अन्तर्राष्ट्रिय सम्बन्धको उपयोग
कुनै नेपाली विद्यार्थी विदेशमा अध्ययन गरेर फर्किन्छ भने के उसको सोच स्वतः ‘विदेशी’ हुन्छ ? कुनै युवा अनुसन्धानकर्ता अन्तर्राष्ट्रिय संस्थासँग काम गर्छ भने के उसको नियत राष्ट्रप्रति कमजोर मान्नु पर्छ ? पछिल्ला केही वर्षदेखि नेपालको सार्वजनिक बहसमा यस्तै प्रश्न अप्रत्यक्ष रूपमा उठिरहेका छन् । ‘विदेशी एजेन्ट’ भन्ने शब्द अहिले राजनीतिक भाषण, सामाजिक सञ्जाल र सार्वजनिक बहसमा यति सहज रूपमा प्रयोग हुन थालेको छ कि
आजको राशिफल
आजको राशिफल
१०० वर्ष अघिको गोर्खापत्र
१०० वर्ष अघिको गोर्खापत्र
जन्म र मृत्युको देवता ‘सेतो मत्स्येन्द्रनाथ’
जन्म र मृत्युको देवताका रूपमा मानिने सेतो मत्स्येन्द्रनाथ जात्रा बिहीबारबाट सुरु भएको छ । मछिन्द्रबहालदेखि आर्याअवलोकितेश्वरलाई खटमा राखी तीनधारा पाठशालामा तयार गरिएको रथमा विराजमान गराएपछि जात्रा सुरु हुन्छ । रातो मत्स्येन्द्रनाथ वर्षा र सहकालको देवता मानिन्छ भने सेता मत्स्येन्द्रनाथलाई जन्म र मृत्युको देवताका रूपमा पुजिने गरिने संस्कृतिविद् डा. चुन्डा वज्राचार्यले जानकारी दिनुभयो । उहाँले ११ गते मछिन्द्रबहालमा सेतो मत्स्येन्द्रनाथ देवतालाई नुहाइने जानकारी दिँदै त्यसको भोलिपल्ट अर्थात् बिहीबार खटमा राखेर रथमा पु¥याउने चलन रहेको बताउनुभयो । जनबहालबाट सेतो मत्स्येन्द्रनाथलाई विधिपूर्वक पूजाआजा गरी खटमा राखेर विभिन्न बाजागाजाका साथ
‘याक्थुङ हुक्वा’ सार्वजनिक
गायिका सुनिता केदेम (लाबुङ) को म्युजिक भिडियो ‘याक्थुङ हुक्वा’ बिहीबार सार्वजनिक गरिएको छ । सदरमुकाम फुङलिङमा बिहीबार आयोजित कार्यक्रमबिच कोशी प्रदेशका पूर्वमन्त्री बलबहादुर साम्सोहाङले म्युजिक भिडियो सार्वजनिक गर्नुभएको हो ।
ताम्राकारको ‘दह’
उपन्यासकार धु्रवकृष्ण ताम्राकारको ‘दह’ सार्वजनिक गरिएको छ । वियोगान्त घटनामा आधारित उपन्यासभित्र मानवीय संवेदना, पीडा र जीवनका गहिरा अनुभूतिलाई सशक्त ढङ्गले प्रस्तुत गरिएको छ । लेखक ताम्राकारले विशिष्ट लेखनशैलीमार्फत पात्रहरूको मनोविज्ञान र सामाजिक यथार्थलाई जीवन्त रूपमा चित्रण गर्नुभएको छ ।
कोशीमा बर्डफ्लु : पचपन्न हजारभन्दा बढी पन्छी नष्ट
कोशी प्रदेशको पोल्ट्री व्यवसाय बर्डफ्लु सङ्क्रमणका कारण थप धराशायी बनेको छ । झापा, मोरङ र सुनसरीका १३ वटा पोल्ट्री फार्ममा बर्डफ्लु पुष्टि भएपछि सङ्क्रमण नियन्त्रणका लागि ठुलो परिमाणमा कुखुरा, हाँस, अन्डा र दाना नष्ट गरिएको छ । सरकारी निकायले सङ्क्रमण थप फैलिन सक्ने आकलनसहित निगरानी र ‘¥यापिड रेस्पोन्स टिम’ परिचालन गरिरहेको छ तर सङ्क्रमण नियन्त्रणमा भने आइसकेको छैन ।
वसन्तकालीन आरोहणमा पच्चिस देशका नागरिक
सन् २०२६ को वसन्तकालीन हिमाल आरोहण गर्न नेपालसहित २५ देशका आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार फागुन १७ देखि गत बुधबारसम्म सात वटा हिमाल आरोहण गर्न २५ देशका ८२ आरोहीले अनुमति लिएका हुन् । १० समूहका यी आरोहीमा २१ महिला र ६१ पुरुष छन् ।
