बोमलाल गिरी
नवलपुर, जेठ १५ गते । नवलपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अरु दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा बिनयी त्रिवेणी गाउँपालिका-३ का २५ वर्षीया श्याम आले मगर रहेको नवलपुर प्रहरीले जनाएको छ । उहाँको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।
ट्याक्टरमा सवार सोही ठाउँका १८ वर्षीया सोबित कुमाल र दल बहादुर कुमाल घाइते हुनुभएको छ । उहाँरुको पनि भरतपुरमै उपचार भईरहेको नेपालले जानकारी दिनुभयो ।
विनयी त्रिवेणी-३ उदय टाँडी स्थित भित्री सडक खण्डमा चिसापानीबाट उदय टाँडीतर्फ जाँदै गरेको लु ४ त ३६४२ नम्बरको खाली ट्याक्टर दुर्घटना भएको हो । ट्याक्टर सडकबाट अन्दाजी २० मीटर तल खसेकाे थियो ।