गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ १५ गते । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सन्देश दिँदै सङ्घर्ष र बलिदानीबाट प्राप्त उपलब्धिको रक्षा गर्नु सबैको साझा जिम्मेवारी रहेको बताउनुभएको छ । उहाँको सन्देशमा उल्लेख छ, “संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको संस्थागत विकासमार्फत मात्र हामीले समुन्नत, सभ्य र समृद्ध नेपाल निर्माण गर्न सक्ने छौँ ।