बिउ राखेर मनाइयो धान दिवस
जुम्लामा बिउ राख्ने अभ्याससहित बिहीबार धान दिवस मनाइएको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाको आयोजनामा बिउ कसरी राख्ने, के के विधि चाहिन्छ, सो विषयमा खेतमै गएर अभ्यास गरिएको छ । कृषि अनुसन्धान कार्यालयको प्राङ्गणमा कृषिविज्ञ र जानकार किसानले अन्य बिउ राख्ने तरिकाबारे अभ्यास गरेर उपलब्ध किसान, स्थानीय र सरोकारवालालाई सिकाएका छन् ।
विदेशमा ज्यान गुमाएकाको परिवारलाई त्रिहत्तर करोड सहायता
वैदेशिक रोजगार बोर्डले चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका परिवारलाई आर्थिक सहायताबापत ७३ करोड रुपियाँ उपलब्ध गराएको छ । बोर्डले चालु आवको साउनदेखि फागुनसम्म ९८३ श्रमिकका परिवारलाई सो बराबरको आर्थिक सहायता उपलब्ध गराएको हो ।
सामाजिक सुरक्षा कोषबाट साढे उन्नाइस अर्ब भुक्तानी
सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई दाबी भुक्तानीबापत करिब १९ अर्ब ४५ करोड रुपियाँ भुक्तानी गरेको छ । सामाजिक सुरक्षा योजनामा योगदान गर्न सुरु गरेयता विभिन्न चार योजना अन्तर्गत दुई लाख ७७ हजार ४६१ योगदानकर्तालाई उक्त रकम भुक्तानी गरिएको कोषले जनाएको छ । योजनामा २०७६ साउन १ देखि कोषमा रोजगारदाता र योगदानकर्ताले रकम जम्मा गर्न थालेका हुन् ।
योगदानकर्तालाई सञ्चय कोषले राखिदियो मुनाफा
कर्मचारी सञ्चय कोषले आर्थिक वर्ष २०८१/८२ मा आर्जित मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा करिब पाँच अर्ब ३० करोड रुपियाँ जम्मा गरेको छ । कोषका अनुसार करिब पाँच अर्ब १९ करोड रुपियाँ सञ्चयकर्ताको खातामा र १० करोड ५५ लाख रुपियाँ योगदानमा आधारित निवृत्तिभरण कोषका योगदानकर्ताको खातामा जम्मा गरिएको हो ।
मस्र्याङ्दीको उत्पादन बयालिस मेगावाटमा सीमित
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् केन्द्रको उत्पादनमा उल्लेख्य गिरावट आएको छ । सुक्खायामका कारण नदीमा पानीको बहाब घटेपछि केन्द्रको उत्पादन हाल ४२ मेगावाटमा खुम्चिएको हो ।
सरसफाइ प्रवर्धनसम्बन्धी प्रतिवेदन सार्वजनिक
नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्धन कायक्म मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाको नेतृत्वमा उक्त प्रतिवेदन तयार गरिएको हो ।
भत्काइयो अनधिकृत संरचना
काठमाडौँ उपत्यका विकास प्राधिकरणले काठमाडौँको तारकेश्वर नगरपालिका वडा नं. ११ मा अनधिकृत रूपमा निर्माण गरिएका संरचना भत्काएको छ । नेपाल प्रहरीको सहयोगमा बिहीबार ती संरचना भत्काइएको हो ।
महिला, बालबालिका मन्त्रालय नगाभ्न सुझाव
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई अन्य मन्त्रालयमा गाभ्ने चर्चा चलिरहँदा सरोकारवालाले यस्तो गर्न धारणा व्यक्त गरेका छन् । राष्ट्रिय महिला आयोगद्वारा बिहीबार आयोजित ‘सङ्घीय तहमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अपरिहार्यता’ विषयक छलफल कार्यक्रममा सहभागी विभिन्न आयोगका पदाधिकारीसहित महिला अधिकारकर्मीले नयाँ सरकार यो विषयमा गम्भीर हुनुपर्ने सुझाव दिएका छन् ।
