• १७ जेठ २०८२, शनिबार

करेन्ट लागेर कर्मचारीको मृत्यु

blog

राधा लुइटेल

फिदिम, जेठ १५ गते । पाँचथरको मिक्लाजुङमा करेन्ट लागेर एक कर्मचारीका मृत्यु भएको छ । बुधबार साँझ मिक्लाजुङ गाउँपालिका–२ सप्तमीमा रहेको सौर्य ऊर्जा मिनिग्रिड विद्युत् कार्यालयमा कार्यरत कर्मचारी ४१ वर्षीय झलेन्द्र भनिने चन्द्र मगरको ज्यान गएको इलाका प्रहरी कार्यालयले जनाएको छ । 

उहाँको ट्रान्समिटर मर्मत गर्ने क्रममा करेन्ट लाग्दा ज्यान गएको हो । उतm घटनाबारे मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष सन्तकुमार सेर्माले राति इलाका प्रहरी कार्यालय रवीलाई जानकारी गराउनु भयो । घटनास्थल रवी प्रहरी चौकीबाट करिब ७ किलोमिटर उत्तर–पूर्वतर्फमा पर्छ ।

प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोस्टमार्टमका लागि रवी आधारभूत अस्पताल पठाएको थियो । शव अस्पतालको शवगृहमा राखिएको छ ।

विद्युत मर्मतजस्तो जोखिमयुक्त कार्यमा आवश्यक सुरक्षा सावधानी नअपनाउँदा दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।