कैलालीबाट कांग्रेसका तिस जना उम्मेदवारका आकाङ्क्षी
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस कैलालीमा उम्मेदवारका आकाङ्क्षी धेरै देखिएका छन् । उम्मेदवार टुङ्गो लगाउनका लागि सो पार्टीले आकाङ्क्षीको नाम माग गरेपछि पाँच वटै निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेदवारीका लागि ३० जनाको नाम जिल्ला समितिमा पुगेको हो ।
चिसोका कारण घाममा परीक्षा
अत्यधिक चिसो बढेपछि हुम्लाका अधिकांश विद्यार्थीलाई वार्षिक परीक्षा खुला चौरमा घाममा बसेर दिनुपर्ने बाध्यता रहेको छ । हिमपात नहुँदै चिसो बढ्दा कक्षाकोठामा परीक्षा दिन सकिने अवस्था नभएपछि विद्यालयले यसरी चौरमा घाम तापेर परीक्षा दिने व्यवस्था गरेको हो ।
समुदायमा चेतना जगाउँदै कुष्ठरोग प्रभावित व्यक्तिहरु
स्वयं रोगबाट प्रभावित भएर सफल उपचारपश्चात् उनीहरूलेसहायता समूह गठन गरी लुकेका बिरामीलाई उपचारको दायरामा ल्याउन र सामाजिक लाञ्छना हटाउन सक्रिय भूमिका निर्वाह गरिरहेका छन् ।
चौमासिकसम्म तीन सय आयोजनाको ठेक्का
कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षको चौमासिकसम्म करिब तीन सय विकासे आयोजनाको ठेक्का व्यवस्थापन गरेको छ । चालु आवमा लगाउनुपर्ने कुल ५२६ वटा ठेक्कामध्ये पहिलो चौमासिक अवधिसम्म २९१ वटा आयोजनाको ठेक्काको व्यवस्थापन भएको हो । अझै २५३ वटा ठेक्का व्यवस्थापन गर्न बाँकी छ ।
बहुदलीय जनवादको मूल मर्म
नेकपा एमालेको एघारौं महाधिवेशन आजबाट सुरु हुँदैछ । देशभरबाट एमालेका महाधिवेशन प्रतिनिधि राजधानीमा भेला भएका छन् । भेलाले नयाँ नेतृत्व चुन्ने छ । एमालेको राजनीतिक कार्यक्रम मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद हो । जनताले देशको राजनीति, राज्यसत्ता र सार्वजनिक तथा राजकीय मामिलामा अन्तिम एवं निर्णायक फैसला गर्न पाउनु पर्छ भन्ने बहुदलीय जनवादको मूल मर्म हो । देशको सार्वभौमिक
कसैबाट कसैलाई पनि लैङ्गिक हिंसा हुनु हुँदैन
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान बुधबार सकिएको छ । ‘लैङ्गिक हिंसा मानव अधिकारको हनन हो’ भन्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा सचेतना विस्तार गर्न नेपालले पनि हरेक वर्ष नोभेम्बर २५ तारिखमा महिला हिंसाविरुद्धको राष्ट्रिय अभियान दिव
मानव जीवन जोखिममा
जलवायु परिवर्तनका कारक मुलुक वा महादेश यसबाट उत्पन्न सङ्कट जति ढाकछोप गर्न खोजे पनि पनि अब लुक्न नसक्ने अवस्थामा पुगेका छन् । सर्सर्ती हेर्दा जलवायुजन्य प्रकोप भनेको बाढी, पहिरो, डुबान मात्र हो भन्ने मानेर यसैलाई बढी प्रचारमा ल्याउँदा वास्तविक सङ्कट भने छायामा परिरह्यो । विश्व जलवायु परिवर्तनको खास सङ्कट हो तापक्रम वृद्धि र यसबाट भइरहेको मानवीय क्षति । जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम बढि
स्वरसम्राट् नारायणगोपाल
