ग्यास अभावले होटेल व्यवसाय सङ्कटमा
मध्यपूर्वको देश इरानमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिएसँगै देशव्यापी बनेको खाना पकाउने ग्यासको अभाव महोत्तरीमा पनि देखा परेको छ । ग्यासको आपूर्ति सहज हुन नसकेपछि नेपाल आयल निगमले उपभोक्तालाई राहत दिन भन्दै हाललाई आधा सिलिन्डर ग्यास मात्र वितरण गर्ने नीति अघि सारेपछि सर्वसाधारणसँगै व्यवसायी पनि मारमा पर्न थालेको गुनासो बढेको छ ।
सीमानाकाबाट ग्यास सिलिन्डर नियन्त्रणमा
भैरहवा र आसपासका क्षेत्रमा देखिएको एलपी ग्यास अभावसँगै नेपाल–भारत सीमामा ग्यास तस्करीको प्रयास बढ्दै गएको पाइएको छ । सीमानाकाबाट अवैध रूपमा ग्यास लैजान खोजिएको घटनामा प्रहरीले नौ वटा भरिएका ग्यास सिलिन्डर नियन्त्रणमा लिएको छ ।
माइक्रोबस दुर्घटना सात जनाको मृत्यु
गोरखामा माइक्रोबस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । शनिबार बेलुका सहिद लखन गाउँपालिका–३, कनटारमा मनकामनाबाट फर्कंदै गरेको माइक्रोबस सडकबाट करिब दुई सय मिटर तल खस्दा सात जनाको घटनास्थलमै मृत्यु भएको हो ।
नयाँ सरकारप्रति असीमित अपेक्षा
विश्वभर छरिएर काम गर्दै आएका गैरआवासीय नेपालीले अब बन्ने नयाँ सरकारसँग असीमित अपेक्षासँगै नेपालमा ठुला लगानीको अवसर सिर्जना हुने आशा व्यक्त गरेका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को शनिबारदेखि काठमाडौँमा सुरु भएको १२ औँ विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय एकता महाधिवेशनमा सहभागी गैरआवासीय नेपालीले नयाँ बन्ने सरकारले सङ्घका अपेक्षा पूरा गर्दै नेपालमा भरपुर लगानीको अवसर प्राप्त हुने आशा गरेका हुन् ।
रास्वपा, कांग्रेस र नेकपाको बैठक आज
राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आइतबार बस्दै छ । उपसभापति डोलप्रसाद अर्यालका अनुसार प्रतिनिधि सभाको समानुपातिकतर्फको सूची तय गर्नका लागि सचिवालय बैठक बस्ने भएको हो । उहाँले बैठकले समानुपातिकतर्फ सूची तय गरेपछि निर्वाचन आयोगमा बुझाउने जानकारी दिनुभयो । सभापति रवि लामिछानेको स्वास्थ्य प्रतिकूल भएपछि शनिबारका लागि आह्वान गरिएको सचिवालय बैठक आइतबार सारिएको हो । रास्वपाले प्रत्यक्षतर्फ १२५ स्थानमा विजयी हासिल गर्दा समानुपातिकतर्फ ५७ सिट प्राप्त गरेको छ ।
नयाँ प्रशासनिक भवन तयार
ललितपुर महानगरपालिकाको लगनखेलस्थित नवनिर्मित प्रशासकीय भवन (ब्लक सी) को शनिबार उद्घाटन गरिएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भवनको उद्घाटन गर्दै महानगरपालिकाका प्रशासनिक काम गर्न सो भवनसहित तीन वटा भवन तयार भएकाले अब नगरवासीले सजिलै महानगरको सेवा लिन सक्ने बताउनुभयो
डढेलोको प्रकोप बढ्दै
गर्मी बढ्दै जाँदा मुलुकभर डढेलो लाग्न सुरु भएको छ । वनमा सुकेका स्याउलासोत्तर, दाउरा प्रशस्त जम्मा हुन थालेपछि पछिल्ला वर्षमा डढेलो लाग्ने घटना बढ्दै गएको छ । गाउँघर छोडेर सहर बस्ने प्रवृतिले घाँसदाउराको प्रयोगमा कमी आएसँगै वनजङ्गलभित्र सुकेका पात पतिङ्गर, घाँसदाउराको थुप्रो बढ्दै जाँदा डढेलो लाग्ने क्रम बढेको सरकारी अधिकारीले बताएका छन् ।