भू–सेवा केन्द्र सञ्चालन गर्न सम्झौता
काठमाडौँ महानगरपालिका र महानगरभित्र रहेका मालपोत कार्यालयबिच भू–सेवा केन्द्र सञ्चालन गर्न सम्झौता भएको छ । काठमाडौँ महानगर, भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, मालपोत कार्यालय चाबहिल र मालपोत कार्यालय कलङ्कीबिच बिहीबार सो सम्झौता भएको महानगरको प्रशासन प्रमुख महेश काफ्लेले जानकारी दिनुभयो । महानगरको तर्फबाट कार्यवाहक प्रमुख सुनिता डङ्गोल र सम्बन्धित मालपोत कार्यालयका प्रमुखहरूले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
प्रधानमन्त्रीको शपथ आज
प्रतिनिधि सभामा सबैभन्दा ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरेको छ । रास्वपा केन्द्रीय कार्यालय चःमतिमा बिहीबार बसेको केन्द्रीय समिति बैठकले संसदीय दलको विधान परिमार्जनसहित पार्टीका वरिष्ठ नेता शाहलाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो । गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनअघि भएको सहमतिमा शाह संसदीय दलको नेता र प्रधानमन्त्री बन्ने घोषणा भएको थियो ।
आन्दोलनमा अत्यधिक बल प्रयोग : आयोग
गत भदौ २३–२४ गते नवयुवा (जेनजी) को आन्दोलन हिंसात्मक हुनुमा तत्कालीन सरकार र सुरक्षा निकायको गम्भीर लापर्बाही मुख्य कारण रहेको छानबिन प्रतिवेदनले औँल्याएको छ । घटनाबारे छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सरकारले बिहीबार सार्वजिनक गरेको हो ।
अब बदलिने पालो कर्मचारीको
प्रतिनिधि सभा सदस्य निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट बहुमत प्राप्त गरेकाले रास्वपाको संसदीय दलका नेता बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बन्दै छ । नयाँ सरकार गठन भएसँगै राजनीतिक नेतृत्वले गरेका निर्णय कार्यान्वयन गर्ने प्रशासनिक संयन्त्र पनि बदलिनुपर्ने बा
इरानद्वारा मध्यस्थकर्तामार्फत अमेरिकी प्रस्तावको जवाफ, थप प्रतिक्रिया पर्खाइमा तेहरान
रानले अज्ञात मध्यस्थकर्ताहरूमार्फत युद्ध अन्त्य गर्ने १५ बुँदे अमेरिकी योजनाको जवाफ दिएको इरानी अधिकारीलाई उद्धृत गरी तस्निम न्यूज एजेन्सीले बिहीबार जानकारी गराएको छ ।
निर्वाचन सम्पन्न गर्नु मुख्य उपलब्धि : गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल सफलतापूर्वक पूरा गरी आज गृह मन्त्रालयबाट बिदाइ हुनुभएको छ ।
अदालत प्रवेश गर्न परिचयपत्र अनिवार्य
सप्तरी जिल्ला अदालत राजविराजमा सेवा लिन आउने सेवाग्राहीलाई अदालत परिसरभित्र प्रवेश गर्दा परिचयपत्र अनिवार्य गरिएको छ ।
पशु चिकित्सकलाई रोग पहिचानका लागि तालिम
धनकुटा र तेह्रथुमका पशु चिकित्सकलाई लक्षित गर्दै पशुहरुमा लाग्ने विभिन्न प्रकारका रोगहरुका नमुना सङ्कलन, प्रेषण तथा रिपोर्टिङ सम्बन्धी दुई दिने तालिम दिइएको छ ।