बजेटको मन्त्रालयगत छलफल जेठ २६ देखि
प्रतिनिधि सभाको जारी अवरोध अन्त्य भएमा आगामी आर्थिक वर्षको बजेटको मन्त्रालयगत शीर्षकमा जेठ २६ गतेदेखि छलफल हुने भएको छ । मन्त्रालयगत छलफलका लागि एक साताको समय तोकेर प्रतिनिधि सभाले कार्यतालिका तय गरेको हो ।
काँक्राको बिउले बदलिएको जीवनशैली
समथर मिलेको फाँट भरिने गरी लगाइएको काँक्राले गाउँ र फाँटलाई सुन्दर बनाएको छ । फाँटका गरामै पाकेका लटरम्म काँक्राले पहेँलपुर देखिन थालेको छ । अहिले किसानलाई काँक्राको बिउ निकाल्न भ्याइनभ्याइ छ ।
लैङ्गिक विकास सूचकाङ्क बढाएको कदम
नेपाली महिलाको मानव अधिकार, राजनीतिक तथा सामाजिक अधिकारलाई कानुनी रूपमा स्थापित गर्न भूमिका खेलेको दिन २०६३ जेठ १६ गतेको स्मरण गर्दै हरेक वर्ष राष्ट्रिय महिला अधिकार दिवस मनाइन्छ ।
‘द्वन्द्वपीडितलाई न्याय दिलाउन मिडियाको भूमिका महत्त्वपूर्ण’
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीलादेवी गर्तौलाले सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पु¥याउन र द्वन्द्वपीडितलाई न्याय दिलाउन मिडियाको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
यता चुरोटको सर्को उता बिरामीको लर्को
स्वास्थ्य मन्त्रालय अन्तर्गतको भक्तपुर क्यान्सर अस्पतालका सबै वार्डमा प्रायः सधैँ बिरामीको भिड लाग्ने गरेको छ । शुक्रबार पनि अस्पतालको ओपिडी टिकट काट्ने लामदेखि विभिन्न वार्ड, फार्मेसी, प्रयोगशाला, विपन्न नागरिक शाखा र सामाजिक सुरक्षा रहेको कोठामा बिरामीको भिड देख्न सकिन्थ्यो ।
‘डाइभर्सन’ को भरमा राजमार्ग
बिहीबार राति पानी पर्दा आएको बाढीले डाइभर्सन बगाउँदा नवलपरासीमा रातिदेखि नै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भयो ।
एसइईमा जन्ममिति छेकबारले विद्यार्थी तनावमा
माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन तोकिएको उमेरको सीमासम्बन्धमा चार वर्षअघि हटाइएको प्रावधान फेरि लागु गरिएपछि विद्यार्थी तनावमा परेका छन् ।
पर्यटक तान्ने मार्फाको चुम्बकीय शक्ति
सागर छुन कुदिरहेकी कालीगण्डकी, चारैतर्फ हिमाल र हिमालकै फेदीमा गुजुमुज्ज परेर बसेको मार्फाको मौलिक बस्ती ।
महिलालाई अल्लोको झोला बनाउने तालिम
मिक्वाखोला गाउँपालिका वडा १ का ११ जना महिलालाई झोला बनाउने तालिम दिइएको छ । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङ र मिक्वाखोला एक खोक्लिङको समन्वयमा गत वैशाख १४ गतेदेखि एक महिने तालिम प्रदान गरिएको हो ।
बेल्जियममा उभौली साकेला
किरात समुदायको मौलिक चाड उभौली साकेला ५०८५ बेल्जियममा मनाइएको छ । किरात राई सोसाइटी बेल्जियमको आयोजनामा बेल्जियमको ऐतिहासिक सहर लुभेनमा भव्य रूपमा साकेला सम्पन्न भएको हो।
बस दुर्घटनामा १८ घाइते, तीन गम्भीर
लमजुङबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अबस्था गम्भीर छ ।
डिजिटल पत्रकारिता शिक्षाबारे संवाद
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आमसञ्चार तथा पत्रकारिता विभागले एक दिवसीय सञ्चार शिक्षा गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीमा डिजिटल पत्रकारिता प्लेटफर्म र यसको महत्वबारे संवाद गरिएको हो ।
मोवाइल चोरी गर्ने दुई पक्राउ