सत्ताइस जना जनजाति निर्वाचित
प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणामले उमेर समूह र दलीय हिसाबले परिवर्तन ल्याए पनि सामाजिक समावेशीकरणमा भने खासै परिवर्तन ल्याउन सकेन । पुराना दल र नेताहरू पराजित भएको यस निर्वाचन मतपरिणामले सामाजिक सन्तुलनमा खासै परिवर्तन ल्याउन नसकेको देखिन्छ ।
राहदानीको प्रक्रिया थाल्न अनुरोध
अबको छ महिनाभित्र राहदानी आवश्यक पर्ने नागरिकलाई छिटोभन्दा छिटो राहदानी लिने प्रक्रिया सुरु गर्न राहदानी विभागले अनुरोध गरेको छ । अबको दुई महिनाभित्र जति आवश्यक परे पनि धान्न सक्ने गरी राहदानी पुस्तिकाको मौज्दात विभागसँग रहेको विभागका महानिर्देशक तीर्थराज अर्यालले जानकारी दिनुभयो ।
अमेरिकाले इरानको खार्ग टापु कब्जा गर्दै
अमेरिकाले इरानको जीवनरेखाका रूपमा रहेको खार्ग टापु कब्जा गर्ने तयारी गरेको छ । इरानले पर्सियाको खाडीस्थित हर्मुज जलमार्गमा इन्धन आवागमनमा अवरोध खडा गरेपछि अमेरिकाले खार्ग टापु कब्जा गर्ने निष्कर्षमा पुगेको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको हो ।
दोस्रो सातामा नयाँ सरकार
प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निर्वाचित हुने सदस्यले चैत ५ गतेसम्म निर्वाचितको प्रमाणपत्र पाउँदै छन् । निर्वाचन आयोगको पत्राचार अनुसार छ वटा राजनीतिक दलका तर्फबाट निर्वाचित हुने सदस्यको नामावली आइतबारसम्म पठाउनुपर्ने छ । कार्यतालिकाबमोजिम काम सम्पन्न भएमा चैत ५ गतेसम्म प्रतिनिधि सभामा २७५ सदस्यै निर्वाचित हुने छन् । प्रत्यक्षतर्फ धनुषा–१ को विवादमा अदालतले यसअघिको परिणाम बदरको कुनै आदेश नगरेमा निर्वाचन परिणामले पूर्णता पाउने छ । आयोगको तयारी अनुसार चैत ५ गते नै अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाइने छ ।
घट्यो बदर मत प्रतिशत
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा बदर मतदानको प्रतिशत अघिल्ला निर्वाचनका तुलनामा घटेको छ । निर्वाचन आयोगका अनुसार यस पटकको निर्वाचनमा ४.७ प्रतिशत मत बदर भएको छ । जसमध्ये प्रत्यक्षतर्फ ५.४५ र समानुपातिकतर्फ ३.९५ प्रतिशत मत बदर भएको छ । बदर मतको प्रतिशत निर्धारण गर्दा दुवैतर्फको बदर मतलाई औसत मान्ने गरिएको छ । यस पटकको निर्वाचनको मतदान फागुन २१ गते भएको थियो ।
ग्यास लुकाउने भण्डारी ट्रेडर्सलाई ५० हजार जरिवाना
जिल्ला प्रशासन कार्यालय कास्कीले खाना पकाउने ग्यास लुकाउने एक डिलरलाई ५० हजार रुपियाँ जरिवाना गरेको छ । प्रशासनले शनिबार गरेको अनुगमनको क्रममा पोखरा महानगरपालिका वडा ६, जरेबरमा रहेको भण्डारी ट्रेडर्समा ४८ वटा ग्यास सिलिण्डर लुकाएको फेला परेको थियो ।
चिनीमाया माझी मुख्य पात्र रहेको ‘मत्स्यकन्याको मुलुकमा’ अंग्रेजी अनुदित कृतिको लोकार्पण
साहित्यकार तथा लेखक रण काफ्लेको नियात्रा कृति ‘मत्स्यकन्याको मुलुकमा’ को अंग्रेजी अनुवाद ‘इन दि कन्ट्री अफ दि मत्स्यकन्या’ को आज यहाँ लोकार्पण गरिएको छ ।
उत्तर कोरियाद्वारा जापानी समुद्रमा दश वटा ब्यालेस्टिक मिसाइल प्रहार
