‘थप छ हजार हेक्टर क्षेत्रमा सिँचाइ व्यवस्था गरिने छ’
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षमा थप छ हजार हेक्टर जग्गामा सिँचाइ उपलब्ध गराइनेगरी बजेट विनियोजन गरिएको बताउनुभएको छ ।
सूचना प्रविधि पार्क स्थापना गरिने, डिजिटल पूर्वाधारमा ७४ करोड
डिजिटल पूर्वाधार निर्माण र इकोसिस्टम विकास गर्न ७४ करोड विनियोजन गरिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब १४ करोड विनियोजन
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब १४ करोड विनियोजन गरेको बताउनुभएकाे छ ।
जडिबुटी कम्पनीको विकासको लागि २० करोड विनियोजन
सरकारले जडिबुटी कम्पनीको विकास र विस्तारका लागि २० करोड बजेट विनियोजन गरेको छ ।
पर्यटन मन्त्रालयलाई १३ अर्ब २८ करोड विनियोजन
सरकारले पर्यटन मन्त्रालयका लागि १३ अर्ब २८ करोड बजेट विनियोजन गरेको छ ।
उद्योग प्रवर्धनमा उदार बजेट : अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षमा नेपाली उद्योगलाई प्रवर्धन गर्नेगरी उद्योगमा लगानी गर्ने व्यवस्था मिलाइएको बताउनुभएको छ ।
भूमि सुधार तथा नापीका अभिलेखलाई डिजिटलाइज गरिने
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूमि सुधार तथा नापीका अभिलेखलाई डिजिटलाइज गरिने बताउनुभएकाे छ ।
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, दुई घाइते
नवलपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अरु दुई जना घाइते भएका छन् ।
गणतन्त्रको उपलब्धिलाई मिलेर संस्थागत गरौं : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेश सरकारले १८औँ गणतन्त्र दिवस भव्य रूपमा विविध कार्यक्रमसहित मनाएको छ । प्रभातफेरी, सांस्कृतिक झाँकी र मुख्य समारोह आयोजना गर्दै प्रदेशले दिवसलाई गौरवपूर्ण रूपमा मनाएको हो ।
कृषि यान्त्रिकीकरणमा तीन करोड ६० लाखको लगानी
कृषि उत्पादन वृद्धि र श्रम लागत घटाउने उद्देश्यले फिदिम नगरपालिकाले तीन करोड ६० लाख रुपियाँ बराबरको कृषि औजार तथा उपकरण खरिद गरेको छ ।
भूमिहीन सुकुम्वासीलाई लालपूर्जा वितरण सुरु
बाँके जिल्लाको कोहलपुर नगरपालिकामा भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीहरूलाई लालपुर्जा वितरण सुरु गरिएसँगै अन्य पालिकामा पनि वितरणको तयारी तिव्र पारिएको छ ।
प्युठानमा विविध कार्यक्रमसहित गणतन्त्र दिवस मनाइयो
१८ औँ गणतन्त्र दिवसको अवसरमा प्युठानमा प्रभातफेरी, सरसफाइ, सम्मान तथा सामाजिक उत्तरदायित्वसम्बन्धी विविध कार्यक्रम गरिएको छ ।
पूर्वमन्त्रीको धर्मपत्नी महतको निधन
पूर्वमन्त्री तथा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य लालबाबु पण्डितको धर्मपत्नी विमला महतको निधन भएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारत महतको बिहीबार राति १२:४५ मा निधन भएको पूर्वमन्त्री पण्डितले सामाजिकमार्फत् जानकारी गराउनुभएको छ ।
विपद् व्यवस्थापनको पूर्व तयारी गर्दै उदयपुर
मनसुनजन्य प्रकोपबाट हुने धनजनको क्षतिलाई न्यूनीकरण तथा राहत र उद्धार जस्ता कार्यक्रमलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न उदयपुरका सरोकारवला निकायहरुले पूर्व तयारीका साथ ऐक्यबद्धता जाहेर गरेका छन् ।
सुशासन, विकास र समुन्नती आजको मुख्य एजेन्डा : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सुशासन, विकास र समुन्नती आजको मुख्य एजेन्डा भएको बताउनुभएको छ ।
रित्तिँदै जैमिनीको ‘भण्डारा गाउँ’
‘बोल्ने कोही छैन गाउँमा बोल्ने कोही छैन्, पाहुना आउँदा घरको ढोका खोल्ने कोही छैन’ यी पङ्ति गायक शिशिर योगीको ‘बोल्ने कोही छैन’ बोलको गीतको हो ।
संस्कृत क्याम्पस रुग्ण अवस्थामा
संस्कृत र वैदिक शिक्षालाई वढावा दिने उद्देश्यले महोत्तरीको मटिहानीमा स्थापित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (यालना विद्यापीठ) रुग्ण अवस्थामा पुगेकोमा सरोकारवाला निकायहरुले दुःख व्यक्त गरेका छन् ।
पानीको स्राेत घटेपछि बडिगाडमा विवाद
झण्डै ४५ वर्ष अघिदेखि खाइपाइ आएको पानीमा अर्को वडाले अवरोध गरेपछि स्थानीयबिच विवाद सुरु भएको छ । जिल्लाको बडिगाड गाउँपालिका १ र २ नं. वडाबासीले वर्षौंदेखि उपभोग गर्दै आईरहेको खानेपानीको आपूर्ति अवरोध गरेर ४ नं. वडाबासीले प्रयोग गर्न थालेपछि विवाद र्सिजना भएको हो ।
करेन्ट लागेर कर्मचारीको मृत्यु
पाँचथरको मिक्लाजुङमा करेन्ट लागेर एक कर्मचारीका मृत्यु भएको छ । बुधबार साँझ मिक्लाजुङ गाउँपालिका–२ सप्तमीमा रहेको सौर्य ऊर्जा मिनिग्रिड विद्युत कार्यालयमा कार्यरत कर्मचारी ४१ वर्षीय झलेन्द्र भनिने चन्द्र मगरको ज्यान गएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
बालबन्दीलाई लागु औषधविरुद्ध अभिमुखीकरण
लागु औषधकै कारण पटकपटक विवादमा आउने गरेको तथा हुलहुज्जत र वादविवाद हुने गरेको बाँकेको डुडुवामा रहेको जयेन्दु बालसुधार गृहका बालबन्दीलाई लागु औषधविरुद्ध अभिमुखिकरण गरिएको छ ।
सूर्योदयमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन सुरु
इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा दुई दिने अन्तर्राट्रिय साहित्य सम्मेलन सुरु भएको छ ।
यौनिक अल्पसङ्ख्यक समुदायको सवालमा छलफल
यौनिक अल्पङ्ख्यक समुदायको सवालमा मिडियाको भूमिका सम्बन्धि छलफल कार्यक्रम आज धनगढीमा भएको छ । यौनिक अल्पसङ्ख्यक समुदायको सवालमा पैरवी गर्दैआएको एकता नेपालको आयोजनामा कार्यक्रम भएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
गणतन्त्रमा नागरिक नै देशका मालिक
समुन्नत, समृद्ध र सुशासनयुक्त देश बनाउने महान् लक्ष्य र अभिभारा पूरा गर्ने अठोटसाथ आज गणतन्त्र दिवस मनाइँदै छ ।