• १७ जेठ २०८२, शनिबार

संस्कृत क्याम्पस रुग्ण अवस्थामा

blog

यालना विद्यापीठ मटिहानी ।

नागेन्द्रकुमार कर्ण

महोत्तरी, जेठ १५ गते । संस्कृत र वैदिक शिक्षालाई वढावा दिने उद्देश्यले महोत्तरीको मटिहानीमा स्थापित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (यालना विद्यापीठ) रुग्ण अवस्थामा पुगेकोमा सरोकारवाला निकायहरुले दुःख व्यक्त गरेका छन् । सरोकारवाला निकायहरुले विगतको समिक्षा गर्दै विद्यापीठलाई समयानुकुल परिवर्तन गर्दै जान विद्यापीठ प्रशासनसँग आग्रह समेत गरेका छन् ।

प्रगतिशिल प्राध्यापक संगठनर्ले आउनुस सम्वादको थालनी गरौं’ अभियानको प्रारम्भ गर्दै यालना विद्यापीठको विगतको इतिहासलाई अझै घनिभूत बनाउँदै वर्तमान इतिहासलाई स्थापित गर्न तथा विद्यापीठलाई समयानुकुल बनाउन माग गर्नुभयो ।  

मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले मटिहानी नगरपालिकामा संस्कृत विद्यापीठ रहेपनि नगरपालिकालाई सो को अनुभूति नभएको वताउनुहुँदै समन्वयको अभाव रहेको जिकिर गर्नुभयो । नगरपालिकाले विद्यापीठलाई कुनै सहयोग नगरेको कुरामा कुनै सत्यता नभएको बताउनुहुँदै उहाँले भन्नुभयोर्, विगतमा हामीले विद्यापीठको सर्वाङ्गिण विकासको लागि वजेट समेत निर्धारण गरेका थियौ तर विद्यापीठले समन्वय नगर्दा सो रकम फ्रिज भएर गयो ।’

विद्यापीठको विकास गर्न एउटा डिपिआर तयार गरेर यसक्षेत्रका प्रतिनिधिसभा सदस्य महन्थ ठाकुर मार्फत भारतीय दुतावासमा बुझाउने तयारी भइरहेको बताउनुहुँदै उहाँले विद्यापीठलाई समयानुकुल ढाल्न आग्रह गर्नुभयो । अहिले टेक्निकलको जमाना छ तर पनि विद्यापीठमा प्रशासनीक कामहरु हातैले गर्ने गरिएको चर्चा गर्नुहुँदै उहाँले प्रविधियुक्त प्रशासन बनाउन सुझाव दिनुभयो । विद्यापीठमा तत्काल कुनै आवश्यकता भएमा विश्वविद्यालय, संघ वा प्रदेश सरकार नआई पहिला स्थानीय सरकार नै आउने भएकोले समन्वय गर्न आग्रह समेत गर्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा विद्यापीठका प्राचार्य हेम नारायण लाल कर्णले विश्वविद्यालय स्थापनाकालदेखिको चारवटा विद्यापीठ मध्ये एउटा विद्यापीठ यो भएको चर्चा गर्नुहुदै विश्वविद्यालयको उदासिनता र असहयोगको कारणले चाहेको गर्न नसकेको स्विकार गर्नुभयो । उहाँले विगतमा यस विद्यापीठमा कर्मचारीको संख्या २८ रहेकोमा हाल कर्मचारीको संख्या आठ मात्रै रहेकोले चाहेको कुरा गर्न समेत गर्न नसकिएको दुखेसो पोख्नुभयो ।  

विद्यापीठमा सात शाखा रहेको छ, प्रत्येक शाखामा कम्तीमा पनि एक÷एक जना कर्मचारी व्यवस्था हुनुपर्ने ठाउँमा जम्मा आठ जना कर्मचारीले के गर्ने प्रश्न गर्नुभयो ? आठ जना कर्मचारीहरु मध्ये दुई जना सहायक प्रशासक, एक जना लेखापाल, एक जना स्टोर किपर तथा चार जना श्रेणीबिहिन कर्मचारी रहेको छ ।

हामीले विद्यापीठलाई प्रविधिमूलक बनाउन खोजेको भएपनि कर्मचारी अभावले सो पनि सम्भव नभएको बताउनुहुँदै सबै सरोकारवाला निकाय तथा स्थानीय सरकारलाई सहयोगको लागि आग्रह गर्नुभयो । उहाँले भन्नुभयोर्, हामीसँग प्रविधिका हरेक कुराहरु छन्, यहाँ कम्प्युटर छ, प्रिन्टिङ छ, फ्याक्स छ, प्रोजेक्टर छ, हामीसँग तिन तिनवटा ल्यापटपहरु छन्, ई हाजिरी छ तर हामीसँग त्यो चलाउने अपरेटर छैनन् ।’ 