उत्तर कोरियाले शनिबार जापानको समुद्र क्षेत्रमा करिब दश वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको सियोलको संयुक्त चिफ अफ स्टाफ (जेसीएस) ले बताएको छ । सियोलको सेनाले उत्तर कोरियाको सुनान क्षेत्रबाट पूर्वी सागर तर्फ दिउँसो १:२० बजे ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको जेसीएसले विज्ञप्ति मार्फत जनाएको हो ।
“युक्रेनले सुरक्षा र सैन्य सहयोगमा अन्तर्राष्ट्रिय समर्थन खोज्दैछ”
युक्रेनका राष्ट्रपति भोलोडिमिर जलेन्स्कीले शुक्रबार इरान युद्धको बिचमा अमेरिकी सरकारले लागू गरेको रुसको तेलमा ३०-दिने माफी ‘सही निर्णय नभएको’ बताउनुभएको छ ।
हमासद्वारा इरानलाई छिमेकी देश लक्षित आक्रमण रोक्न आग्रह
प्यालेस्टिनी इस्लामवादी आन्दोलनरथ समूह हमासले शनिबार इरानलाई छिमेकी देश लक्षित आक्रमण रोक्न आह्वान गरेको छ । यसैबिच तेहरानको इजरायल र संयुक्त राज्य अमेरिका विरुद्ध आफ्नो रक्षा जारी राख्ने अधिकारको पुष्टि गरिरहेको छ ।
अफगानीस्तानले ड्रोन आक्रमण गरेको पाकिस्तानको दावी
पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले अफगान तालिबानले पाकिस्तानमा नागरिक लक्ष्य विरुद्ध ड्रोन प्रक्षेपण गरेर “रेड लाइन” पार गरेको शनिबार बताउनु भएको छ ।
युद्धमा इरानका सङ्ग्रहालय तथा ऐतिहासिक स्थल क्षति ग्रस्त
इरानको पर्यटन मन्त्रालयले हाल मध्यपूर्व युद्ध १५ औं दिनमा प्रवेश गरेको उल्लेख गर्दै युद्धका कारण देशभरका कम्तीमा ५६ वटा सङ्ग्रहालय तथा ऐतिहासिक स्थल क्षतिग्रस्त भएको शनिबार जनाएको छ ।
इरानको तेल नेटवर्कमाथि अमेरिकी आक्रमणः युद्ध बढ्दै
अमेरिका र इरानबीचको द्वन्द्व तीव्र हुँदै गएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार अमेरिकाले इरानको तेल नेटवर्कसँग सम्बन्धित महत्त्वपूर्ण खार्ग टापुमा सैनिक लक्ष्यमा बमबारी गरेको छ । यो टापु इरानको मुख्य तेल निर्यात टर्मिनल भएको स्थान हो ।
ललितपुर महानगरपालिकाको प्रशासनिक कामका लागि तीन वटा भवन तयार
ललितपुर महानगरपालिकाको लखनखेलस्थित नव निर्मित प्रशासकिय भवन (ब्लक सि)को शनिवार उद्घाटन गरिएको छ ।
पाकिस्तानको उत्तर-पश्चिममा आतंकवाद विरुद्धको कारबाहीमा छ जना आतंककारी मारिए
पाकिस्तानको उत्तर-पश्चिमी प्रान्त खैबर पख्तूनख्वामा आतंकवाद विरुद्ध गरिएको गुप्तचर सूचनामा आधारित कारबाहीमा छ जना आतंककारी मारिएका छन् । प्रहरीका अनुसार उक्त कारबाही लक्की मरवत जिल्लामा गरिएको हो ।
अमेरिकाले इरानमाथि सैनिक हमला गर्दा ५० हजार भन्दा बढी सैनिक संलग्नः पेन्टागन
पेन्टागनका एक वरिष्ठ अधिकारीले शुक्रबार बताए अनुसार, इरानमाथि सैन्य हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्न छन् ।
पश्चिम विजयमा दैलेखको कोतगढी
दैलेख जिल्लाको नारायण नगरपालिका–१, पुरानो बजारमा कोतगढी छ । यो गढी नेपाल एकीकरणताका विसं १८४६ कात्तिकमा दैलेख नेपालमा विलय भएपछि राजा रणबहादुर शाहको राज्यकाल र बहादुर शाहको नायबीकालमा त्यसबेला सरदार रहेका अमरसिंह थापा (पछि बडाकाजी) को निर्देशन, रेखदेख र सक्रियतामा नेपाली फौजले निर्माण गरेको थियो । आधुनिक नेपाल एकीकरणअघि हाल दैलेखमा पर्ने भूभाग दुल्लु र विलासपुर राज्यमा पर्थे ।