• ११ पुस २०८२, शुक्रबार

एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ : महर

blog

कार्यक्रममा सहभागी नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र नेता नैनसिंह महर ।

काठमाडौँ, पुस ११ गते । c

नेपाल अध्यापक सङ्घको ऐतिहासिक प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै नेता महरले शैक्षिक संस्थामा ताला लगाएर समृद्धिको ढोका नखुल्ने बताउनुभयो । 

‘आज विद्यार्थीको हातमा ‘डिग्री’ मात्र होइन, देशको जिम्मेवारी सुम्पने हिम्मत हामीले गर्नुपर्छ,’ त्रिभुवन विश्वविद्यालयको  दीक्षान्त समारोहलाई जोड्दै उहाँले भन्नुभयो, ‘विश्वविद्यालयबाट निस्कँदै गर्दा प्रमाणपत्रसँगै रोजगारीको सुनिश्चितता हुनुपर्छ।’

संसारका उत्कृष्ट ५०० भित्र नेपालका कुनै पनि विश्वविद्यालय नपर्नु दुःखद् भएको उल्लेख गर्दै महरले अब ‘ठूला भवन’ भन्दा ‘ठूला भिजन’ भएका विश्वविद्यालयको आवश्यकता औंल्याउनुभयो । 

नेता महरले ‘स्वदेशमा टिक्ने र विदेशमा बिक्ने’ व्यवहारिक शिक्षा आजको आवश्यकता रहेको बताउँदै नेपालीको डिग्री विज्ञ बन्नका लागि काम लाग्नुपर्ने धारणा राख्नुभयो । 

 नेपाली कांग्रेस अर्को चुनावको लागि नभई अर्को पुस्ताको भविष्यका लागि शिक्षा नीति निर्माणमा जुटेको उहाँको भनाइ छ।