नसर्ने रोगको उपचार प्राथमिकतामा
सरकारले नसर्ने रोगलाई प्राथमिकतामा राखेर सातै प्रदेशमा मुटु रोग र क्यान्सर रोगको उपचार विस्तार गर्ने भएको छ ।
विकास बढाउने संयमित बजेट
पूरा नहुने महत्वाकाङ्क्षी योजनालाई बेवास्ता गर्दै सरकारले अधुरा विकास आयोजना पूरा गर्ने ढङ्गले नयाँ बजेट सार्वजनिक गरेको छ ।
करमा छुटैछुट, मदिरामा बढ्यो
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयकमार्फत एक दर्जनभन्दा बढी शीर्षकमा कर छुट दिएको छ ।
नेपालीलाई विदेशमा लगानी खुला
बजेटले पहिलो पटक नेपाली व्यवसायी वा कम्पनीलाई विदेशमा आंशिक लगानीको बाटो खुला गरेको छ । पहिलो पटक २०४८/४९ सालको बजेटमा निजी क्षेत्रलाई लगानी खुला गरेयताकै यो दोस्रो ‘डिपार्चर’ हो ।
अर्थतन्त्र सुधारमा केन्द्रित
सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको बजेट अर्थतन्त्र सुधारमा केन्द्रित छ यद्यपि यसको कार्यान्वयनका लागि हस्तक्षेपकारी ढङ्गले काम गर्नुपर्ने प्रतिक्रिया आएको छ ।
निबन्ध तथा वक्तृत्वकलाका विजयीहरू पुरस्कृत
नेपालस्थित पाकिस्तान दूतावासद्वारा आयोजित १२औं वार्षिक ‘एम्बेसडर अफ पाकिस्तान’ निबन्ध लेखन प्रतियोगिता तथा ८औं वार्षिक ‘एम्बेसडर अफ पाकिस्तान’ वक्तृत्वकला प्रतियोगिता बिहीबार सम्पन्न भएको छ।
महिला उद्यमीका लागि ‘एकेडेमी फर वुमन इन्टरप्रिनर्स’ कार्यक्रम सुरु
नेपाली महिलालाई उद्यमशीलताको क्षेत्रमा अग्रसर गराउने उद्देश्यले नेपालमै पहिलोपटक ‘एकेडेमी फर वुमन इन्टरप्रिनर्स’ कार्यक्रमको सुरुआत गरिएको छ।
पूर्व राज्यमन्त्री खड्काको निधन
नेपाली कांग्रेसका नेता तथा पूर्व राज्यमन्त्री गणेशबहादुर खड्काको ८२ वर्षको उमेरमा निधन भएको छ । दैलेखको नारायण नगरपालिका –७ किमुगाउँस्थित आफ्नै निवासमा उहाँको आज विहान निधन भएको हो ।
मधेश प्रदेश सरकारद्वारा पत्रकार अभिनन्दित
मधेश प्रदेशको राजधानी जनकपुरधामसहित प्रदेशको आठ वटै जिल्लाको सदरमुकाम र विभिन्न पालिकामा १८ औं गणतन्त्र दिवस विभिन्न कार्यक्रमको आयोजन गरी मनाइएको छ । कार्यक्रममा पत्रकारलाई अभिनन्दित गरिएको छ ।
चितुवा नियन्त्रण गर्न हात्ती परिचालन
बुधबार बिहान बालिकालाई आक्रमण गरी मार्ने चितुवा खोज्नका लागि गुलरिया नगरपालिका वडा ५ बालापुरमा हात्ती परिचालन गरिएको छ ।
काठमाडौंमा खानेपानी विस्तारका लागि ६ अर्ब ३७ करोड
काठमाडौं उपत्यकामा खानेपानी विस्तारका लागि ६ अर्ब ३७ करोड विनियोजन गरिएको छ ।
सहरी विकास मन्त्रालयका लागि एक खर्ब १८ अर्ब ३४ करोड
सहरी विकास मन्त्रालयको लागि एक खर्ब १८ अर्ब ३४ करोड विनियोजन गरिएको छ ।
कर्मचारीको तलब वृद्धि भएन, महँगी भत्ता ५ हजार