नेपाल आमाको गर्भलाई धन्यवाद नदिई रहन सकिन्न उनको उर्वर कोखबाट नारायणगोपाल जस्तो सुमधुर स्वरका धनी सुपुत्रको जन्म भयो । ती होनाहार पुत्रको जन्म विसं १९९६ असोज १८ गते काठमाडौँको किलागलमा भएको थियो । निधन भने २०४७
‘सानो जग्गामा ठुलो संसार बनाइरहेको छु’
काठमाडौँको नाट्यकर्ममा रमाउनुभएका रङ्गकर्मी केदारनाथ पौडेल तीन वर्षअघि रङ्गकर्मका केही सपना बोकेर गाउँ फर्किनुभयो । पोखराको फेवातालको दक्षिणी डाँडाको पुम्दीमा बुढाहरे भन्ने गाउँ छ । रसिलो, दक्षिण फर्केको गाउँ । त्यहीँ नाट्यकर्मका सपना बुन्दै हुनुहुन्छ केदार ।
‘क्यानभास अफ लेटर्स’ सार्वजनिक
बाबुछोराको संयुक्त द्वैभाषिक कवितासङ्ग्रह ‘क्यानभास अफ लेटर्स’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यव्रmममा कवितासङ्ग्रहको विमोचन गरिएको हो । कवि महेशबाबु तिमल्सिना र उनका १४ वर्षीय छोरा सम्राटबाबु तिमल्सिनाको संयुक्त द्वैभाषिक कवितासङ्ग्रह हो ।
‘क्यानभासमा हिमाल’ चित्रकला प्रदर्शनी
चित्रकार भीम सुब्बा तामाङ (बाबु साइँला) ले गृह जिल्ला लमजुङमा एकल चित्रकला प्रदर्शनी गर्नुभएको छ । ‘क्यानभासमा हिमाल’ शीर्षकमा मस्र्याङ्दी गाउँपालिकाको सभा हलमा गरिएको प्रदर्शनीमा २४ वटा चित्र राखिएका छन् । यो उहाँको तेस्रो एकल प्रदर्शनी हो । बुधबार र बिहीबार दुई दिनसम्म गरिने प्रदर्शनीमा राखिएका सबै चित्र मूर्त शैलीमा छन् । गाउँले परिवेश, संस्कृति र प्राकृतिक सुन्दरतामा देखिएका हिमाललाई मुख्य विषय बनाइएको छ ।
अन्तर्राष्ट्रिय खेलकोतयारीमा पोखरा रङ्गशाला
पोखरा रङ्गशालामा अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुने भएको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को टोलीले रङ्गशालाको निरीक्षणपछि पोखरा रङ्गशालामा अन्तर्राष्ट्रिय प्रतियोगिता हुने सङ्केत जनाएको छ ।
पचास वर्षमा ऐन कार्यान्वयन , सल्लाको आँख्लाको निर्यात सुरु
करिब ५० वर्षअघि कानुन बने पनि हालसम्म सुरु हुन नसकेको मिथाइल ब्रोमाइड फ्युमिगेसन नेपालगन्जस्थित आइसिपीबाट देशमै पहिलो पटक सुरु गरिएको छ । यस प्रक्रियामा काठ तथा जडीबुटीलाई एकदमै बन्द ठाउँमा राखेर मिथाइल ब्रोमाइड ग्यास छाडेर कीटाणु र कीट नियन्त्रण गरेर स्वच्छ बनाइन्छ ।
भियतनामी लगानीकर्ता जलविद्युतमा इच्छुक
नेपाल उद्योग वाणिज्य महासङ्घ र भियतनामको अर्थतन्त्र मन्त्रालयअन्तर्गतको लगानी प्रवर्धन र अन्तर्राष्ट्रिय सहकार्य विभागबिच आज द्विपक्षीय लगानी र व्यापारका सम्बन्धमा छलफल भएको छ ।
अध्यक्षमा अक्षय
व्यावसायिक घराना गोल्यान ग्रुपको अध्यक्षमा अक्षय गोल्यान चयन हुनुभएको छ । शुक्रबार सम्पन्न गुरपको वार्षिकोत्सवमा अध्यक्षमा गोल्यान चयन हुनुभएको जनाइएको छ । पारिवारिक एकता र रणनीतिक निरन्तरताको सन्देश दिँदै ग्रुपका उपाध्यक्ष वासुदेव गोल्यानले अक्षयलाई सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरिएको जानकारी दिनुभयो ।
ज्यालामा विभेद भोग्नु परेको गुनासो
