व्यवसायीले जेठ १६ गतेदेखि सार्वजनिक यातायातका सवारीसाधन ग्यारेजमा थन्क्याउने चेतावनी दिएका छन् ।
सरकारले नयाँ कामको सुरुवात गरेको छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले नयाँ कामको थालनी गरेको बताउनुभएको छ । धुलिखेल अस्पताल परिसरमा निर्माण हुने धुलिखेल ट्रमा तथा आकस्मिक केन्द्रको शिलान्यास गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
तिङलामा स्वास्थ्य चौकी भवन बन्ने
गैरसरकारी संस्थासँगको साझेदारीमा सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ तिङलामा स्वास्थ्य चौकीको नयाँ भवन बन्ने भएको छ ।
बाँकेका मुक्त कमैयालाई निःशुल्क कृषि सामग्री वितरण
कृषि ज्ञान केन्द्र बाँकेले जिल्लाका मुक्त कमैयालाई निःशुल्क कृषि सामग्री तथा बिउबिजन वितरण गरेको छ ।
जिते बजारको अनुमान गर्न कठिन
कुनैबेला निकै सजिएको कालीकोटको जिते बजार पछिल्लो समय अनुमान गर्न पनि नसकिने गरि खाली भएको छ ।
विदेशमा कमाएको पुँजी स्वदेशमा लगानी गर्न आग्रह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विदेशमा कमाएको पुँजी र सिकेको सीप सुदूरपश्चिम प्रदेशमा लगानी गर्न प्रवासी नेपालीलाई आग्रह गर्नुभएको छ ।
जोखिम क्षेत्रको नक्साङ्कन अनुसार विपद्को प्रतिकार्य गरिने
कोशी प्रदेश सरकारले विपद् प्रभावित क्षेत्रको नक्साङ्कन अनुसार जोखिम क्षेत्रमा केन्द्रित रहेर प्रतिकार्य योजना तयार पार्ने जनाएको छ ।
धरानबाट सङ्खुवासभातर्फ जाँदै गरेको जिप दुर्घटना : पाँच घाइते
धरानबाट सङ्खुवासभातर्फ जाँदै गरेको जिप दुर्घटनामा हुँदा पाँच जना घाइते भएका छन् ।
विपद् व्यवस्थापन कोषका लागि सात करोड बढी उपलब्ध गराउने कर्णाली सरकारको निर्णय
कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले पाँच वटा निर्णय गरेको छ । मङ्गलबार बसेको बैठकले विभिन्न पाँच वटा निर्णय गरेको सरकारका प्रवक्ता विनोदकुमार शाहले बताउनुभयो ।
गोरखा नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
जिल्लाको गोरखा नगरपालिका पूर्ण खोप सुनिश्चित एवम् दिगोपना नगरपालिका घोषणा भएको छ ।