यालना विद्यापीठमा अहिले न्यून विद्यार्थीका साथसाथै भौतिक संरचना, छात्रावास, प्राध्यापक आवास,  पुस्तकालय, प्रशासन तथा पठनपाठनको अवस्था समेत दयनिय रहेको छ । क्याम्पस नजिकै नेपालकै पहिलो विद्यालय राजकीय संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वरी पौडेलले समन्वय र असहयोगी भावनाले गर्दा संस्कृत विद्यालय तथा विद्यापीठ रुग्न अवस्थामा पुगेको आक्रोश पोख्नुभयो । उहाँले १२ कक्षासम्म सञ्चालन हुदै आएको संस्कृत विद्यालय सोही कारणले वन्द भई १० कक्षामा सिमित भएको चर्चा गर्नुहुदै सबैको सहयोग भएँ १२ कक्षा सञ्चालन गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा श्रीराम माध्यमिक विद्यालयका प्रधानाध्यापक श्रीश कुमार मिश्रले समन्वय गर्ने हो भने यस विद्यालयबाट पास आउट भएका विद्यार्थीहरु यस विद्यापीठमा भर्ना हुने र त्यसबाट यहाँ पनि विद्यार्थीको भर्ना दर बढ्ने चर्चा गर्नुहुदै एउटै ठाउँमा भएपनि अहिलेसम्म त्यस्तो समन्वय र सहकार्य नभएको बताउनभुयो । 

अन्तरक्रिया कार्यक्रममा विद्यापीठका पूर्व प्राचार्य डा.विरेन्द्र लाल कर्णले विद्यापीठमा नियमित पठनपाठनमा सरिक हुने विद्यार्थीहरुलाई मात्रै छात्रवृत्ति उपलब्ध गराउने हो भने विद्यार्थीको उपस्थिती बढाउने बताउनुहुँदै विश्वविद्यालयकै भरमा क्याम्पसमा अब गुणस्तरीयता नआउने भएकोले अब प्रदेश र स्थानीय सरकारहरुले समेत सहयोग र समन्वय गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

मटिहानीस्थित वैष्णव सम्प्रदायका प्रसिद्ध मठ लक्ष्मीनारायण मठका मानमहन्थ कौशलकिशोर दासको संरक्षकत्वमा निजी स्रोतबाट लक्ष्मीनारायण महाविद्यालयको स्थापनाबाट शुरु भएको विद्यापीठमा अहिले आचार्य (स्नात्तकोत्तर) सम्मको पढाइ हुन थालेको छ । 

नयाँ शिक्षा योजना अनुरूप एउटा अञ्चलमा एउटा संस्कृत क्याम्पस हुनुपर्ने प्रावधान भएपछि जनकपुरमा निजी स्रोतबाट सञ्चालित याज्ञवल्क्य महाविद्यालयलाई मटिहानीस्थित लक्ष्मीनारायण महाविद्यालयमा गाभेर २०३० सालबाट छुट्टै भवनमा क्याम्पस सञ्चालन हुन थालेको थियो । सुरुमा त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस रहेकोमा २०४३ सालबाट महेन्द्र संस्कृत विश्वविद्यालय (हाल नेपाल संस्कृत विश्वविद्यालय) को आङ्गिक क्याम्पसका रूपमा रहेको छ । 

वि.सं. १८०१ मा मकवानपुरका राजा हेमकर्ण सेनले लक्ष्मीनारायण मठको स्थापना गरेपछि शिक्षाप्रेमी साधु तस्मैया बाबाले पिपलको रुखमुनिबाट संस्कृत पठनपाठन थालेको ठाउँमा वि.सं. १९५० देखि व्याकरण, वेदान्त, रामायणको पठनपाठन हुन थाल्यो । त्यसपछि १९६८ सालदेखि नै लक्ष्मीनारायण मठका महन्त वनारसीदास र छात्रनाथको सक्रियतामा वेद, व्याकरण, न्याय र ज्योतिष विषयको पठनपाठन हुन थाल्यो । 

प्रगतिशिल प्राध्यापक संगठन यालना विद्यापीठका अध्यक्ष मुक्तिनाथ झाको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा विद्यापीठका प्राध्यापक, स्थानीय राजनीतिकर्मी, विद्यार्थीहरुले आफनो मन्तव्य राखेका थिए ।