अनौपचारिक क्षेत्रमा कार्यरत महिला श्रमिकले ज्यालामा विभेद भोग्नु परेको गुनासो गरेका छन् । अनौपचारिक क्षेत्रका महिला श्रमिकको दोस्रो राष्ट्रिय सम्मेलनमा सहभागी श्रमिक महिलाले यस्तो गुनासो गरेका हुन् ।
आजदेखि एमाले महाधिवेशन
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन शनिबारबाट सुरु हुँदै छ । जेनजी (नवयुवा) को आन्दोलनपछि हुन लागेको एमालेको ११ औँ महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारीमा हुने र बन्दसत्र भने काठमाडौँको भृकुटीमण्डपमा हुने छ । भक्तपुरको सल्लाघारीमा शुक्रबार पत्रकार सम्मेलन गरी एमालेले महाधिवेशनको तयारी पूरा भएको जनाएको छ ।
नयाँ च्याम्पियन पाउँदै एनपिएल
एक वर्षअघि नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पराजित भएर पहिलो च्याम्पियन बन्नबाट वञ्चित भएको पीडा सुदूरपश्चिम रोयल्सले अहिलेसम्म भुल्न सकेको छैन । सुदूरपश्चिम रोयल्ससमक्ष शनिबार लुम्बिनी लायन्सलाई हराएर दोस्रो संस्करणको विजेता बनी सो पीडा भुलाउने अवसर छ ।
कोरिया भिसा आवेदन केन्द्र स्थापना
काठमाडौँमा कोरिया भिसा आवेदन केन्द्र स्थापना भएको छ । भिसा केन्द्र स्थापनाले विभिन्न प्रयोजनका लागि गणतन्त्र कोरिया प्रस्थान गर्ने नेपालीका लागि भिसा आवेदन प्रक्रिया सहज हुने अपेक्षा गरिएको छ ।
अङ्कभार घटाएपछि बढ्यो उत्तीर्ण सङ्ख्या
जिल्ला न्यायाधीशका लागि लिखित परीक्षामा २७ जना उत्तीर्ण भएका छन् । २१ कोटाका लागि भएको परीक्षामा सहभागी १७२ मध्ये २७ जना लिखित परीक्षामा उत्तीर्ण भएका हुन् । पछिल्ला तीन वर्ष निकै निराशाजनक नतिजा रहेकामा यो पटक खुला र आन्तरिक खुलामा मागभन्दा बढीले लिखित परीक्षा उत्तीर्ण गरेका हुन् । लिखितमा उत्तीर्ण उम्मेदवारको अन्तर्वार्ता पुस ११ गतेदेखि गर्ने कार्यतालिका न्याय सेवा आयोगले सार्वजनिक गरेको छ ।
सीमाक्षेत्रमा उच्च सुरक्षा सतर्कता
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विकसित विविध घटनाक्रम र त्यसले मुलुकको समग्र सुरक्षामा पर्न सक्ने सम्भावित असर न्यूनीकरणका लागि नेपालसँग जोडिएका अन्तर्राष्ट्रिय सीमानाकाको सुरक्षा थप कडा बनाइएको छ ।
साताको राशिफल
साताको राशिफल
जो बोकिरहेछन् भ्रष्टाचारका खेप
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय भ्रष्टाचार तथा आर्थिक अनियमिततासँग जोडिएका उच्च ओहोदाका व्यक्तिविरुद्ध मुद्दा दायर गर्ने क्रमलाई तीव्रता दिइरहेको छ तर आयोगले दायर गरेका मुद्दामा प्रतिवादी बनाइएकामध्ये केही व्यक्ति यस्ता छन्, जो निरन्तर मुद्दामाथि मुद्दा बोकिरहेका छन्, त्यो पनि अर्बौं रुपियाँको बिगोसहित ।
दुईसय बढी विद्यार्थीलाई न्यायो कपडा
दाङको घोराहीमा दुईसय बढी विद्यार्थीलाई न्यायो कपडा वितरण गरिएको छ । घोराही उपमहानगरपालिका –१६ वडा कार्यालयले वडाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई चिसो मौसममा लगाउनका लागि आवश्यक पर्ने जम्वर र ट्राउजर सहयोग गरेको हो ।