स्याङ्जामा मोवाइल चोरीगरी पोखरा पुगेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका –१३ मजुवास्थित चुनीकुमारी मल्लको कोठाबाट मङ्गलबार साँझ विभिन्न कम्पनीका तीन थान मोवाइल चोरी गरी पोखरा पुगेका दुई जनालाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो ।
‘पत्रकारिताको गरिमा जोगाउन गम्भीर बन्नुपर्छ’
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अहिलेको अवस्थामा पत्रकारिताको गरिमा जोगाउने चुनौती भएकाले सम्पादकहरू बढी जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ ।
रैथाने उत्पादन जोगाउनका लागि ‘कृषि जैविक विविधता मेला’
रैथाने उत्पादनहरूको पहिचान, संरक्षण, सम्वर्धन एवम् प्रवर्धन गर्नका लागि बाँकेको कोहलपुरमा कृषि जैविक विविधता मेलाको आयोजना गरिएको छ ।
दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना अघि बढ्ने
६ सय ७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना अघि बढ्ने भएको छ । मुआब्जा निर्धारण नहुँदा रोकिएको आयोजनालाई नेपाल सरकारले अघि बढाउने भएको हो ।
पाँच लाख भारतीय रुपियाँसहित दुई पक्राउ
पाँच लाख भारतीय रुपियाँसहित दुई जना पक्राउ परेका छन् । भारतीय नम्बरको गाडीमा भारतबाट नेपालगन्जतर्फ आउँदै गरेका एक भारतीय र एक नेपालीसहित दुई जनालाई प्रहरीले नेपालगन्जको जयसपुरबाट नियन्त्रणमा लिएको हो ।
लुम्बिनीलाई आधार मानेर समग्र प्रदेशको विकास गर्न सकिन्छ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले 'लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन–२०८२' को शुक्रबार उद्घाटन गर्नु भएको छ ।
बागलुङमा ६२ जनाको मेतियाविन्दुको शल्यक्रिया
धौलागिरि प्रादेशिक अस्पतालमा सञ्चालित निःशुल्क आँखा शिविरमा ५४ जनाको शल्यक्रिया गरिएको छ । मोतियाविन्दुको समस्या भएर वर्षौंदेखि रोग पालेर बसेका बिरामीहरुले उपचारपछि राहत पाएका छन् ।
वैदेशिक रोजगारीबाट १४ खर्ब ४५ अर्ब विप्रेषण प्राप्त
वैदेशिक रोजगारीबाट गत आवमा नेपालले १४ खर्ब ४५ अर्ब ३२ करोड विप्रेषण प्राप्त गरेको छ ।
मर्स्याङ्दी नदीको सतह बढेपछि स्थानीय चिन्तित
वर्षायाम सुरु भएसँगै नदीको सतह बढ्न थालेपछि मर्स्याङ्दी पारिका नागरिकलाई चिन्ता थपिएको छ । नदीमा पानी बढेपछि मर्स्याङ्दी गाउँपालिका–५ घेर्मु जानका लागि बनाइएको काठको पुल भत्किने भएपछि स्थानीय चिन्तित बनेका हुन् ।
कफी बिरुवाको माग दुई लाख, उत्पादन ७० हजार
गुल्मीको आँपचौर कफीको जजनी हो । आँपचौरमा स्थापना भएको कफी विकास केन्द्रले कफीका बिरुवा उत्पादन तथा बिक्री वितरण गर्ने गरेको छ ।
चौध सय महिला कृषक स्वयंसेविका परिचालन गर्ने तयारीमा मधेश सरकार
मधेश प्रदेश सरकारले एक हजार चार महिला कृषक स्वयंसेविका परिचालन गर्ने भएको छ । महिलाको सहभागितामा कृषि क्षेत्रमा युगान्तकारी परिवर्तन ल्याउने उद्देश्यले त्यतिको सङ्ख्यामा महिला कृषक स्वयंसेविका परिचालन गर्न लागिएको हो ।
बाख्राको दुधबाट चिज बनाएर आम्दानी गर्दै गुरुङ
यहाँका एक किसानले बाख्राको दुधबाट चिज बनाएर आम्दानी गर्न थालेका छन् । भिरकोट नगरपालिका–८ ओकादीका डिलबहादुर गुरुङले सानन जातको बाख्राको दूधबाट बनाएको चिज बिक्रीबाट लाखौँ आम्दानी गरिरहनुभएको हो ।