आर्थिक वर्ष २०८२–८३ को बजेटमा कर्मचारीको तलब वृद्धि भएन । महँगी भत्ता भने तीन हजार रुपियाँले वृद्धि गरी पाँच हजार रुपियाँ बनाइएको छ ।
उपत्यकाको कोरिडोर विकासका लागि तीन अर्ब ४२ करोड
काठमाडौं उपत्यकाभित्रका कोरिडोर विकास गर्दै लगिने तथा यसका लागि तीन अर्ब ४२ करोड रकम विनियोजन गरिएको छ ।
ऊर्जा मन्त्रालयका लागि ८६ अर्ब एक करोड
ऊर्जा तथा सिँचाइ मन्त्रालयका लागि ८६ अर्ब एक करोड विनियोजन गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट सार्वजनिक गर्नुहुँदै सो जानकारी दिनुभयो ।
भौतिक मन्त्रालयका लागि १ खर्ब ५२ अर्ब विनियोजन
सरकारले भौतिक मन्त्रालयका लागि १ खर्ब ५२ अर्ब विनियोजन गरेको छ ।
विद्युत क्षमता चार हजार आठ सय मेगावाट पुर्याइने
सरकाले आर्थिक वर्ष २०८२-८३ मा सम्पन्न हुने जलविद्युत आयोजनाबाट थप ९४२ मेगावाट विद्युत उत्पादन भई कुल जडित क्षमता चार हजार आठ सय मेगावट पुर्याउने भएकाे छ।
आँबुखैरेनी-पोखरा सडक स्तरोन्नति गर्न ८ अर्ब ५२ करोड
सरकारले आँबुखैरेनी-पोखरा सडक स्तरोन्नति गर्न ८ अर्ब ५२ करोड विनियोजन गरेको छ ।
खोलामा डुबेर दुई बालकको ज्यान गयो
कास्कीको पोखरा महानगरपालिका–२५, हेमजास्थित मर्दी खोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको ज्यान गएको छ ।
शिक्षा मन्त्रालयका लागि दुई खर्ब ११ अर्ब १७ करोड
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि दुई खर्ब ११ अर्ब १७ करोड विनियोजन गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट सार्वजनिक गर्नुहुँदै सो जानकारी दिनुभयो ।
विकट हिमाली क्षेत्रका विद्यार्थीको छात्रवृत्तिका लागि दुई अर्ब ४४ करोड
लक्षित समुदाय र विकट हिमाली जिल्लाका विद्यार्थीलाई प्रदान गरिँदै आएको छात्रावृत्तिलाई निरन्तरता दिइनेछ । यसका लागि दुई अर्ब ४४ करोड रकम विनियोजन भएको छ।
टियु क्रिकेट रङ्गशालाका लागि ४० करोड विनियोजन
सरकारले टियु क्रिकेट रङ्गशालाका लागि ४० करोड विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट पेस गर्नुहुँदै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय खेदकुद गर्न ५४ करोड विनियोजन गरिएको बताउनुभएकाे हाे ।
नि:शुल्क सेनेटरी प्याड वितरण कार्यक्रम एक अर्ब २९ करोड
शिक्षा क्षेत्रमा निःशुल्क सेनेटरी प्याड वितरणलाई निरन्तरता दिई एक अर्ब २९ करोड विनियोजन गरिएको छ ।
फिल्म छायाङ्कन स्टुडियो निर्माणमा निजी क्षेत्रलाई प्रोत्साहन गरिने
सरकारले इन्डोर र आउटडोर चलचित्र छायाङ्कन स्टुडियो निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने भएको छ ।