• १८ जेठ २०८२, आइतबार

एकजुट हुन प्रेरित गरोस्

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ १५ गते ।  उपराष्ट्रपति रामसहायप्रसाद यादवले गणतन्त्र दिवसको शुभकामना दिँदै यस दिवसले मुलुकमा लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, समावेशी, राष्ट्रहित र संविधानसहितको महान् उपलब्धिहरूको रक्षार्थ सबैलाई एकजुट हुन प्रेरित गर्न सकोस् भन्ने कामना गर्नुभएको छ । सन्देशमा उल्लेख छ, “गणतन्त्र शासकीय शक्ति जनताको हातमा हुने महìवपूर्ण राजनीतिक प्रणाली हो । जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरू सरकारको नेतृत्व गर्दै जनताप्रति आफ्ना जिम्मेवारीहरू निर्वाह गर्नु नै गणतन्त्रको मूल मर्म हो । जनादेश, मतादेश र संविधानप्रदत्त व्यवस्था अनुरूप हामी एकढिक्का र एकीकृत भई अगाडि बढ्न सके मात्र मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सबल, सुदृढ र बलियो हुन सक्छ ।”